Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • प्राकृतिक वासस्थानमै ‘घडियाल’ गोहीलाई सुरक्षा खतरा
प्राकृतिक वासस्थानमै ‘घडियाल’ गोहीलाई सुरक्षा खतरा कसैले शिकार गरेमा वा मारेमा कडा सजायको ब्यवस्था 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, फागुन १२, २०८०
बाँकेको राप्ती सोनारी-१ कुसुमस्थित राप्ती नदीमा छाडिएका घडियाल गोही । तस्बिर : दूरसञ्चार

बाँके(राप्ती सोनारी) : बाँके राष्ट्रिय निकुञ्जले गतवर्ष मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने बाँकेको कुसुमस्थित राप्ती नदीमा ‘दुर्लभ’ घडियाल गोही छाड्यो । त्यतिबेला बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर राप्तीमा छाडिएको थियो । नदीमा छाडिएका १० वटा गोही मध्ये अचेल नदीमा दुई वटा मात्रै बाँचेको अनुमान गरिएको छ । निकुञ्जका अनुसार राप्ती नदीको कुसुमस्थित बाँसखोली र बाघखोरमा दुई वटा गोही कहिले काही देखिन्छन् । 

गोही रेखदेख गर्नका लागि निकुञ्जमार्फत तीन जना कर्मचारी खटिएका छन् । उनीहरुले दैनिक रुपमा राप्ती नदीमा अनुगमन गर्छन् । निकुञ्जले यसवर्ष पनि कुसुमस्थित राप्ती नदीमै थप १० वटा घडियाल गोही छाडेको छ । यसपटक भने चितवन राष्ट्रिय निकुञ्जबाट ल्याएर गोही राप्तीमा छाडिएको हो । यसपटक छाडिएका १० मध्ये शत प्रतिशत गोही जोगाउन सकिनेमा निकुञ्जका कर्मचारी नै विश्वस्त छैनन् । 

निकुञ्जले हरेक वर्ष प्राकृतिक बासस्थानका रुपमा रहेको राप्ती नदीमा घडियाल गोही छाडेपनि संरक्षणमा भने चुनौती थपिएको छ । गोही विज्ञका अनुसार ‘मगर’ प्रजातीको गोही भन्दा ‘घडियाल’ शान्त स्वभावको मानिन्छ । यसले मान्छेलाई आक्रमण गर्दैन । यसको प्रमुख आहारा नै माछा हो । सफा पानीमा मात्र यो बस्न रुचाउँछ । 

राप्ती नदी घडियाल गोहीका लागि उपयुक्त बासस्थान भएपनि नदी वरिपरी मानव बस्ती रहेको छ । राप्ती नदीमा आश्रित रहेका आदिवासी समुदायको बसोबास पनि यहाँ धेरै छ । नदीमा माछा मार्ने, सुन चाल्ने समुदायहरु( खुना, कुमाल, बादी लगायत) राप्ती नदी आसपासका गाउँमा धेरै छन् । जसले गर्दा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमै पनि जोगाउन चुनौतीपूर्ण रहेको सम्वद्ध सरोकारवाला बताउँछन् । प्राकृतिक वासस्थानको रुपमा रहेको राप्ती नदीमै ‘घडियाल’ गोहीलाई सुरक्षा खतरा देखिएको छ ।  

बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का नदीमा आश्रित समुदायका लागि आश्र आर्जनको विकल्प नखोजेसम्म राप्तीमा घडियाल गोही संरक्षण गर्न चुनौती नै रहेको तर्क गर्छन् । राप्तीमा आश्रित समुदायका कारण गतवर्ष र यसवर्ष नदीमा छाडिएका २० वटा घडियाल गोही शत प्रतिशत सुरक्षित हुन्छन् भन्न सक्ने अवस्था नरहेको उनले बताए । 

‘अहिले पनि ठुलो समुदाय नदीमा आश्रित छ, माछा मार्ने र सुन चालेर जिविकोपार्जन गर्ने समुदाय पनि छ,’ उनी भन्छन् ‘नदी खोलामा आश्रित समुदायलाई विकल्प खोजौं, समयमा विकल्प खोजेनौं भने गोही सुरक्षित हुन्छन भन्न सकिदैन ।’ पर्यटकीय गतिविधीसँग जोडेर नदीमा आश्रित समुदायलाई जिविकोपार्जन सम्बन्धी काममा लगाउन सकिने उनको सुझाव छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाह पछिल्लो समयमा सिमसार क्षेत्र दिनप्रति चपेटामा परिरहेको अवस्थामा गोही संरक्षण गर्न चुनौती देखिएको बताउँछन् । उनी भन्छन्, ‘नदी नालामा माछाको कमी भइसकेको छ,  गोहीको आहारा नै माछा हो, यस्तो अवस्थामा गोहीलाई संरक्षण गर्न चुनौती  छ ।’ सबैको साझा प्रयासले मात्र गोही संरक्षण गर्न सम्भव हुने प्रमुख संरक्षण अधिकृत शाह बताउँछन् । 

गोही विज्ञका अनुसार घडियाल विशेषगरी नेपाल र भारतमा मात्रै पाईन्छ । केही वर्ष अगाडी अन्य देशहरु पाकिस्तान, भुटान र बंगलादेशमा घडियाल फेला परेको थियो । घडियाल गोहीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले पनि संरक्षित वन्यजन्तुको सूचीमा सुचिकृत गरेको छ । गोहीलाई कसैले मारेको खण्डमा कडा कानुनी सजाय हुने ब्यवस्था गरिएको छ । 

कसैले शिकार गरेमा वा मारेको ठहर भएमा एक लाखदेखी ५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखी १० वर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था छ । गोहीलाई एक देशबाट अर्को देशमा ओसार–पसार गर्न पनि पूर्णतया प्रतिबन्ध गरिएको छ । तर, दुई देशबीचको सहमतीमा अनुसन्धानका लागि मात्रै ओसार–पसार गर्न सकिन्छ । 

बाँकेका पर्यटन ब्यवसायी कृष्ण चौधरी राप्ती नदीको चारैतिर खुल्ला रुपमा समुदायको ओहोर–दोहोर हुने भएकाले गोही संरक्षण गर्न चुनौती रहेको बताए । ‘गोहीलाई संरक्षण गर्नका लागि स्थानीय समुदायलाई नै सहभागी गराउनुपर्छ,’ होमस्टे ब्यवसायी महासंघका महासचिव चौधरीले भने ‘गोहीलाई पर्यटनसँग पनि जोड्न सकिन्छ, यहाँ आउने पाहुनालाई नदीमा भ्रमण गराउन सकिन्छ ।’


प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्