नेपालगन्ज : वरिष्ठ साहित्यकार एवम् पत्रकार गणेश जिसीको मृत्युफुल कथा संग्रह विमोचन भएको छ । भेरी साहित्य समाज केन्द्रीय समिति, भाषा तथा समालोचना विभागको आयोजनामा शनिबार एक कार्यक्रमका बीच उक्त कथा संग्रह विमोचन गरिएको हो ।
समाजका भाषा तथा समालोचना विभाग संयोजक लेकप्रसाद प्याकुरेलको सभापतित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कथा संग्रह विमोचन गरिएको थियो । सो क्रममा लेखक जिसीले कथा संग्रह लेख्दाखेरीका अनुभव सुनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी रेग्मीसहित विशिष्ट अतिथी एवम् लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य कृष्णप्रसाद घिमिरे, विशिष्ट अतिथी एवम् वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष एवम् निर्वतमान प्राज्ञ सदस्य हरि तिमिल्सेना लगायतले कथा संग्रहका लेखक जिसीबाट थुप्रै प्रेरणा लिन सकिने धारणा राखे ।
सो क्रममा साहित्यकारहरु चन्द्रावती अधिकारी, सुमित्रा न्यौपाने, पशुपति शर्मा, बोधराज प्याकुरेल लगायतले रचना वाचन गरेका थिए । वरिष्ठ साहित्यकार जिसीको यो ७ औं कृति रहेको बताइएको छ । विमोचन पश्चात उक्त कथा संग्रहमाथी साहित्यकार चरित्रा शाह भण्डारी र गिता अर्यालले समिक्षा गरेका थिए ।
उक्त कार्यक्रममा अवधि साहित्य प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हाल, प्रगतिशिल लेखक संघका लुम्बिनी प्रदेश अध्यक्ष पंकज श्रेष्ठ, संघ बाँकेका पुर्वअध्यक्ष ईन्द्रबहादुर बस्नेत, अन्य साहित्यकारहरु, लेखक जिसीकी धर्मपत्नीसहित परिवारका सदस्य लगायतको उपस्थिती रहेको थियो । विमोचनसँगै उक्त कथा संग्रह शनिबारबाट नै बिक्री सुरु भएको छ ।
![Mrituful Bimochan Photo 21706981249.jpeg](https://www.dursanchar.com/uploads/posts/Mrituful Bimochan Photo 21706981249.jpeg)
![Mrituful Bimochan Photo 61706981257.jpg](https://www.dursanchar.com/uploads/posts/Mrituful Bimochan Photo 61706981257.jpg)
![Mrituful Bimochan Photo 51706981254.jpg](https://www.dursanchar.com/uploads/posts/Mrituful Bimochan Photo 51706981254.jpg)
![Mrituful Bimochan Photo 31706981251.jpg](https://www.dursanchar.com/uploads/posts/Mrituful Bimochan Photo 31706981251.jpg)
![Mrituful Bimochan Photo 41706981251.jpg](https://www.dursanchar.com/uploads/posts/Mrituful Bimochan Photo 41706981251.jpg)