नेपालगन्ज : लौह पुरुष स्वर्गिय गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा सम्झना स्वरुप मंगलबार बेलुका दीप प्रज्वलन गरिएको छ । गणेशमान सिंह फाउण्डेशन बाँकेको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलनलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेस बाँकेका पूर्वसभापति युवराज शर्माले स्वर्गिय सिंह प्रजातन्त्र र समाजबादप्रति पूर्ण रुपले समर्पित रहेको बताए । पदको कुनै लोभ लालच नराखेर सिंहले पार्टी बनाउन सक्रिय भएको प्रमुख अतिथी समेत रहेका शर्माले जोड दिए । स्वर्गिय सिंह २०४६ सालमा भएको जनआन्दोलनका सर्वाेच्च कमाण्डर भएको स्मरण गर्दै उनले सिंह जस्ता नेताको अभाव अहिले पार्टीभित्र खड्किएको बताए ।
सो क्रममा लुम्बिनी प्रदेशका सांसद मिना सिद्दिकी, नेपाली काँग्रेसका अग्रज नेता हेमन्त कर्माचार्य, युवा नेता हुर्मत न्यौपाने, काँग्रेस बाँकेका सह– सचिव बिनोद थारु, जिल्ला सदस्य नरबहादुर विष्ट, गणेशमान सिंह फाउण्डेसन बाँकेका अध्यक्ष अनिल श्रेष्ठ, महिला संघकी केन्द्रिय सदस्य भारती जोशी, नेपाली काँग्रेस नेपालगन्ज ९ का इकाई सभापति अकबर शेष, नेतृहरु कल्पना घिमिरे, कमला पोख्रेल, अमृता नेपाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, काँग्रेसका नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।
सिंहको २६ औं स्मृति दिवस तथा संबिधान दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नम्बर २ बाँकेले बुधबार बिहान ९ बजे मानव सेवा आश्रममा दिवाकालिन भोजन ग्रहण कार्यक्रम राखेको क्षेत्रीय सभापति रमेश गुप्ताले जानकारी दिए ।
![Deep Prajolan1695137719.jpg](https://www.dursanchar.com/uploads/posts/Deep Prajolan1695137719.jpg)
![Deep Prajolan 21695137720.jpg](https://www.dursanchar.com/uploads/posts/Deep Prajolan 21695137720.jpg)