Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • मानव बेचबिखन रोक्न ऐक्यबद्धतामा जोड
मानव बेचबिखन रोक्न ऐक्यबद्धतामा जोड मानव बेचबिखन विरुद्ध आफु लाग्ने प्रमुख अतिथी नमुनाको प्रतिवद्धता
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, साउन १५, २०८०

नेपालगन्ज : मानव बेचबिखन संगठित अपराध भएकाले त्यसलाई रोक्न सबै सरोकारवालाहरु एकजुट हुनको विकल्प नरहेको एक कार्यक्रमा बताइएको छ ।

नेपालगन्जमा आइतबार मनाइएको मानव बेचबिखन तथा ओसार पसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा उपस्थित सहभागीहरुले मानव बेचबिखनका घटनालाई कुनै ब्यक्ति र संस्थालेमात्र रोक्न नसक्ने बताएका हुन् । 

‘मानव बेचबिखनको प्रत्येक प्रभावितलाई समेटौं, कसैलाई पनि पछाडि नछाडौं’ भन्ने नाराका साथ अमेरिकि अन्तराष्ट्रिय विकास नियोग  (युएसएआइडी) को आर्थिक सहयोगमा हाम्रो समानान्तर परियोजना (विनरक इन्टरनेशनल) तथा नेपाल सरकारको समन्वयमा आयोजना गरिएको कार्यक्रममा बोल्ने सहभागीले मानव बेचविखन रोक्न अब सुरक्षा निकायसँगै स्थानीय तह, प्रदेश तथा संघीय सरकार, विभिन्न संघ संस्था र नागरिक समाज सबैले मानव बेचबिखनको सवाललाई प्रमुखताका साथ लिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी तथा मानव बेचबिखन तथा ओसार पसार विरुद्धको जिल्ला समिति बाँकेका संयोजक विपिन आचार्यले खुल्ला नाकाका कारण सिमावर्ती सबै जिल्लाहरु मानव बेचबिखनको उच्च जोखिमा रहेको बताए ।

बाँकेमा बिभिन्न नाका भए पनि सबै संघ, संस्थाहरु जमुनाहा नाकामा मात्र सीमित हुँदा अन्य नाकाबाट हुने यस्ता कार्य रोक्न समस्या भएको धारणा राखे । यस विरुद्ध मानव बेचविखन विरुद्ध स्थानीय स्तरमा गठन भएका समितिहरुले सक्रियताका साथ लाग्नुपर्ने बताए ।  

यस्तै कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसीले मानव बेचबिखन तथा ओसार-पसारबिरुद्ध प्रदेश सरकार पछाडी रहेको बताइन् । प्रदेश सरकारले यस बिरुद्धमा योजनाहरु निर्माण गर्नुपर्ने र यसका लागि आफु पनि लाग्ने प्रतिबद्धता ब्यक्त गरिन् । 

कार्यक्रममा मानव बेचविखन विरुद्ध काम गरिरहेका संस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखलाई प्यानलिष्टका रुपमा राखेर मानव बेचबिखन तथा ओसार पसारबारे गहन छलफल भएको थियो ।

प्यानलिस्टका रुपमा रहेका बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर, जनप्रतिनिधिका तर्फबाट कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कल्पना शर्मा, माईती नेपाल नेपालगन्जका प्रमुख केशव कोईराला, शक्ति समुह बाँकेका संयोजक निर्मला पौडेल, नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख आशा शाही लगायतले मानव बेचविखनका पछिल्ला घटना तथा त्यसविरुद्ध गरिरहेको कार्यक्रमबारे जानकारी गराएका थिए । 

कार्यक्रममा बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राठौरले नेपालगन्जको जमुनाहा नाकामा करिव एक दर्जनबढी संघ, संस्थासँग समन्वय गरेर मानव बेचबिखन कार्य रोक्ने प्रयास गरिरहेको बताए । बिशेष गरेर लुम्बिनी, कर्णाली र पूर्वी नेपालका केही जिल्लाबाट समेत मानव तस्करहरु जमुनाहा नाका हुँदै भारत प्रवेश गर्दै गर्दा नियन्त्रणमा लिएका घटना रहेकोले बाँके जिल्ला अत्यन्त सम्वेदनशिल रहेको उनको भनाई थियो । भारतबाट उद्धार गरेर ल्याएकालाई पुनस्र्थापना गर्न पनि समस्या देखिएको प्रहरी उपरीक्षक राठौर बताए ।

यस्तै, माइती नेपाल नेपालगन्जका प्रमुख कोइरालाले मानव बेचबिखन सिमा पारी मात्र नभएर देशभित्र पनि भइरहेको बताए । उनले भने, ‘सिमा पारीबाट उद्धार गर्न सरकारसँग हाल सम्म नीतिगत ब्यवस्था र उद्धार संयन्त्र नहुँदा समस्या छ, तर अनौपचारिक रुपमा उद्धार कार्य जारी छ ।’

मानव बेचबिखन  बिरुद्ध पालिकास्तरमा संरचना भएपनि कार्यान्वयनमा चुनौती रहेको कोईरालाले बताए । पालिकास्तरमा कार्यरत कर्मचारी, अन्य व्यक्तिलगायत माथिको शोषण कम गर्न बयस्क मनोरन्जन क्षेत्रहरुको अनुगमन तथा व्यवस्थापन निर्देशिका निर्माण गरिएको उनले जानकारी दिए । 

यसैगरी शक्ति समूह बाँकेका संयोजक पौडेलले मानबेचविखन बिरुद्ध मुद्दा दर्ता गर्न मस्किल रहेको बताइन् । पीडितलाई उद्धार र न्याय प्राप्तिका लागि पीडितमैत्री वातावरण नहुँदा न्यायिक प्रक्रियामा लैजान समस्या भइरहेको अनुभव सुनाइन् ।

यस्तै अर्का प्यानलिष्ट नेपालगन्ज उपमहानगरपालिका, महिला तथा बालबालिका शाखा प्रमुख शाहीले बेचविखन पछिको कुरामा मात्र सबै सरोकारवालाले ध्यान केन्द्रित गरिरहेको तर बेचबिखन हुन नदिनतर्फ कसैको ध्यान नगएको बताईन् । 

कोहलपुर नगरपालिका वडा नम्बर ११ की वडाअध्यक्ष शर्माले मानव बेचविखन नियन्त्रणका लागि कोहलपुरका १५ वटै वडामा समिति गठन गरिसकेको जानकारी दिइन् । ती समितिले मानव बेचविखन विरुद्ध कोहलपुरका विभिन्न चोक, चौराहामा सडक नाटकमार्फत सचेतना जगाइरहेको पनि जानकारी दिइन् ।

प्यानलिष्टमा हाम्रो समानान्तर परियोजनाका उपप्रमुख रामशरण सेढाईले सहजीकरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका अधिकारी खरेल, बैजनाथ गाउँपालिकाका कार्यबाहक प्रमुख निर्मला रोकाय, बाँके खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक लगायतले आ आफ्नो धारणा राखेका थिए, भने उक्त कार्यक्रम सञ्चालन अधिकारकर्मी कमला पन्तले गरेकी थिइन् । 
 


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
थप समाज
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध,  रोकिए सयौं सवारी साधन
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध, रोकिए सयौं सवारी साधन बिहीबार, वैशाख २५, २०८२
विद्युत प्रसारण लाईन बस्तीमाथि परेको भन्दै बानियाभारका स्थानीय आन्दोलित
विद्युत प्रसारण लाईन बस्तीमाथि परेको भन्दै बानियाभारका स्थानीय आन्दोलित बिहीबार, वैशाख २५, २०८२
मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै कोहलपुरमा प्रर्दशन 
मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै कोहलपुरमा प्रर्दशन  बिहीबार, वैशाख २५, २०८२
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध बुधबार, वैशाख २४, २०८२
कोहलपुरका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पुर्जा बाँड्न थालियो
कोहलपुरका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पुर्जा बाँड्न थालियो शनिबार, वैशाख २०, २०८२
विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालगन्जमा प्रभातफेरी गरियो
विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालगन्जमा प्रभातफेरी गरियो शनिबार, वैशाख २०, २०८२
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती शुक्रबार, वैशाख १९, २०८२
१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर नगरपालिका
१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर नगरपालिका शुक्रबार, वैशाख १९, २०८२
राप्ती नदीमा डुबेर बालकको मृत्यु 
राप्ती नदीमा डुबेर बालकको मृत्यु  शुक्रबार, वैशाख १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्