Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • गाउँमा डिपट्युवेल निर्माणपछि किसानमा खुसीयाली-(भिडियो सहित)
गाउँमा डिपट्युवेल निर्माणपछि किसानमा खुसीयाली-(भिडियो सहित) यसरी सम्भव भयो डिपट्युवेल सिचाइँ योजना
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, भदौ १३, २०८०

बाँके(कुसुम) : सिचाइँको बैकल्पिक व्यवस्था नहुँदा सधैं आकाशे पानीको भर पर्नुपर्ने बाँके, राप्ती सोनारी–१ कुसुमस्थित सौरी गाउँबासीको बाध्यता अन्त्य भएको छ । गाउँमा डिपट्युवेल सिचाइँ योजना सम्पन्न भएपछि किसानले यतिखेर राहत महसुस गरेका छन् । 

युवा समाजसेवी अर्जुन ओलीको विशेष पहलमा डिपट्युवेल सिचाइँ योजनाको काम सम्पन्न भएपछि किसानको बर्षौदेखीको सपना पुरा भएको हो । सिचाइँ सुबिधा नहुँदा यसअघि गाउँमा हिउँद र बर्खायाममा मात्रै खेती गरिन्थ्यो । त्यो पनि आकाशे पानीले साथ दिएपछि मात्रै बालीबोट राम्रो हुन्थ्यो । 

गाउँमा सिचाइँ सुबिधा नहुँदा ब्यहोर्नु परेको बर्षौदेखीको यस्तो समस्यालाई पत्रकारिता पेशामा संलग्न ओलीले भुमिगत जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय नेपालगन्जसम्म पुर्याएर बजेट विनियोजन गर्न विशेष पहल गरेका थिए । उनको विशेष आग्रहमा कार्यालयले बजेट विनियोजन गर्दै ‘नमुना सौरी डिपट्युवेल योजना’ को कामलाई प्राथमिकता दिएपछि अहिले कामले पूर्णता पाएको हो । 

भिडियो हेर्नुस् :

‘गाउँमा यसअघि सिचाइँ सुविधा नै थिएन, सिचाइँ सुबिधा नहुँदा पनि पुर्खाहरुले धेरै दुःख कष्ट गरी खेती किसानीको काम गर्नुभयो,’ ओलीले भने ‘अब पनि त्यसरी सिचाइँ सुबिधा बिना कृषि कर्म गर्न सम्भव थिएन, तसर्थ मेरो अनुरोधमा भुमिगत जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयले बजेट विनियोजन गरिदियो र गाउँमा डिपट्युवेल सिचाइँ योजना ल्याएर सम्पन्न गर्ने काम गरियो, अब गाउँमा खेती किसानी गर्नलाई धेरै सहज भएको छ ।’ 

गत असारमा निर्माण सम्पन्न भएको डिपट्युवेलको मद्धतले गाउँका केही किसानले धान रोपेका थिए, भने खडेरीमा धान र मकैलाई सिचाइँ गर्न सहज भयो । गाउँमा सिचाइँ सुबिधा पुग्दा किसानहरुमा खुसीको सिमा नै छैन । स्थानीय किसान टिकाराम बुढाथोकीले समाजसेवी ओलीको विशेष पहलले गर्दा गाउँमा डिपट्युवेल सिचाइँ योजना ल्याउन सम्भव भएको बताए । ‘उहाँ(ओली)को पहलले गर्दा नै हामीले अहिले सिचाइँ सुबिधा पायौं, यो हाम्रै सम्पत्ती भएकाले यसको संरक्षण र सम्बद्र्धनमा अब विशेष ध्यान दिनेछौं,’ उनले भने ।

भुमिगत जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय नेपालगन्जले ४७ लाख ५० हजार रुपैयाँको लागतमा डिपट्युवेल योजना निर्माण गरेको हो । डिपट्युवेलसँगै सिचाइँका लागि पाईप लाईन, २५ केभिए क्षमताको बिद्युत ट्रान्सफर्मर, च्याम्बर निर्माण गरिएको कार्यालयले जनाएको छ ।

Deep Tiubel 31693367811.jpg

डिपट्युवेल निर्माण गर्न कार्यालयले ठेक्का सम्झौता गरेपनि सहजीकरणका लागि स्थानीय बासिन्दाको सहभागितामा उपभोक्ता समिति गठन गरिएको थियो । डिपट्युवेल खन्न सुशिल कन्स्ट्रक्सन कम्पनी र सिचाइँ प्रणाली निर्माण गर्न विकास निर्माण सेवाले ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ ।

उक्त डिपट्युवेलबाट करिव ४० विघा जमिनमा ढुक्कसँग सिचाइँ गर्न सकिने कार्यालयका प्रमुख किरण चौधरीले बताए । ‘यस डिपट्युवेलबाट ४० विघा जमिनलाई आरामसँग सिचाइँ गर्न सकिन्छ, सिचाइँको बैकल्पिक ब्यवस्था नभएको ठाउँमा यस्ता डिपट्युवेल धेरै नै प्रभावकारी हुन्छन्,’ उनले भने ।

Deep Tiubel 21693367810.jpg

कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा नमुना सौरी डिपट्युवेल योजनासहित डुडुवामा पेरानी डिपट्युवेल योजना, एग्रिकल्चर डिपट्युवेल र महाकाली डिपट्युवेल योजना र खजुरामा किसान कल्याण डिपट्युवेल योजना तथा हरियाली डिपट्युवेल योजना निर्माण सम्पन्न गरेको जनाएको छ । 

डिपट्युवेल खन्ने काम सम्पन्न भएपनि डुडुवास्थित जयराम डिपट्युवेल योजना, बर्दियास्थित ककौरा, कालीगौडी, मोतिपुर लखवार, सानोश्री, हराभरा, देउराली र ढकैला डिप ट्युवेल योजनाको ट्रान्सफर्मर जडान लगायतका काम बाँकी रहेको बताइएको छ । 

कार्यालयका अनुसार बाँके र बर्दियामा कुल १३ वटा डिपट्युवेल खन्न २ करोड ५७ लाख ६२ हजार ५ सय ३६ रुपैयाँमा सम्झौता भएको थियो । यस्तै करिव ३ करोड रुपैयाँको लागतमा बिद्युतीकरण, पाईप लाईन बिस्तार लगायतका काम गरिएको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्