Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • बिद्यालय खुल्न थाल्दा अन्यौलमा बिद्यार्थी
बिद्यालय खुल्न थाल्दा अन्यौलमा बिद्यार्थी
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, मंसिर ३, २०८०
भूकम्पबाट क्षति भएको जाजरकोटस्थित भेरी नगरपालिका वडा नम्बर १ रिम्नाघाटमा रहेको भेरी त्रिवेणी माध्यामिक बिद्यालय भवन ।  तस्बिर : दूरसञ्चार 

जाजरकोट : भूकम्पले बिद्यालय भवन भत्केर ‘खण्डहर’ भएका छन् । केही बचेका भवन पनि पुरै चर्केर भित्र पस्न नसकिने अवस्थामा पुगेका छन् । दसै र तिहारको लामो बिदापछि बिद्यालय खुल्ने दिन आईपुग्दा भेरी त्रिवेणी माध्यामिक बिद्यालय, रिम्नाघाटमा कक्षा १० मा पढ्ने पुष्पकमल रानामगर अन्यौलमा छन् । 

पुर्वनिर्धारित समय अनुसार दसै तिहारको बिदापछि उनको बिद्यालय मंसिर ४ गतेदेखी खुल्नुपर्ने हो । बिदाको बीचमै भूकम्प आएर बिद्यालय भवनमा क्षति पुर्याएका कारण उनी अन्यौलमा परेका हुन् । भूकम्पपछि बिस्थापित जीवन बिताइरहेका उनलाई अहिले पढाईको चिन्ता छ ।

‘भूकम्पले हाम्रो स्कुलका भवनहरु भत्केका छन्, अहिलेसम्म त दसै तिहार बिदाले स्कुल बन्द थियो, कसरी पढाई हुने हो खै, केही थाहा छैन,’ उनले भने । भूकम्पले क्षति पुर्याएको आफ्नो घरबाट उनले किताव, कापी भने निकाल्न सफल भए । तर, क्षतिग्रस्त बिद्यालयको अवस्था हेर्दा कसरी पढ्ने भन्ने अल्यौलता छाएको पुष्पकमलले बताए ।

भवन पुर्ननिर्माण नहुँदासम्म बिद्यालयको पढाई वैकल्पिक रुपमा भएपनि सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । ‘सरकारले हाम्रा घर र बिद्यालय भवन चाडो भन्दा चाडो बनाइदिनुपर्यो,’ उनले भने ‘हिउँदको समय भएकाले बाहिर चउरमा बसेर पनि पढ्न सकिन्छ ।’

भूकम्पले क्षति पुर्याएका अधिकांस भवन र बिद्यार्थीको अवस्था यस्तै छ । बिद्यालय खुल्दै गर्दा भूकम्प प्रभावित जिल्लाका अधिकांस बिद्यार्थीहरुलाई अब कहाँ बसेर पढ्ने भन्ने चिन्ता छ । भेरी नगरपालिका वडा नम्बर १ मा पर्ने उक्त बिद्यालयका भौतिक संरचनामा भूकम्पबाट धेरै क्षति पुगेको छ ।

बिद्यालयका सहायक प्रधानाध्यापक निर्मलाकुमारी पुनका अनुसार पाँच वटा भवन मध्ये २ वटामा पुरै क्षति पुगेको छ । ‘एउटा भवनको तीन वटा कक्षा कोठा ध्वस्त भएका छन्, अर्र्काे भवनको एकातिरको देवाल पुरै भत्किएको छ,’ उनले भनिन् ‘तीन वटा पक्की भवन मध्ये एउटा भवन चर्केको छ ।’ 

बिद्यालयमा रहेका छात्र र छात्रा शौचालयमा पनि भूकम्पले क्षति गरेको छ । यस्तै बिद्यालयको ल्याब र कम्प्युटरमा पनि भूकम्पले क्षति गरेको सहायक प्रअ निर्मलाले बताइन् । उनका अनुसार बिद्यालयमा कुल ४ सय १५ बिद्यार्थी भर्ना भएकोमा भूकम्पमा परी ३ जना बिद्यार्थीको मृत्यु भएको छ ।

‘भूकम्पबाट धेरै बिद्यार्थी प्रभावित भएका छन्, कतिपय बिद्यार्थी उपचार पश्चात घर फर्केका छन्, कतिको अहिले पनि उपचार चलिरहेको छ,’ उनले भनिन् ‘धेरैजसो बिद्यार्थीको पाठ्यपुस्तक घरभित्रै पुरिएको छ, घरमा पुरै क्षति भएकाले बिस्थापित भएका छन् ।’ 

भेरी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष दीपक रानाले आफ्नो वडामा रहेका ७ वटा बिद्यालयका झण्डै ३ दर्जन भवनहरु क्षतिग्रस्त रहेको बताए । ‘सबै स्कुलका भवन पक्की थिएनन्, जुन ढुंगा र माटोले बनेका भवनहरु थिए, सबैमा क्षति भएको छ,’ उनले भने ‘पक्की भवनमा आंशिक क्षति भएको छ ।’ दसै तिहारको बिदापछि खुल्ने तयारीमा रहेका बिद्यालयको वैकल्पिक ब्यवस्था गरेर पठन पाठन सुचारु गर्ने सोच बनाएको रानाले सुनाए ।

भूकम्पले जाजरकोट, रुकुम(पश्चिम) लगायत जिल्लामा रहेका बिद्यालयका भौतिक संरचनामा ठुलो क्षति पुर्याएको छ । जाजरकोटका ७ वटै स्थानीय तहमा भूकम्पले ठुलो क्षति गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय जाजरकोटले जनाएको छ । 

इकाई प्रमुख रमेश मल्लका अनुसार भूकम्पबाट जिल्लाभर २ सय ९३ वटा बिद्यालय भवनमा पूर्ण र ४ सय ८ वटा भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।  ‘भूकम्पका कारण जिल्लाका ७ वटै पालिकामा रहेका बिद्यालय भवनमा क्षति पुगेको छ,’ उनले भने ‘अधिकांस भवन चर्केका छन्, चर्केका भवनभित्र बिद्यार्थी राखेर पढाउने अवस्था नै छैन ।’ भूकम्पबाट जिल्लामा २१ जना बिद्यार्थी र २ जना शिक्षकको मृत्यु भएको इकाई प्रमुख मल्लले जानकारी दिए । 

दसै र तिहार बिदामा बन्द भएका बिद्यालयलाई खुलाउने विषयमा शनिबार जिल्लामा सरोकारवालाबीच बैठक बसेर समेत छलफल गरिएको उनले बताए । ‘भौतिक संरचनामा क्षति पुगेका बिद्यालयको पठन पाठन वैकल्पिक माध्यमबाट भएपनि सुचारु गर्ने निर्णय भएको छ,’ उनले भने ‘जिल्लाका सबै बिद्यालयको पठन पाठन पूर्व निर्धारित समय अनुसार नै सोमबार (मंसिर ४ गते) बाट सञ्चालन गर्ने निर्णय भएको छ ।’

भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटस्थित बारेकोट गाउँपालिकाले अस्थायी सिकाई केन्द्र स्थापना गरेर पठन पाठन सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाका शिक्षा अधिकृत रामबहादुर मल्लले भूकम्पले क्षति गरेका भवन तत्काल पुर्ननिर्माण हुन सम्भव नभएकाले अस्थायी सिकाई केन्द्र स्थापना गर्न लागिएको बताए । 

उक्त गाउँपालिकामा  समुदायमा आधारित बाल विकास केन्द्रसहित कुल ५३ वटा बिद्यालय रहेका छन् । भूकम्पले बिद्यालयका ६३ वटा भवनमा पूर्ण र ३१ वटामा आंशिक क्षति पुगेको शिक्षा अधिकृत मल्लले सुनाए ।

‘बिद्यार्थीको पढाईलाई मध्यनजर गर्दै पूर्वनिर्धारित समय अनुसार मंसिर ४ गतेबाट बिद्यालय खोल्दैछौं, अस्थायी सिकाई केन्द्र स्थापना गरेरै भएपनि पढाई सञ्चालन गर्ने निर्णयमा हामी पुगेका छौं,’ उनले भने । 


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्