Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • महोत्सवमा गायिका पूर्णकलाले नचाइन दर्शक
महोत्सवमा गायिका पूर्णकलाले नचाइन दर्शक महोत्सव १३ गतेदेखि निरन्तर चल्ने
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, चैत ११, २०८०

नेपालगन्ज : नेपालगन्जको वाटरपार्कमा जारी महोत्सवको छैठौं दिन आईतबार गायिका पूर्णकला बिसीले दर्शकलाई छमछमी नचाएकी छन् । उनले ‘दिल मेरो चोरी लग्यो पुलिस वालाले, बुटवल बजार तुल्सीपुर हुँदै जाउँला सल्यान’ लगायतका चर्चित गित गाएर दर्शकलाई छमछमी नचाएकी हुन् ।

आफ्नो साँगितिक प्रस्तुती राख्दै गर्दा दर्शक दिर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गीतसँगै ताल मिलाएर छमछमी नाचे । यस्तै मोडल निशु श्रीपालीले विभिन्न गितमा आफ्नो दमदार प्रस्तुती राख्दा दर्शकहरु प्रफुल्ल बने । महोत्सवमा दिनहुँ आयोजना हुने साँगितिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती हुने गरेको छ ।

साँगितिक कार्यक्रमले दर्शकको सहभागिता समेत बढाउँदै लगेको छ । अन्य दिनभन्दा आईतबार पनि दर्शकहरुको उल्लेख्य सहभागिता रह्यो । दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती हेर्न आउने दर्शकको संख्या बढ्दै गएपछि दर्शकलाई थप रोमाञ्चित र व्यस्त बनाउन आयोजक लागि परेको छ । आगामी चैत्र १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा आइतबार चर्चित गायक प्रमोद खरेल तथा चर्चित गायिका एवम उद्घोषिका शोभा त्रिपाठीको भने उपस्थिती हुन सकेन ।

काठमाण्डौंबाट आउने जहाज मौसमका कारण ढिलो भएपछि कार्यक्रममा उपस्थित हुन नसकेको आयोजकले जनाएको छ । आयोजक घरेलु तथा साना उद्योग महासंघ बाँकेका मधु खड्काले दिएको जानकारी अनुसार उक्त महोत्सवमा १ सय ७५ स्टल प्रर्दशनीमा राखिएको छ । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धी १५ वटा स्टल रहेका छन् ।

महोत्सव अवलोकनका लागि टिकटको मूल्य १ सय राखिएको छ । बिद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै महोत्सवमा बिहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने गरेको छ । 

महोत्सव १३ गतेदेखि निरन्तर चल्ने
महोत्सवको सातौं दिन सोमबार (भोलि) महोत्सव सञ्चालन नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै होलीको दिन (चैत १२ गते) महोत्सव सञ्चालन नगर्न आदेश दिएका कारण एक दिन महोत्सव स्थगित गर्नु परेको महासंघ बाँकेकी अध्यक्ष खड्काले बताइन् ।

आयोजकले उक्त दिन चर्चित नायक पल शाहलाई ल्याएर होली खेल्ने योजना बनाएपछि शान्ति सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दैै प्रशासनले एक दिनका लागि महोत्सव सञ्चालनमा रोक लगाएपछि पल शाहसँग होली खेल्ने अपेक्षा पुरा हुन नसकेको र आयोजकलाई ठूलो आर्थिक क्षति पुग्न गएका अध्यक्ष खड्काले प्र्रेस विज्ञप्ती मार्फत उल्लेख गरेकी छन् ।

आयोजकले चैत १३ गतेदेखि पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम नियमित हुने जनाउँदै महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन उद्योगी, व्यवसायी, राजनीतिक दल, संघ संस्था, सञ्चारकर्मी, सर्मथक, शुभेच्छुक, सुरक्षाकर्मी र जिल्लाबासी समक्ष आग्रह गरेको छ । 


प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने मंगलबार, पुस १५, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड मंगलबार, मंसिर २, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्