Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • अधिकारकर्मी रुबी खानविरुद्ध बहुबिवाह मुद्दामा अनुसन्धान 
अधिकारकर्मी रुबी खानविरुद्ध बहुबिवाह मुद्दामा अनुसन्धान  अभियोग पुष्टी भएमा एक वर्षदेखी ५ वर्षसम्म कैद सजाय हुन सक्ने
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज २३, २०७८

नेपालगन्ज : न्यायका लागि भन्दै पैदल हिडेर काठमाडौं पुगेकी नेपालगन्जकी मुस्लिम महिला अधिकारकर्मी रुबी खानमाथी गम्भिर खालको अभियोग लागेको छ । उनीविरुद्द बहुबिवाह गरेको गम्भिर अभियोग लागेको हो । कानुनले बहुबिवाहलाई फौजदारी अपराध मानेको छ ।

बहुबिवाह सम्बन्धी मुद्दामा पक्राउ गरेको प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । न्यायका लागि भन्दै नेपालगन्जबाट करिव २० दिन पैदल हिडेर काठमाडौं पुगेकी उनलाई नेपाल प्रहरीको सिंहदरबार वृत्तले शुक्रबार बेलुकी माइतीघरबाट पक्राउ गरेको थियो । 

रुबीलाई पक्राउ गर्नुको कारण सुरुमा नखुलाएको प्रहरीले शनिबार बेलुकी नेपालगन्ज ल्याएर बहुबिवाह मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । ‘उहाँ(रुबी) विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा बहुविवाह सम्बन्धी मुद्दा दर्ता थियो, अदालतबाट पक्राउ पुर्जी लिएर भदौंमा पक्राउ गरी अनुसन्धान अगाडी बढाउने हाम्रो योजना हो, तर उहाँ(रुबी) त्यसविरुद्ध अदालत जाँदा बीचमा पक्राउ गर्न समस्या भयो, अदालतमा दायर भएको रिट खारेज भएपछि अहिले पक्राउ गर्ने बाटो खुलेको हो,’ जिप्रका बाँकेका प्रवक्ता(डिएसपी) मधुसुदन न्यौपानेले भने ।

उनका अनुसार प्रहरीले उनलाई शनिबार बेलुका काठमाडौंबाट जहाजमार्फत नेपालगन्ज ल्याएर अनुसन्धान सुरु गरेको छ । अधिकारकर्मी रुबीका विरुद्ध गत भदौंमा बहुबिवाह गरेको अभियोगमा मुद्दा दर्ता भएको डिएसपी न्यौपाने बताउँछन् । प्रहरीका अनुसार मुद्दा दर्ता भइ अदालतले पक्राउ पुर्जी जारी गरेपछि रुबी प्रहरीको खोजीमा रहेको र विभिन्न केशलाई उचालेर चर्चामा आउने प्रयास गरेकी थिइन् ।

रुबीले आफुलाई बिना आधार बहुबिवाह मुद्दामा पक्राउ गर्न खोजिएको जिकिर गर्दै तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा रिट दायर गरेकी थिइन् ।  उनको रिटलाई यही असोज ६ गते अदालतले खारेज गरिदिएपछि पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए । 'अदालतले रिट खारेज गर्न सक्ने शंका मानेरै रुबी न्यायका लागि भन्दै असोज १ गते यात्रामा निस्केकी थिइन्,' प्रहरी स्रोतले भन्यो । 

गत साउन ६ गते जानकी गाउँपालिका वडा नम्बर २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु भएको घटना र गतवर्षदेखी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर निवासी निर्मला कुर्मीको अवस्था अज्ञात सम्बन्धी घटनाको प्रहरीले खोजबिन नै नगरेको भन्दै उनले बाँकेमा केहीदिन प्रर्दशनसहित काठमाडौंसम्म पुगेर आन्दोलनको नेतृत्व गरेकी थिइन् । 

काठमाडौं पुगेको भोलीपल्टै बाँके प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले रुबीलाई पक्राउ गरेको डिएसपी न्यौपानेको भनाइ छ । खानलाई बहुबिवाह गर्ने मुस्लिम अधिकारकर्मी मोहम्मद शेर बागवानलाई पनि प्रहरीले खोजी गरिरहेको छ । घरमा श्रीमती हुँदा हुदैपनि बागवानले रुबीलाई बिवाह गरेको अभियोग लागेको छ । 

उनी मुस्लिम समाज विकास चेतना केन्द्र बाँकेको अध्यक्ष हुन् । रुबीले लामो समयदेखी सोही संस्थामा काम गर्दै आएकी थिइन् । रुबी र बागवानमाथी लागेको अभियोग पुष्टी भएमा उनीहरु दुबैलाई एक वर्षदेखी ५ वर्षसम्म कैद सजाय र १० हजारदेखी ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । ‘कसैले बहुबिवाह गरेको ठहर भएमा महिला र पुरुष दुबैलाई एक वर्षदेखी ५ वर्षसम्म कैद सजाय र १० हजारदेखी ५० हजारसम्म जरिवाना हुनेछ, र बिवाह पनि स्वतः बदर हुन्छ,’ अधिवक्ता लोकबहादुर शाहले भने ।
 


प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  २१:५६
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्