Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • युनियन बाँकेलाई निःशुल्क जग्गा खोज्न यसरी भयो सम्भव
युनियन बाँकेलाई निःशुल्क जग्गा खोज्न यसरी भयो सम्भव
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, साउन २८, २०८०

नेपालगन्ज : नेपाल प्रेस युनियन, बाँकेको जग्गा अन्ततः सुनिश्चित भएको छ । नेपालगन्ज ग्रिनसिटी प्रा.लि.ले युनियन बाँकेलाई आधा कठ्ठा जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको हो । उक्त कम्पनीले युनियन बाँकेलाई जग्गा दिने निर्णय गरेसँगै जग्गाको सुनिश्चित भएको नेपालगन्ज ग्रिनसिटीका प्रबन्ध निर्देशक रसिद कुरैसीले जानकारी दिएका छन् ।  

‘युनियन बाँकेको आग्रहलाई स्वीकार गरेर हाम्रो कम्पनीले निःशुल्क रुपमा आधा कठ्ठा (१० धुर) जग्गा उपलब्ध गराउने पक्का भइसकेको छ,’ दूरसञ्चार डटकमसँग उनले भने ‘केहीदिन भित्रै हामी युनियन बाँकेको नाममा जग्गा नामसारी गरिदिन्छौं, अब युनियनले लालपुर्जा पाईहाल्छ ।’ संगठनका लागि जग्गा खोज्न युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले नेतृत्वदायी र प्रेस युनियन बाँकेका अग्रज श्रीराम सिग्देलले समन्वयकारी भूमिका निभाएका थिए । 

२०७६ फागुन २ गते निर्वाचित भएर आएपछि अध्यक्ष ओलीले संगठनका लागि जग्गा खोज्ने कार्यलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका थिए । त्यसलगत्तै कोरोना महामारीको संक्रमण फैलिएपछि जग्गा खोज्ने प्रक्रिया अगाडी बढ्न सकेन । पहिलो चरणको कोरोना महामारी केही कम भएपछि २०७७ माघ २५ गते बसेको जिल्ला कार्यसमिति बैठकले युनियन बाँकेको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने भवन निर्माण गर्न जग्गा खोज्ने निर्णय सर्वसम्मत रुपमा गरेको थियो । 

Meeting1691949448.jpg

संस्थालाई जग्गा प्राप्तीका लागि सरकारी तथा गैर सरकारी निकाय, सामाजिक तथा धार्मिक संघ संस्था, दाता लगायतलाई आग्रह गर्ने निर्णय गरेको थियो । बैठकले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र संस्थाका लागि आवश्यक पर्ने जग्गा खोजी गर्न विभिन्न सरकारी तथा गैर सरकारी निकाय र जग्गा दातासँग छलफल, समन्वय गर्न अध्यक्ष ओलीलाई नै सम्पूर्ण जिम्मेवारी दिने निर्णय गरेको थियो । 

‘संगठनको निर्णयपछि भने औपचारिक रुपमै प्रस्तावनाहरु तयार गरेर हामी करिव ९/१० जना जति जग्गा दातालाई भेट्यौंं, कतिपय दाताहरु युनियनलाई जग्गा दिन तयार हुनु भयो, तर कति जग्गाहरु नेपालगन्ज बजार क्षेत्रभन्दा बाहिर फेला परे, बजार क्षेत्रभित्रै कति ठाउँमा दाताहरु दिन तयार भएपनि जग्गामा किचलो भएको पाइयो, विवादमा परेर जग्गा लिन चाहेनौंं,’ ओली सम्झिन्छन् ‘त्यतिबेला ज-जसले हामीलाई विश्वास गरेर जग्गा दिन तयार हुनु भएको थियो, उहाँहरुको त्यो निर्णयलाई म नमन गर्दछु ।’ 

Letter head1691949447.jpg

२०८० बैशाख २९ गते नेपालगन्ज ग्रिनसिटी प्रा.लि. समक्ष प्रस्तावना पेश गरेपछि भने उक्त कम्पनीले युनियन बाँकेलाई निःशुल्क जग्गा उपलब्ध गराएको हो । प्रस्तावनामा युनियनको भवन निर्माण उद्देश्य, युनियनको भवनमा समेट्ने विषय, संगठनको संरचना, भवन निर्माण प्रक्रिया लगायत कुराहरु समेटिएका छन् । युनियनको आफ्नै जग्गा भएपछि अब भवन निर्माण गर्ने बाटो खुलेको ओलीले बताएका छन् । 'जग्गा उपलब्ध गराउनु हुने दाता कम्पनीलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,' उनलेे भने ।

नेपालगन्ज ग्रिनसिटी प्रा.लि.बाट युनियन बाँकेले निःशुल्क जग्गा प्राप्त गरेको कुरा प्रेस युनियन बाँकेको सम्पन्न १२ औं जिल्ला अधिवेशनको उद्घाटन शत्रमा कम्पनीका प्रबन्ध निर्देशक कुरैसीको आग्रहमा अध्यक्ष ओलीले औपचारिक रुपमा घोषणा गरेका थिए । प्रालीको बोर्ड बैठकले पनि औपचारिक निर्णय गरिसकेको प्रबन्ध निर्देशक कुरैसीले बताए । 

युनियनले आफ्नो स्मारिका र बन्द सत्रमा प्रस्तुत सचिव विजय मल्लको सांगठनिक प्रतिवेदनमा पनि जग्गा सम्बन्धि विषयलाई प्रमुखताका साथ उल्लेख गरेको छ ।  

Proposal1691949450.jpg

‘युनियनको आफ्नो भवन नहुँदा विगत तीन वर्षदेखी कोठा भाडा तिरेर भएपनि नियमित रुपमै कार्यालय सञ्चालन गर्यौं,’ उनले भने ‘अब जग्गा प्राप्त भईसकेपछि युनियनको भवन निर्माणलाई अगाडी बढाउन सहज भयो ।’ युनियन बाँकेका पुर्वअध्यक्ष नरेन्द्र थापाको कार्यकालमा युनियन बाँकेले आयोजना गरेको एक कार्यक्रमबाट बचत भएको रकम 'युनियन बाँकेको भवन निर्माण गर्ने' उद्देश्यले मुद्दती खातामा जम्मा गरिएको छ ।  


प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २३:३३
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्