Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • राप्तीमा बाढी खतराको तह नजिक, फसेका पाँचको उद्धार
राप्तीमा बाढी खतराको तह नजिक, फसेका पाँचको उद्धार माछा मार्ने, नुहाउने, ओहोर-दोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न आग्रह
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, साउन ९, २०८०
बाढीमा फसेका स्थानीयलाई उद्धार गर्दै प्रहरी । तस्बिर : सामाजिक सञ्जालबाट साभार

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरघाट स्थित राप्ती नदीको टापुमा फसेका पाँच जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । स्थानीय लालपुर गाउँको उत्तरतर्फ नदीको बीच टापुमा अवस्थित गौशालामा गाई रेखदेख गर्न गएका स्थानीय ५ जना बाढीमा फसेका थिए ।

ईलाका प्रहरी कार्यालय धामपुरको टोलीले मंगलबार दिउँसो २ बजेतिर सकुशल उद्धार गरेको हो ।  उनीहरु बिहानै गौशालामा गएको तर दिउँसो नदीमा एक्कासी पानीको सतह बढेपछि टापुमै फसेका थिए । उनीहरु फसेकै अवस्थामा उद्धार गरिएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज प्रहरी वरिष्ठ नायव निरिक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिएका छन् ।

टापुमा फसेका राप्ती सोनारी-४ पसरामपुरका ५५ बर्षिय चुकीराम थारु, ५३ बर्षिय मायाराम थारु, ५१ बर्षिया बतासी थारु, ५० बर्षिय लोकबहादुर थारु र सोही वडाको सूर्यलालपुर गाउँ निवासी ३२ बर्षिय आशाराम थारुलाई ट्युव र सेफ्टी ज्याकेटको सहयाताले सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 

लालपुरको उत्तरतर्फ राप्ती नदीको भंगालो र बीच टापुमा रहेको नर्सरीमा गौशाला रहेको छ । राप्ती नदीमा पानीको सतह बढेपछि टापुको दक्षिणतर्फ रहेको भंगालोमा समेत बाढी आएपछि उनीहरु अलपत्र परेका थिए । गौशालामा रहेका गाईहरुको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।

टापुमा फसेका आशारामले राप्ती सोनारी-४ का वडा सदस्य मंगल थारुलाई फोनमार्फत जानकारी गराएपछि प्रहरीसमक्ष सूचना पुगेको र समयमा उद्धार गर्न प्रहरी सफल भएको हो । पूर्वी क्षेत्रमा परेको अबिरल बर्षाका कारण राप्ती नदीमा मंगलबार पानीको सतह बढेर खतराको तह नजिक पुगेको छ ।

नदीमा पानीको सतह बढेपछि जिल्ला विपद व्यवस्थापन समिति बाँकेले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मंगलबार सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर ५.४५ मिटरभन्दा माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोर-दोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न आग्रह गरेका छन् । 

राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा पछिल्लो १२ घण्टादेखि भारी वर्षा भइरहेको सूचना जल तथा मौसम विज्ञान विभागले दिएको उल्लेख गर्दै आचार्यले सतर्कता अपनाउन आग्रह गरेका हुन् । जल तथा मौसम विज्ञान विभागले यस बर्ष राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको छ । 

राप्तीको बाढीले खतराको तह पार गरेपछि राप्ती सोनारी गाउँपालिकाको बैसा, नवलपुर, सिनाबाज, लालपुर, बिनौना, फत्तेपुर, कचनापुर, टिकलीपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र डुब्ने गर्छन् । राप्ती सोनारी गाउँपालिकाले, बाढी र डुवानको कारण कुनै समस्या भएमा गाउँपालिकाको विपद ब्यवस्थापन सम्पर्क ब्यक्ति अथवा ९८५८०२५९८० मा सम्पर्क गर्न आग्रह गरेको छ । 

CDO Office1690286436.jpg


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप समाज
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध,  रोकिए सयौं सवारी साधन
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध, रोकिए सयौं सवारी साधन बिहीबार, वैशाख २५, २०८२
विद्युत प्रसारण लाईन बस्तीमाथि परेको भन्दै बानियाभारका स्थानीय आन्दोलित
विद्युत प्रसारण लाईन बस्तीमाथि परेको भन्दै बानियाभारका स्थानीय आन्दोलित बिहीबार, वैशाख २५, २०८२
मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै कोहलपुरमा प्रर्दशन 
मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै कोहलपुरमा प्रर्दशन  बिहीबार, वैशाख २५, २०८२
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध बुधबार, वैशाख २४, २०८२
कोहलपुरका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पुर्जा बाँड्न थालियो
कोहलपुरका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पुर्जा बाँड्न थालियो शनिबार, वैशाख २०, २०८२
विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालगन्जमा प्रभातफेरी गरियो
विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालगन्जमा प्रभातफेरी गरियो शनिबार, वैशाख २०, २०८२
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती शुक्रबार, वैशाख १९, २०८२
१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर नगरपालिका
१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर नगरपालिका शुक्रबार, वैशाख १९, २०८२
राप्ती नदीमा डुबेर बालकको मृत्यु 
राप्ती नदीमा डुबेर बालकको मृत्यु  शुक्रबार, वैशाख १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्