Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • कोभिड नियन्त्रणमा भूमिका निभाउनेलाई सम्मान, ३ सय ५३ पत्रकारको दुर्घटना बिमा
कोभिड नियन्त्रणमा भूमिका निभाउनेलाई सम्मान, ३ सय ५३ पत्रकारको दुर्घटना बिमा
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज २२, २०७८

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले कोभिड–१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न संस्था र ब्यक्तिलाई सम्मान गरेको छ । नेपालगन्जमा शुक्रबार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोभिड-१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई सम्मान गरिएको हो । 

महासंघले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन छाती तथा फोक्सो रोग विशेषज्ञ डाक्टर सुभाष योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, जिल्ला कोभिड १९-व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याब टेक्निसियन दीपक शर्मा, जे शर्मा मेडिकलका सञ्चालक जीवन शर्मालाई सम्मान गरेको हो । 

यसैगरी वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली खड्का, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दीपेन्द्र विष्ट पनि सम्मानित भएका छन् । महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमबाटै जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारहरुका लागि दुर्घटना बीमा पनि कार्यान्वयन गरिएको छ ।

सो क्रममा सगरमाथा इन्स्योरेन्स नेपालगन्जका प्रमुख गोविन्द उपाध्यायले अध्यक्ष भण्डारीलाई बीमा पोलिसी हस्तान्तरण गरेका थिए । महासंघ बाँके शाखामा आवद्ध ३ सय २३ सहित जिल्लामा क्रियाशिल ३ सय ५३ जना पत्रकारको दुई लाख रुपैयाँको दुर्घटना बीमा गरिएको सचिव कमल डाँगीले जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रिय अध्यक्ष पोखरेलले सञ्चार संस्थाले पत्रकारको श्रमको उचित मुल्यांकन गर्नुपर्ने बताए । सञ्चार संस्थाहरु श्रम शोषण गर्ने थलो बन्न नहुने उनको सुझाव थियो । ‘सञ्चार संस्थाहरु श्रम शोषण गर्ने थलो नबनुन्न, हाम्रो विशेष आग्रह छ,’ उनले भने । पत्रकारको क्षमता अभिवृद्धि गर्न महासंघले विशेष जोड दिएको उनले बताए । 

महासंघ बाँके शाखाले अगाडी सारेका योजना सुनाउँदै अध्यक्ष भण्डारीले नेतृत्व सम्हालेको ६ महिनामै पत्रकारको हकहितका क्षेत्रमा उपलब्धीमुलक कार्य गरेको बताए । ‘सामुहिक छलफल र समन्वयका साथ महासंघले बाँकेका पत्रकारका हकहितका क्षेत्रमा उल्लेख्य काम गरिरहेको छ,’ उनले भने, ‘यसमा महासंघ क्रमगत सफल भइरहेको छ ।’ पत्रकारको हकहितका लागि महासंघ कटिबद्ध रहेको बताए । भण्डारीले निकट भविष्यमा महासंघले पत्रकारिता विषय पढ्न चाहने एक महिला र एक पुरुष पत्रकारलाई छात्रवृत्ती दिइने घोषणा पनि गरे । 

सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारी, पत्रकार महासंघका पुर्वकेन्द्रिय सदस्य झलक गैरे, पुर्वशाखा अध्यक्षद्धय निरज गौतम र रुद्र सुवेदी, महासंघका सल्लाहकार डक्टप्रसाद धिताल, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बि.क, प्रेस मञ्चका केन्द्रिय उपाध्यक्ष आशिष गुप्ता, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंक रावल, नेपाल बार एशोसियनका बरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेकका भोला महत, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम सञ्चालन महासंघ बाँकेका सचिव कमल डाँगीले गरेका थिए । 

 


 


प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्