Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनतालाई विकाससँग जोड्न नसके ८४ को चुनाव प्रतिकुल हुने कांग्रेस कार्यकर्ताको चिन्ता
जनतालाई विकाससँग जोड्न नसके ८४ को चुनाव प्रतिकुल हुने कांग्रेस कार्यकर्ताको चिन्ता ‘प्रतिकुलताका वावजुद पनि संघर्ष गर्नु भएको छ, पार्टी बचाउने तपाई हामी नै हो' : उपसभापति अधिकारी
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, वैशाख २२, २०८१

नेपालगन्ज : पार्टीले नेतृत्व गरेका स्थानीय तहमा जनतालाई विकाससँग जोड्न नसके आगामी २०८४ सालको निर्वाचनमा सुखद नतिजा नआउने कांग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताले खतरा औल्याएका छन् । पार्टीबाट जितेका जनप्रतिनिधिको ब्यवहार, कार्यशैली र चरित्र नै 'प्रतिकुलको कारक' बन्न सक्ने उनीहरुको चिन्ता छ ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कार्यसमितिको दोस्रो वडा सम्मेलनमा शनिबार बोल्ने कार्यकर्ताले यस्तो चिन्ता ब्यक्त गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का उपसभापति ज्योती कुमार श्रेष्ठले भने, ‘टाढाको कुरा नगरौं, नेपालगन्जमा अहिले हाम्रै पार्टीको नेतृत्वमा स्थानीय सरकार छ, तर खै अहिलेसम्म जनताले विकासको अनुभुती नै गर्न पाएका छैनन्, हाम्रो मेयरको भिजन नै देखिएन, कुनै योजनाको बारेमा कुरा गर्यो की त्यसलाई असम्भव देख्नुहुन्छ ।’

अहिले जनप्रतिनिधिले गरेका क्रियाकलाप, ब्यवहार र कार्यशैलीको असर ८४ को निर्वाचनमा पार्टीले भोग्ने निश्चित रहेको उनको गुनासो छ । उनले अगाडी थपे, ‘नेपाली कांग्रेसमा लागेपछि हामी पार्टीको झोला बोक्ने मात्रै भयौं, आफ्नै मेयर भएपनि वडाको विकासमा हामीले नेतृत्व गर्न सकेनौं ।’

Sunil-Singh-Hamal-1714822931.jpeg
मेयर प्रशान्त विष्टले वडा नम्बर १८ का लागि विकास, योजनाबारे कुरा गर्दा चासो नदिने गरेको कार्यकर्ताले गुनासो गरेका छन् । नेपालगन्ज-१८ कै कार्यकर्ता गणेश आचार्यले विकास नभएसम्म जनतालाई पार्टीप्रति आर्कषण गर्न नसकिने बताए । ‘नयाँ पार्टी आईरहेका छन्, जनताले विकास खोज्छन्, यदी जनतालाई हामीले विकाससँग जोडेनौं भने हाम्रो पार्टीलाई भोट हाल्नेवाला छैनन,’ उनले थपे ।

कार्यकर्ताका गुनासा सुनेपछि प्रमुख अतिथी समेत रहेका कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले पार्टीका नेता, कार्यकर्ता जो जहाँ छ, त्यहाँबाट योगदान गर्नुपर्ने बताए । ‘नेपालगन्ज-१८ मा हाम्रो पार्टीको वडा सरकार छैन, तर, पनि हामीले छायाँ सरकार चलाएर जनतालाई विकाससँग जोड्न जरुरी छ,’ उनले भने ‘यहाँको विकासमा हामीले नेतृत्व लिन सकेनौं भने फेरी पनि चुनाव हार्ने स्थिती आउन सक्छ ।’ पार्टी र जनप्रतिनिधि बीच समन्वय हुन आवश्यक रहेकोमा जोड दिए ।

उक्त वडाका क्रियाशिल सदस्य एवम् क्षेत्रीय प्रतिनिधि समेत रहेका उपसभापति अधिकारीले भने, ‘प्रतिकुलताका वावजुद पनि संघर्ष गर्नु भएको छ, पार्टी बचाउने तपाई हामी नै हो, समस्या पहिचान गरौं, समाधानको उपाय खोजौं ।’ नेपाली कांग्रेस नेपालगन्ज-१८ का वडा सभापति जगदिशप्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न सम्मेलनमा उपसभापति राजाराम सुवेदीले स्वागत गरेका थिए ।

सो क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, प्रदेश सांसद मिना बोहरा सिद्धिकी, सुशिला नेपाली(वादी), नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव सुनिलसिंह हमाल, नेपालगन्ज उपमहानगर समितिका कार्यबाहक सभापति धनराज बर्मा लगायतले बोलेका थिए । उक्त कार्यक्रम सञ्चालन वडा नम्बर १८ का सचिव हिरेन्द्र खड्काले गरेका थिए । सम्मेलनमा प्रस्तुत गरिएको वडाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित भएको छ ।

Nepalgunj18-1714822929.jpeg
 


प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्