Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, असोज १०, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
समाज
  • Home
  • समाज
  • महासंघका केन्द्रिय उपाध्यक्षसहित दाङका १९० जनाको सदस्यता खारेजी सिफारिस
महासंघका केन्द्रिय उपाध्यक्षसहित दाङका १९० जनाको सदस्यता खारेजी सिफारिस
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, जेठ १९, २०८०

दाङ : नेपाल पत्रकार महासंघ दाङ शाखाले महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएम सहित १९० जनाको साधारण सदस्यता खारेजीको सिफारिस गरेको छ । दाङ महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको गृहजिल्ला हो ।

महासंघको शुक्रबार बसेको बैठकले ‘शुद्वीकरण अभियान’ अन्तर्गत नवीकरण मापदण्डभित्र नपर्ने र क्रियाशील नरहेकाको सदस्यता खारेज गर्ने निर्णय गरेको शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । ‘केन्द्रीय उपाध्यक्ष जीएम हाल पत्रकारिता पेसामा निष्क्रिय भएकाले उनको सदस्यता खारेजीको सिफारिस गरिएको हो’, अध्यक्ष केसीले बताए ।

सदस्यता खारेजीको सिफारिसमा अध्यक्ष केसी स्वयं परेका छन् । महासंघले बनाएको मापदण्डमा नपर्ने भएकाले आफ्नो सदस्यता पनि खारेजीको सिफारिस गरिएको उनले बताए । ‘शुद्वीकरणको मापदण्डमा नपर्ने भएकाले मेरैसमेत सदस्यता खारेजीको सिफारिस गरिएको छ’, अध्यक्ष केसीले भने, महासंघलाई फुलटाइम पत्रकारिता गर्नेको संस्था बनाउन यस्तो निर्णय गरेका हौं ।'

सदस्यता खारेजीको सिफारिसमा महासंघ दाङ शाखाका सचिव आरके शीतल, कोषाध्यक्ष शरद रेग्मी, सदस्यहरू गिरिराज नेपाली, सन्तोष केसी र उदय बिसी पनि परेका छन् ।

त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसी, संसद सचिवायलका प्रेस विज्ञ डिल्ली मल्ल, प्रेस चौतारीका केन्द्रीय सदस्य एवं संस्कृत विश्व विद्यालयका उपकुलपति यादव प्रसाद लामिछानेका स्वकीय सचिव टीका बस्नेत, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीका प्रेस संयोजक गोपाल शर्मा भट्टराई, नेपाल प्रेस युनियनका उपमहासचिव सुलोचना पोखरेल सहित १९० जनाको सदस्यता खारेजीको सिफारिस प्रदेश समितिमा गरिएको छ ।

सुलोचना पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलकी पत्नी हुन् । यो विषयमा पत्रकार महासंघका उपाध्यक्ष उदय जीएमले गलत ढंगले सिफारिस गरेर दाङ शाखाले शुद्धीकरण अभियानलाई गिजोल्ने प्रयास गरेको बताए ।

‘शुद्धीकरण अभियान गर्नैपथ्र्यो, गर्नैपर्छ । तर, यसमा राख्नुपर्ने मान्छे फालिएका छन् र फाल्नुपर्ने मान्छे सिफारिस भएका छन् । सिफारिसका विषयमा केन्द्रले प्रदेशबाट फाइल मगाउला म आफैँ बसेर छानबिन गर्नेछु,' उनले भने।

सिफारिसमा विवेक प्रयोग नगरिएको, राजनीतिक आग्रह पूर्वाग्रह राखिएको र क्याम्पियन गरिएको उनले बताए । पत्रकारको परिभाषामा प्रकाशक पनि रहेको स्मरण गर्दै उनले स्थानीय पत्रिकाका प्रकाशकको नाम पनि त्यो सूचीमा राखिएको देख्दा आश्चर्यमा परेको बताए । पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियानलाई यो पटक तीव्र पारेको छ । जिल्ला जिल्लामा स्वतस्फूर्त सदस्यता त्यागेको घोषणा गर्नेहरू पनि बढिरहेका छन् । -नेपाल प्रेसबाट 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप समाज
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर) बुधबार, असोज १०, २०८०
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला  बुधबार, असोज १०, २०८०
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया  मंगलबार, असोज ९, २०८०
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या मंगलबार, असोज ९, २०८०
दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना, १० जना घाईते 
दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना, १० जना घाईते  मंगलबार, असोज ९, २०८०
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’  आइतबार, असोज ७, २०८०
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर)
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर) आइतबार, असोज ७, २०८०
बाँकेमा युवा उद्यमी मञ्चको शाखा बिस्तार, अध्यक्षमा डा. कनोडिया
बाँकेमा युवा उद्यमी मञ्चको शाखा बिस्तार, अध्यक्षमा डा. कनोडिया शनिबार, असोज ६, २०८०
राहत शिक्षक आन्दोलित, शिक्षक महासंघले धोका दिएको आरोप 
राहत शिक्षक आन्दोलित, शिक्षक महासंघले धोका दिएको आरोप  शनिबार, असोज ६, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्