Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बिहीबार, असोज ११, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • मन्त्री सिंहको निधनले बझाङ जिल्लाबासी शोकमा
मन्त्री सिंहको निधनले बझाङ जिल्लाबासी शोकमा 'तीन दशकदेखि मेहनत गरेका नेता गुमाउनु पर्दा टुहुरो भएको महसुस गरेका छौ’ : काँग्रेस कार्यकर्ता
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असार ५, २०८०
दुर्घटनामा परी निधन भएका आन्तरिक मामिला मन्त्री पृथ्बीबहादुर सिंह र उनकी पत्नी अमृता सिंह ।

नेपालगन्ज : वर्षौपछि पहिलो पटक पाएका मन्त्रीलाई छोटो समयमै गुमाउनु पर्दा बझाङ जिल्लाबासी यतिबेला शोकमा डुबेका छन् । बझाङमा भएको सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह मंगलबार गम्भिर घाइते भएका थिए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनको उपचारका क्रममा अपरान्ह अपरान्ह ५ बजेर ३३ मिनेटमा निधन भएसँगै बझाङ जिल्ला शोकमा डुबेको हो । मुलुक संघीयता गएपछि संघ र प्रदेशमा बझाङ जिल्लाबाट कोही पनि मन्त्री भएका थिएनन् ।

गत जेठ ५ गते सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका थिए । गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा बझाङ क्षेत्र नम्बर १(१) बाट उनी निर्वाचित भए । सुदुरपश्चिम प्रदेशमा सरकार गठन भएपछि उनी नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा पुगेका थिए । 

२०१५ साल माघ १७ गते बझाङको तत्कालीन लुयाटामा बुबा मानबहादुर सिंह र आमा तारादेवी सिंहका कोखबाट उनको जन्म भएको हो । पाण्डु प्राथमिक विद्यालय र घचाया प्राथमिक विद्यालय हुँदै सत्यवादी माध्यमिक विद्यालयबाट उनले एसएलसी पूरा गरेका थिए । उनले बीएल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पुरा गरेका थिए । 

सिंहले कानुनकै विद्यार्थी भएकाले प्रदेशको हित हुने नीति निर्माणमा जोड दिने बताउँदै आएका थिए । २०३१ सालमा एसएलसी सकेर नेविसंघमा उनी आवद्ध भएका थिए । उनी नेपालगन्ज हुँदा २०३५ सालतिर महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए । त्यसैबेला उनी नेविसंघको जिल्ला कार्यसमिति सचिव बनेका थिए । 

२०४९ सालमा उनी तत्कालीन लुयाटा गाउँविकास समितिको अध्यक्ष समेत भएका थिए । २०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका मन्त्री सिंह २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भएर हारेका थिए । त्यसपछि १२ वर्ष नेपाली कांग्रेस बझाङको सभापतिमा तीन कार्यकाल जिम्मेवारी बहन गरेका थिए । 

पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य समेत रहेका सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्य पदको चुनाव लडेपनि पराजित हुन पुगे । २०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका सिंहले बझाङको विकासका लागि आवाज उठाउँदै आएका थिए । 
उनको निधनले नेपाली कांग्रेसलाई पनि ठुलो क्षति पुगेको छ ।

आफ्ना नेतालाई गुमाउनु पर्दा बझाङका काँग्रेस नेताहरू स्तब्ध भएका छन् । कांग्रेस जिल्ला सचिव झलक कठायतले सरकारको मन्त्री मात्रै नभएर बझाङका जनताका बीचमा अत्यन्तै लोकप्रिय नेता गुमाउनु पर्दा निकै पीडा महसुस भइरहेको बताए ।

उनले भने, ‘नागरिकबीच नजिकको सम्बन्ध बनाएर हिँड्न सक्ने, पार्टीलाई यहाँसम्म पुर्याउन तीन दशकदेखि मेहनत गरेका नेता गुमाउनु पर्दा हामीहरु टुहुरो भएको महसुस गरेका छौ ।’ नेता सिंह जस्ता त्यागी र मेहेनती नेता अब जिल्लाले कहिल्यै पाउन नसक्ने उनको भनाई छ । 

सम्बन्धित समाचार पढ्नुस् :

सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन

सुदुरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको गाडी दुर्घटनाग्रस्त

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राप्तीसोनारी र नरैनापुरको शान्ति सुरक्षाबारे सांसद नमुनाको चासो
राप्तीसोनारी र नरैनापुरको शान्ति सुरक्षाबारे सांसद नमुनाको चासो मंगलबार, असोज ९, २०८०
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता  सोमबार, असोज ८, २०८०
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो  आइतबार, असोज ७, २०८०
बाँकेका ८ वटै पालिका सभापति र वडा सभापतिलाई काँग्रेसको प्रशिक्षण
बाँकेका ८ वटै पालिका सभापति र वडा सभापतिलाई काँग्रेसको प्रशिक्षण शनिबार, असोज ६, २०८०
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता शनिबार, असोज ६, २०८०
आन्दोलनरत शिक्षकको माग पुरा गर्न बाँके कांग्रेसको आग्रह 
आन्दोलनरत शिक्षकको माग पुरा गर्न बाँके कांग्रेसको आग्रह  बिहीबार, असोज ४, २०८०
सरकार र आन्दोलनकारी शिक्षकबीचको वार्ता निष्कर्षविहीन
सरकार र आन्दोलनकारी शिक्षकबीचको वार्ता निष्कर्षविहीन बिहीबार, असोज ४, २०८०
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल बिहीबार, असोज ४, २०८०
‘संविधानमा यति छिटै यति धेरै जटिलता आउँला भन्ने लागेको थिएन’ : बाल्मिकी 
‘संविधानमा यति छिटै यति धेरै जटिलता आउँला भन्ने लागेको थिएन’ : बाल्मिकी  बुधबार, असोज ३, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्