Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘२०८१ सालमा कांग्रेस गठबन्धनको फोहोरबाट बाहिर निस्कनुपर्छ’ : महामन्त्री थापा
‘२०८१ सालमा कांग्रेस गठबन्धनको फोहोरबाट बाहिर निस्कनुपर्छ’ : महामन्त्री थापा
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, वैशाख १, २०८१

नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८१ सालमा कांग्रेस नुहाई धुवाई गरेर गठबन्धनको फोहोरोबाट बाहिर निस्कनुपर्ने बताएका छन् । ‘कांग्रेसले यो नयाँ वर्षमा के संकल्प गर्ने हो भने यो भन्दा अगाडीको यात्रामा अब जति पटक चुनाव होला, बरु चुनाव हारिएला, काँग्रेसको मान्छेले अब उपरान्त रुख बाहेक अरु चुनाव चिन्हमा भोट हाल्दैन,’ उनले थपे ।

संवाद यात्राका क्रममा नेपालगन्ज आईपुगेका उनले शनिबार स्थानीय त्रिभुवन चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै २०८१ साल कांग्रेसका लागि मौंका भएको बताए । भने, ‘२०८० सालमा के-के भयो भनेर छलफल गरौं, समिक्षा गरौं । तर यसमै नअड्किऔं । २०८१ साल काँग्रेसका लागि मौका हो ।’ २०८१ सालभरी कांग्रेसले सरकारतिर आँखा लगाउन नहुने महामन्त्री थापाको तर्क छ ।

‘आनन्दले प्रतिक्षमा बसौं, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत को-को पार्टीलाई सरकार चलाउन दिनुपर्ने हो चलाउन दिउँ,’ उनले भने ‘पार्टीको शुद्धिकरण, पार्टीलाई शुद्ध गरौं, संगठन सुदृढ गरौं, पार्टीलाई बलियो बनाऔं, हामी गठबन्धनको फोहोरोमा जाकिएका थियौं, अब त्यसबाट बाहिर निस्कियौं ।’ 

कांग्रेस सरकार बाहिर बसेपनि एउटा विषयमा एमाले र काँग्रेसबीच संवाद हुन जरुरी रहेको बताए । ‘गठबन्धनको राजनीति अन्त्य गर्ने कुरामा काँग्रेस र एमाले मिलेर लड्नुपर्छ, मिल्छ सकिन्छ संविधान संशोधन गरौं, निर्वाचनको प्रणाली बदलौं, सकिदैन भने कानुन भएपनि संशोधन गरौं ।’

सरकार परिवर्तनको कुनै ठेगान नभएको बताउँदै महामन्त्री थापाले भने, ‘सरकार त कतिखेर बन्ने र कतिखेर जाने कसैलाई पनि थाहा छैन, यस्तो अवस्थामा हामीहरु छौं, एउटा सरकार आएपछि बनाउने, अर्को सरकार आएपछि फाल्ने, अहिले भूमि आयोग फाल्दिनुभयो, अदालतमा मुद्धा छ ।’ संवाद यात्राका क्रममा आफुले समुदाय स्तरका साना-साना कुरालाई पनि टिपोट गरेर राखेको बताए । यात्रा सकेपछि आफुले प्रधानमन्त्री पुष्पकमल दाहालसहित सबै दलका अध्यक्षलाई भेटेर समस्या समाधानका लागि आग्रह गर्ने बताए ।

‘मैले टिपोट गरेका कुरालाई प्रधानमन्त्री समक्ष राख्नेछु, विभिन्न पार्टीका अध्यक्षलाई भेटेर पनि राख्नेछु, संसदमा पनि बोल्नेछु,’ उनले भने ‘कही सडक बनेको छैन, कहीको कल्भर्ट बनेको छैन, सबै कुरा प्रधानमन्त्री समक्ष कुरा राख्छु र संसदमा पनि बोल्छु ।’ नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायत नेताहरुको उपस्थिती रहेको थियो ।

सो क्रममा महामन्त्री थापासमक्ष कार्यकर्ताले जिज्ञासा तथा सुझाव दिएका थिए । महामन्त्री थापाले संवाद यात्राका क्रममा शनिबार नै बाँकेको क्षेत्र नम्बर २ स्थित कम्दीमा पनि समुदाय स्तरका नागरिकसँग संवाद गरेका थिए । 


प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्