Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • युवराज शर्मा, जो पाँच दशकको संघर्षपछि राष्ट्रिय सभामा चिनिए
युवराज शर्मा, जो पाँच दशकको संघर्षपछि राष्ट्रिय सभामा चिनिए
अर्जुन ओली
अर्जुन ओली मंगलबार, फागुन २९, २०८०

नेपालगन्ज : नेपाली कांग्रेसका पुराना नेता हुन, युवराज शर्मा । तर, पार्टी राजनीतिको झन्डै पाँच दशकपछि मात्र उनलाई २०७८ मा कांग्रेसले तत्कालीन सत्तारूढ पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित गरायो ।

अहिले फेरि उनले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बन्ने अवसर पाएका छन । अध्यक्षको उम्मेदवार बनेपछि उनका बारेमा अहिले चर्चा चलेको छ । कांग्रेसले उम्मेदवार बनाएसँगै सोमबार उनले मनोनयन दर्ता गरिसकेका छन ।

माओवादीसँगको गठबन्धन टुटेपछि कांग्रेसले कृष्णप्रसाद सिटौलाको ठाउँमा शर्मालाई उम्मेदवारका लागि मात्र अगाडि सारेको राजनीतिक वृत्तमा चर्चा छ । तर, कांग्रेसका पुराना नेता शर्माको योगदान अरूको भन्दा कम पनि छैन । पार्टी राजनीतिमा मात्रै पाँच दशकभन्दा बढी समय बिताइसकेका शर्मा कांग्रेस बाँकेका पूर्वसभापति हुन ।

यस्तो छ, शर्माको राजनीतिक यात्रा
वि.सं. २००७ सालमा नेपालगन्जको घरबारी टोलमा बुवा होमराज उपाध्याय र आमा मेदिनी उपाध्यायको कोखबाट जन्मेका शर्मा पहिलोपटक २०२० सालतिर १३ वर्षको कलिलै उमेरमा विद्यार्थी आन्दोलनमा सहभागी भएका थिए ।

उक्त आन्दोलनको नेतृत्व रणेन्द्रबहादुर हमाल ‘भाइराजा’ले गरेका थिए । नेपालगन्जको यो आन्दोलनपछि २०२२ सालतिर उनी पढाइको शिलशिलामा भारतको बनारस गए । पढाइकै क्रममा नेपाली कांग्रेसका तत्कालीन नेताहरूसँग उनको भेटघाट हुन थाल्यो । त्यहाँ पनि विद्यार्थीका हरेक गतिविधिमा सामेल भए । उनको भारत र नेपालमा आवत–जावत हुन थाल्यो ।

नेपालमा आएर भूमिगत रूपमा काम गर्न थाले । पञ्चायतविरोधी गतिविधि गरेका कारण शर्मा २०२४ सालमा बाँकेमा पहिलोपटक जेल परे । त्यतिबेला उनी ‘सुरक्षा कानुन’ अन्तरगत नौ महिना जेल बसेका थिए । २०२५ सालमा बिपी कोइरालासँग भारतको गोरखपुरमा उनको पहिलोपटक भेट भयो । त्यहाँ बिपी कोइरालाका विचारबाट निकै प्रभावित भए । पार्टी र विद्यार्थी आन्दोलनलाई अगाडि बढाउने क्रममा उनी २०२४ सालपछि पनि पटकपटक गरी तीन वर्षजति जेल बसे । 

शर्मा २०२६ सालतिर तत्कालीन महेन्द्र डिग्री कलेज नेपालगन्जको स्ववियु सभापतिमा निर्वाचित भए । २०२७ सालमा उनी भारतको बनारसबाटै संस्थापक सदस्यका रूपमा प्रतिनिधि भई नेपाल विद्यार्थी संघको काठमाडौं महाधिवेशनमा सहभागी भए ।

२०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष भएका थिए । राजनीतिसँगै केहीवर्ष शिक्षण पेसामा समेत संलग्न रहेका उनी नेपाल शिक्षक संगठनको राष्ट्रिय महासचिवसमेत भएका थिए । २०३३ सालमा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले रणेन्द्रबहादुर हमाललाई बाँकेको जिल्ला सभापति बनाएका थिए । त्यसबेला शर्मा कांग्रेस बाँकेको जिल्ला सचिव र सुशिल कोइराला जिल्ला कार्यसमिति सदस्य थिए ।

‘गिरिजाबाबुले सुशिलजीलाई जिल्ला कार्यसमिति सदस्यमा राखिदिनुपर्यो भन्नुभयो, रणेन्द्रबहादुर हमाल सभापति, म सचिव र सुशिलजी जिल्ला कार्य समितिको सदस्य हुनुहुन्थ्यो,’ शर्मा स्मरण गर्छन, ‘हामीले नै सुशिलजीलाई राजनीतिमा स्थापित गरेका थियौं ।’ शर्मा २०४५ सालमा कांग्रेस बाँकेको सभापति चयन भए । बाँके कारागारमा जेल जीवन बिताइरहँदा त्यतिबेला उनलाई सर्वसम्मत रूपमा सभापति चयन गरिएको थियो । जिल्ला सभापति भएर उनले २०४९ सालसम्म काम गरे ।

२०४६ सालको जनआन्दोलनमा पनि बाँकेमा कांग्रेसको तर्फबाट नेतृत्व गरेका थिए । शर्माको सुरुमा सुशिल कोइरालासँग राम्रै सम्बन्ध थियो । २०४८ सालपछि भने कोइरालासँग वैचारिक द्वन्द्व सुरु भयो । कोइराला राजनीतिमा अगाडि बढ्दै गए । तर, शर्माले पार्टीको जिल्ला सभापतिबाहेक अरू केही पाएनन् । कोइराला र शर्माबीच द्वन्द्व यसरी बढ्यो कि उनी हरेक अवसरबाट वञ्चित भइरहे ।

अन्तरद्वन्द्वका कारण कोइरालाले पनि शर्माको ठाउँमा अन्य नेतालाई अगाडि सारेर सांसद बनाए । शर्माले भने सांसदको टिकट कहिल्यै पाएनन । पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा बाँकेको क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार बने ।

पार्टीका नेता गणेशमान सिंहको शर्मालाई साथ रहेको थियो । केन्द्रीय राजनीतिमा पुगिसकेका कोइरालाले २०५६ सालमा शर्मालाई पार्टीबाट निस्कासन गरे । कांग्रेस पार्टी फुटेपछि भने शर्मा नेपाली कांग्रेस प्रजातान्त्रिकतिर गए । उक्त पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाले शर्मालाई केन्द्रीय आमन्त्रित सदस्य बनाए । दुई पार्टी एकीकरण भएपछि शर्मा र कोईरालाबीचको अन्तरद्वन्द्व समाप्त भयो । तर, पनि शर्मा हरेक अवसरबाट वञ्चित भइरहे । 

कोइरालासँग शर्मा कहिल्यै झुकेनन् र कोइरालाले पनि शर्मालाई कुनै अवसर दिएनन । ‘सुशिलजीसँग मेरो वैचारिक द्वन्द्व भयो, उहाँसँग मेरो विवाद भएपछि गिरिजाबाबुले पनि मलाई रुचाउनु भएन, विगतमा मलाई हरेक अवसरबाट वञ्चित गराइयो,’ उनी सम्झिन्छन । शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन ।

१४ औं महाधिवेशनपछि उनी पार्टी महासमिति सदस्यको जिम्मेवारीमा पनि छन । यसअघि पनि शर्मा धेरै पटक महासमिति सदस्य भइसकेका छन । आफूले राजनीति गर्न थालेको दशकौंपछि पार्टीले राष्ट्रियसभा सदस्य बनाएर न्याय गरेको बताउने गरेका शर्मा उम्मेदवार बनेपछि यसलाई आफ्नो व्यक्तित्व विकासका रूपमा लिएका छन ।

‘पार्टीले सम्मान गर्यो, मलाई यत्रो वर्षपछि सांसद बनायो, दुई वर्षमै मलाई अहिले पार्टीले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाएको छ, यसबाट मेरो व्यक्तित्व विकास भएको छ,’ ७३ वर्षीय शर्माले भने, ‘पार्टीको निर्णयअनुसार मैले मनोनयनपत्र दर्ता गराइसकेको छु, लोकतन्त्रमा जितहार बेग्लै कुरा हो, तर लोकतन्त्रमा कसैको हार पनि हुन्न, कसैको पनि जित हुन्न, सबैले जित्छन, सबैले हार्छन, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो ।’

राष्ट्रियसभा सदस्य भएर अहिलेसम्म प्रतिनिधित्व गरिरहँदा आफूले संवैधानिक र पार्टीको दायित्व पूरा गर्दै आएको शर्मा बताउँछन । ‘राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि मैले संविधानले दिएको व्यवस्था अनुसार पदीय दायित्व पूरा गरेको छु, अब अध्यक्षको जिम्मेवारी पाए भने मैले राष्ट्रियसभामा अभिभावकीय भूमिका निभाउनेछु, सभाको गरिमा बढाउने छु,’ उनले थपे । आफ्नो शिक्षा र राजनीतिमा लिएको लामो अनुभवका कारण ‘राष्ट्रियसभा हाँक्न सक्ने क्षमता अफूमा भएको शर्मा बताउँछन् । -नागरिक दैनिकबाट 
 


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्