Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • अधिकारकर्मी रुबी खानविरुद्ध बहुबिवाह मुद्दामा अनुसन्धान 
अधिकारकर्मी रुबी खानविरुद्ध बहुबिवाह मुद्दामा अनुसन्धान  अभियोग पुष्टी भएमा एक वर्षदेखी ५ वर्षसम्म कैद सजाय हुन सक्ने
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज २३, २०७८

नेपालगन्ज : न्यायका लागि भन्दै पैदल हिडेर काठमाडौं पुगेकी नेपालगन्जकी मुस्लिम महिला अधिकारकर्मी रुबी खानमाथी गम्भिर खालको अभियोग लागेको छ । उनीविरुद्द बहुबिवाह गरेको गम्भिर अभियोग लागेको हो । कानुनले बहुबिवाहलाई फौजदारी अपराध मानेको छ ।

बहुबिवाह सम्बन्धी मुद्दामा पक्राउ गरेको प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । न्यायका लागि भन्दै नेपालगन्जबाट करिव २० दिन पैदल हिडेर काठमाडौं पुगेकी उनलाई नेपाल प्रहरीको सिंहदरबार वृत्तले शुक्रबार बेलुकी माइतीघरबाट पक्राउ गरेको थियो । 

रुबीलाई पक्राउ गर्नुको कारण सुरुमा नखुलाएको प्रहरीले शनिबार बेलुकी नेपालगन्ज ल्याएर बहुबिवाह मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । ‘उहाँ(रुबी) विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा बहुविवाह सम्बन्धी मुद्दा दर्ता थियो, अदालतबाट पक्राउ पुर्जी लिएर भदौंमा पक्राउ गरी अनुसन्धान अगाडी बढाउने हाम्रो योजना हो, तर उहाँ(रुबी) त्यसविरुद्ध अदालत जाँदा बीचमा पक्राउ गर्न समस्या भयो, अदालतमा दायर भएको रिट खारेज भएपछि अहिले पक्राउ गर्ने बाटो खुलेको हो,’ जिप्रका बाँकेका प्रवक्ता(डिएसपी) मधुसुदन न्यौपानेले भने ।

उनका अनुसार प्रहरीले उनलाई शनिबार बेलुका काठमाडौंबाट जहाजमार्फत नेपालगन्ज ल्याएर अनुसन्धान सुरु गरेको छ । अधिकारकर्मी रुबीका विरुद्ध गत भदौंमा बहुबिवाह गरेको अभियोगमा मुद्दा दर्ता भएको डिएसपी न्यौपाने बताउँछन् । प्रहरीका अनुसार मुद्दा दर्ता भइ अदालतले पक्राउ पुर्जी जारी गरेपछि रुबी प्रहरीको खोजीमा रहेको र विभिन्न केशलाई उचालेर चर्चामा आउने प्रयास गरेकी थिइन् ।

रुबीले आफुलाई बिना आधार बहुबिवाह मुद्दामा पक्राउ गर्न खोजिएको जिकिर गर्दै तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा रिट दायर गरेकी थिइन् ।  उनको रिटलाई यही असोज ६ गते अदालतले खारेज गरिदिएपछि पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए । 'अदालतले रिट खारेज गर्न सक्ने शंका मानेरै रुबी न्यायका लागि भन्दै असोज १ गते यात्रामा निस्केकी थिइन्,' प्रहरी स्रोतले भन्यो । 

गत साउन ६ गते जानकी गाउँपालिका वडा नम्बर २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु भएको घटना र गतवर्षदेखी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर निवासी निर्मला कुर्मीको अवस्था अज्ञात सम्बन्धी घटनाको प्रहरीले खोजबिन नै नगरेको भन्दै उनले बाँकेमा केहीदिन प्रर्दशनसहित काठमाडौंसम्म पुगेर आन्दोलनको नेतृत्व गरेकी थिइन् । 

काठमाडौं पुगेको भोलीपल्टै बाँके प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले रुबीलाई पक्राउ गरेको डिएसपी न्यौपानेको भनाइ छ । खानलाई बहुबिवाह गर्ने मुस्लिम अधिकारकर्मी मोहम्मद शेर बागवानलाई पनि प्रहरीले खोजी गरिरहेको छ । घरमा श्रीमती हुँदा हुदैपनि बागवानले रुबीलाई बिवाह गरेको अभियोग लागेको छ । 

उनी मुस्लिम समाज विकास चेतना केन्द्र बाँकेको अध्यक्ष हुन् । रुबीले लामो समयदेखी सोही संस्थामा काम गर्दै आएकी थिइन् । रुबी र बागवानमाथी लागेको अभियोग पुष्टी भएमा उनीहरु दुबैलाई एक वर्षदेखी ५ वर्षसम्म कैद सजाय र १० हजारदेखी ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । ‘कसैले बहुबिवाह गरेको ठहर भएमा महिला र पुरुष दुबैलाई एक वर्षदेखी ५ वर्षसम्म कैद सजाय र १० हजारदेखी ५० हजारसम्म जरिवाना हुनेछ, र बिवाह पनि स्वतः बदर हुन्छ,’ अधिवक्ता लोकबहादुर शाहले भने ।
 


प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  २१:५६
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्