Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'निजामति कर्मचारीले आचरण र ब्यवहारमा सुधार गर्नुपर्छ' : उपाध्यक्ष ओली 
'निजामति कर्मचारीले आचरण र ब्यवहारमा सुधार गर्नुपर्छ' : उपाध्यक्ष ओली  नयाँ वर्षको शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो विमोचन
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, वैशाख ४, २०८१

नेपालगन्ज : नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर ओलीले कर्मचारीले आफ्नो आचरण र ब्यवहारमा सुधार गर्नुपर्ने बताएका छन् । कर्मचारीले जनतालाई मुस्कान सहितको दिन आवश्यक रहेको उनको भनाई छ ।

नेपाल निजामति कर्मचारी युनियन बाँकेले २०८१ सालको अवसरमा मंगलबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथी ओलीले भने, ‘कुनै भिडभाड भएको कार्यालयमा कसैले मुस्कान सहितको सेवा दिन्छ भने त्यो निजामति कर्मचारी युनियनको सदस्य हुन्छ ।’

संघिय निजामति सेवा ऐन विगत ७ वर्षदेखी थन्किदाँ कर्मचारीलाई धेरै समस्या भइरहेको उपाध्यक्ष ओलीले सुनाए । ‘संघिय निजामति सेवा ऐन ७ वर्षदेखी थन्किएको छ, अहिलेसम्म ऐन आएको छैन, सरकार परिवर्तन भयो, हाउस बन्द भयो,’ उनले भने ‘हामीले ऐनमाथी संशोधन प्रस्ताव दर्ता गरेका छौं, ऐन नआउँदा कर्मचारीलाई धेरै समस्या भइरहेको छ ।’

कतिपय ठाउँमा अहिले स्वास्थ्य सेवाका कर्मचारीलाई तलब, भत्ता खान समस्या भइरहेको उपाध्यक्ष ओलीले सुनाए । स्वास्थ्य सेवाका कर्मचारीले स्थानीय तहमा काम गरेपनि संघिय सरकारको नीति, नियममा बाँधिनुपर्ने अवस्था रहेको बताए । स्वास्थ्य सेवाका कर्मचारीलाई संघिय सरकारको मातहतमा राख्नुपर्ने उपाध्यक्ष ओलीको भनाई छ ।

निजामति कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्धब श्रेष्ठको सभापतित्व एवम् नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौंरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, उपसभापति कृष्ण कार्की, जिल्ला सचिव सुधान्सु कोइराला, जिल्ला सदस्य एवम् ट्रेड युनियन विभाग प्रमुख उमा थापामगर, निजामति कर्मचारी युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष शिवराज तिमिल्सेना, ट्रेड युनियन कांग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र बिक, निजामति कर्मचारी युनियन बाँकेका पुर्वअध्यक्ष पदम जिसी, वरिष्ठ कर्मचारी युनियनकर्मी सुरेश श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत शाही लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

निजामति कर्मचारी युनियन बाँकेका उपाध्यक्ष बेदेश्वर गौतमले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन सचिव पवन बुढाले गरेका थिए । उक्त कार्यक्रममा निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य जयन्द्र पाण्डे, महाधिवेशन प्रतिनिधि नगेन्द्रबहादुर शाही, पुर्वकेन्द्रीय सदस्य दशीराम थारु, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषिराज शर्मा, कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष गोविन्दप्रसाद पाण्डे, जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिपजंग शाह, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, कर्मचारी युनियन बाँकेका कार्यसमिति, पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । 

Karmachari-Union-Photo-2-1713285307.jpeg

Karmachari-Union-Photo-3-1713285302.jpeg


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्