Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • द्धन्द्ध पीडितलाई न आयो दसैँ, न त आयो खुसी’
द्धन्द्ध पीडितलाई न आयो दसैँ, न त आयो खुसी’
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असोज २६, २०७८

नेपालगन्ज : लामो समयदेखि न्यायको प्रतिक्षामा रहेका द्धन्द्ध पीडितहरुले न्यायको अनुभुति नगर्दासम्म दसैँको उमंगले नछुने बताएका छन् । द्धन्द्ध पीडितहरुसँगको सहकार्यमा एडभोकेसी फोरमले आयोजना गरेको नेपालीहरुको महानपर्व बिजयादशमी, दिपावली, नेपाल सम्वत छट पर्वको अवसरमा द्धन्द्ध पीडितहरुको भावनात्मक पीडा तथा शुभकामना आदान–प्रदान तथा संक्रमणकालिन न्याय सम्बन्धी छलफल कार्यक्रमका सहभागी पीडितहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । 

कोहलपुरकी देउसरा बि.क.लाई बर्षेनी आउने दसैँ खल्लो लाग्ने गरेको बताईन् । ‘अरुका घरमा चाडपर्वको रमझम हुँदा मलाई बेपत्ता श्रीमान धनबहादुरको सम्झनाले अझ बढी सताउने गर्दछ, मन खुसी नभएपनि बच्चा बच्चीको खुसीका लागि दसैँ  मनाउनै पर्यो, जीवनकालमै श्रीमानको अवस्था थाहा पाउन पाए ढुक्कले चाडवाड मनाउन पाईथ्यो, पीडितहरु माझ दसैँैको शुभकामना दिदै देउसराले भनिन्, ‘हामीलाई जस्तो पीडा अरु कसैले भोग्नु नपरोस ।’
बाँके टिटीहिरियाकी द्धन्द्ध पीडित बिनिता चौधरीलाई चाडपर्व नआएहुन्थ्यो जस्तो लाग्छ ।

द्धन्द्धकालमा तत्कालिन बिद्रोही पक्षले उनका बुवालाई घरैमा आएर हत्या गरेको घटनाका कारण बुवाबिनाको चाडपर्व उनलाई खल्लो लाग्छ । भावना साटासाट गर्न नेपालगन्जमा जम्मा भएका द्धन्द्ध पीडितहरु माझ भक्कानिदै उनले भनिन् ‘चाडपर्वमा बुवाको धेरै सम्झना आउँछ, यतिकाबर्ष न्यायको प्रतिक्षा गरियो खै न न्याय पाईयो न त चाडपर्व राम्ररी मनाउन पाईयो ।’ 

देउसरा र बिनितालाई मात्रै होईन । द्धन्द्ध पीडितहरु चन्द्रकला उप्रेती, सुनितागोडिया, तुल्सी बिष्ट, उषादाहाल, रेवती बिक लगायतलाई चाडवार्डको रौनकताले छुदैन । कारण हो, यतिका बर्षसम्म पनि बेपत्ता पारिएका आफ्ना श्रीमानको अत्तोपत्तो लाग्न नसक्नु । चाडपर्वमा प्रिय मान्छे नहुँदा द्धन्द्ध पीडितलाई उनीहरुको सम्झनाले सताउने गर्दछ । त्यसमाथी यतिका बर्षसम्म न्यायको प्रतिक्षामा बसेका उनीहरु सरकारी उदासिनका कारण झन् निरास छन् । न्याय नपाउँदा आक्रोसित पनि छन् । 

चाडपर्व नजिकिएको सन्दर्भमा द्धन्द्ध पीडितहरुको भावनात्मक पीडा तथा शुभकामना आदान प्रदान गर्ने र संक्रमणकालिन न्यायको पछिल्लो अवस्थाबारे छलफल गर्न द्धन्द्ध पीडितहरु नेपालगन्जमा जम्मा भएका थिए । कार्यक्रममा अधिकारकर्मी वसन्त गौतमले सरकारले द्धन्द्ध पीडितलाई न्यायको अनुभुतिदिलाई चाडपर्व बनाउने वातावरण बनाउनु पर्नेमा जोड दिए । न्याय पाउनु पीडितको अधिकार भएकाले द्धन्द्ध पीडितको न्यायमा राज्य गम्भिर बन्नु पर्नेमा गौतमले जोड दिए । 

पीडितहरु एक आपसमा भावना साटासाट गर्दा दुःख पीडा बिर्सन मद्धत पुग्ने भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको गौतमले बताए । पीडितहरु एक आपसमा जम्मा भई आफ्ना भावना साट्न पाउँदा मन हल्का भएको न्यायको लागि द्धन्द्ध पीडित समाज बाँके अध्यक्ष चन्द्रकला उप्रेतीले प्रतिक्रिया दिईन् । 

द्धन्द्ध पीडित साझा चौतारीका लुम्बिनी प्रदेश संयोजक समेत रहेकी बेपत्ता परिवारकी सदस्य चन्द्रकलाले सत्य आयोग र बेपत्ता आयोगले पीडितका लागि केही गर्न नसकेको बताउँदै न्याय नपाउँदासम्म पीडितहरु एक जुट भई न्यायिक अभियान सञ्चालन गरिरहनु पर्नेमा जोड दिईन् । सरकारले बेपत्ता परिवारका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गर्नुपर्ने र पीडितहरुको आवश्यकता र चाहाना र सन्तुष्टी मिल्ने खालको परिपुरणको ब्यवस्था गर्नु पर्ने उनले जोड दिईन । 

द्धन्द्ध पीडितहरु इब्राहिमखाँ, रेवती बिक, देविसरा बिक, उषा दाहाल, विनिता चौधरी, तुल्सी विष्ट लगायतले जति पीडा परेपनि छोराछोरी र परिवारको खुसीका लागि चाडपर्व मनाउनुपर्ने बाध्यता रहेको बताइन् । चाडपर्वमा बेपत्ता र मृतक आफन्तका यादले अझबढी सताउने गरेको बताएका थिए । 

 न्यायको लामो प्रतिक्षामा रहेका पीडितलाई दसैँ खल्लो हुने गरेको उल्लेख गर्दैै पीडितहरुले मनमा खिन्नता लिएर पनि चाडपर्व मनाउन बाध्य भएको बताएका थिए । जुन पर्व आउँदापनि बेपत्ता आफन्तको सम्झना आउने भन्दै पीडितले यसरी जम्मा भई भावना साटासाट गर्दा पनि मन हल्का हुने गरेको बताएका थिए । 

द्धन्द्ध पीडित मुकेस सिंह कुँवरले न्याय नपाई पीडित शब्द सुन्दा सुन्दा झनै पीडा हुने गरेका बताए । बेपत्ता परिवारकी तुल्सा पाठकले सबैका पीडा आफ्नै ठाउँमा रहेको भन्दै आफ्नो पीडा आफैले ब्यहोर्नु पर्ने भएकाले यस्ता पीडितहरु बिचको भावना साटासाटले मन हल्का गराउने बताईन् ।

उक्त कार्यक्रममा सहभागी सबै द्धन्द्ध पीडितले मनमा लागेका भावना र पीडा ब्यक्त गर्दै दुखित मनलाई सुखमा बदल्न न्यायको अभियानलाई जारी राख्नुपर्ने बताएका थिए । पीडितहरुले न्यायको अनुभुती नगर्दा सम्म आफुहरुलाई चाडपर्वको वास्तविक रौनकताले नछुने भएकाले पीडितको न्यायको लागि राज्य गम्भिर बन्नुपर्नेमा जोड दिए । 


 


प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्