Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • घर-घरमा नागको फोटो टाँसेर नाग पञ्चमी पर्व मनाइँदै
घर-घरमा नागको फोटो टाँसेर नाग पञ्चमी पर्व मनाइँदै
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ ४, २०८०

काठमाडौं : हिन्दू धर्मशास्त्रअनुसार(आज)सोमबार नाग पञ्चमी पर्व मनाइँदैछ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नेपाल, भारतलगायत विश्वभरि छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर र कतिपयले नागको स्तोत्र पाठ गरी विधिपूर्वक पूजा गर्ने गर्दछन् ।

ज्योतिषीय मान्यताअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) को पूजा गर्नुपर्ने धार्मिक मान्यता छ । ती नागको प्रतीकस्वरूप फोटो मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ दूबोसहित गाईको गोबरले टाँसेर पूजा गर्ने परम्परा रहेको छ। यसका साथै अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु, जैमिनिआदि नाम गरेका नागलाई पनि वज्रवारकको रूपमा पुज्ने गरिएको छ ।

यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय नहुने, आगलागी तथा चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित पनि रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ । वैज्ञानिक मान्यताअनुसार नाग, नागको मूर्ति वा नागको चित्रबाट आउने तरङ्ग (वेब) ले विषालु जीवको प्रभावलाई कम गर्ने र प्राकृतिक प्रकोपलाईसमेत निस्तेज पार्ने भएकाले यस दिन नागको तस्बिर वा मूर्तिलाई घरको मूल ढोकामा टाँसेर अर्चना गर्दै श्रद्धाभाव व्यक्त गर्ने प्रचलन रहेको जानकारहरू बताउँछन् ।

नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको हो । यसै आधारमा हरेक घरको जगमा नागको बास हुने र नाग रिसाए घरको जग नै भासिन्छ वा भत्कन्छ भन्ने मान्यता पनि छ । त्यस्तै, पातालमा नाग देवताको बसोबास हुने र नागपञ्चमीका दिन भूमि खन्दा नागलाई कष्ट हुने भएकाले यस दिन हलो जोत्नु वा घरको जग राख्नु शुभ हुँदैन भनेर शास्त्रमा उल्लेख छ । 

हिन्दू धर्मशास्त्रले चराचर जगत्मा साकार रूपमा रहेका सम्पूर्ण प्राणी तथा वनस्पतिको अस्तित्वलाई स्वीकार गर्दै नागको पनि संरक्षणका लागि पूजा गर्नुपर्ने विधान बनाएको हो । ‘वसुधैव कुटुम्बकम’ (पृथ्वी वा चराचर जगत्का सम्पूर्ण प्राणी आफन्त हुन) लाई चरितार्थ गर्दै प्रकृति र वातावरणबीचको अन्योन्याश्रित सम्बन्ध वा प्रकृतिमा रहेको पारिस्थितिक प्रणालीलाई अनुकूल बनाइराख्न सहयोग पुगोस् भनेर पनि नागको पूजा गर्ने विधान बनाएको नेपाल सँस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापिठ धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन् ।

उनका अनुसार यस पर्वले सम्पूर्ण नाग (सर्प) जातिको संरक्षण र नाग बसोबास गर्ने पानीका स्रोत वा मूलको संरक्षणमा सहयोग पु¥याएको छ । नागपञ्चमीका दिन ज्योतिष शास्त्रअनुसार शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नुनपर्ने उनी बताउँछन् । ‘कुनै पनि भवन निर्माण गर्दा भूमिमा नागदोष भए यसै दिन वैदिक विधिद्वारा पूजा गरी पन्छाए नागको दोषबाट मुक्त हुन सकिन्छ,’ उनले भने ।

सर्वप्रथम नागबारे शुक्लयजुर्वेदले ‘ॐ नमोस्तु सर्पेब्भ्यो ये के च पृथिवी मनु येऽन्तरिक्षे येदिवितेब्भ्यः सप्र्पेभ्यो नमः’ अर्थात् हे सर्पहरू हो, पृथिवी, अन्तरिक्षलगायत भूमण्डलमा जति पनि हुनुहुन्छ, तपाईहरूलाई नमस्कार छ भनेर उपासना गरेको छ ।

वेदले तिनै सर्पका राजालाई नाग मानेको छ । वेदमै सृष्टिकालमा जलमाथि शेषनाग शड्ढयामा फणाको छातामुनि शयन गरेका विष्णु भगवान्को स्परूप उल्लेख गरिएको छ। त्यस्तै, शिवले गलामा वासुकि नागको माला लगाएका र भगवान् गणेशले हातमा नाग लिएको शास्त्रमा उल्लेख छ ।

त्रेता युगका श्रीरामका भाइ लक्ष्मण र द्वापर युगका श्रीकृष्णका दाजु बलरामलाई शेषनागको अवतार मानिएको छ । शेषनागले पृथ्वीलाई आफ्नो शिरमा धारण गरी अड्याएको पनि शास्त्रमा उल्लेख छ ।

वराह पुराणमा यसै दिन नागराज र ब्रह्माको संवाद भएको आधार मानी नागनागिनीको पूजा गर्ने चलन चलेको बताइएको छ । त्यस्तै, महाभारत तथा भविष्योत्तर पुराणमा पनि वासुकि, तक्षक, कालीय, मणिभद्रक, ऐरावत, धृतराष्ट्र, कर्कोटक र धनञ्जय नाम गरेका नागले अभय प्रदान गर्दै प्राणीको रक्षा गर्छन् भनिएको छ ।

यस दिन काठमाडौं उपत्यकाका भचाखुसी–स्थित घोडेनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, गल्कोपाखा ठमेलस्थित हरिनाग, टुँडिखेल सुन्धाराछेउस्थित मीननाग, थानकोटस्थित नागढुंगा, धापाखेलस्थित नागदह, चोभारको टौदह, नक्सालस्थित नागपोखरी र चाँगुनारायण नगरपालिका ८ कलमसीस्थित कल्पेश्वर नाग मन्दिरमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । साथै यी स्थानमा नागपञ्चमीको अवसरमा मेलासमेत लाग्ने गरेको छ ।


प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्