Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • राप्ती बाढीको वितण्डा : तीन दिनदेखि कुसुम राप्तीपारीका गाउँ अन्धकार
राप्ती बाढीको वितण्डा : तीन दिनदेखि कुसुम राप्तीपारीका गाउँ अन्धकार
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असार २४, २०८१
राप्ती सोनारी-१ कुसुमस्थित लौकी-खोकरी खण्डमा विद्युत मर्मत गरिदै । तस्बिर : कृष्ण चौधरी

बाँके(कुसुम) : बाढीले क्षति गरेपछि बाँकेको कुसुमस्थित राप्तीपारीका आधा दर्जन गाउँ तीन दिनदेखि अन्धकार बनेका छन् । राप्ती नदीमा आएको बाढीले शनिबार दिउँसो विभिन्न स्थानमा बिद्युत तारमा क्षति पुर्‍याएको थियो । बिद्युत नहुँदा तीन दिनदेखि अन्धकारमा बस्नु परेको राप्ती सोनारी–१ खोकरीका स्थानीय इन्द्र ओलीले बताए ।

‘तीन दिनदेखि गाउँमा बत्ती छैन, बर्खायामको बेलामा बाढीको जोखिम उत्तिकै छ, गाउँ पुरै अन्धकार छ,’ उनले भने। बिद्युत नहुँदा मोबाइल टावरले समेत काम गर्न छाडेको स्थानीयले बताएका छन् । अर्का स्थानीय कृष्ण चौधरीले बिद्युत नहुँदा मोबाइल टावरले नै काम गर्न नसकेको र सञ्चारमा समस्या हुन थालेको बताए । ‘गाउँमा मोबाइलको टावरले राम्ररी काम गरेको छैन, मोबाइल चार्ज गर्न पनि पाइएको छैन,’ चौधरीले भने ।

बाढीले राप्ती नदीको बाघखोर–सुनखरे र लौकी–खोकरी खण्डमा रहेका बिद्युत तारमा क्षति पुर्‍याएको 'कुसुम ग्रामीण बिद्युत सहकारी संस्था लिमिटेड' ले जनाएको छ । संस्थाका अध्यक्ष देवबहादुर केसीले राप्तीको बाढीले बिद्युत तारमा क्षति पुर्‍याएपछि तीन दिनदेखि राप्ती पारीका आधा दर्जन गाउँमा सेवा अवरुद्ध हुन पुगेको बताएका छन् ।

बाढीका कारण राप्ती सोनारी–१ अन्तर्गत पर्ने राप्तीपारीका गाउँहरू खोकरी, बसेरी, चुनाहा, दुबेरी, सुनखरे र बक्सहवा लगायत गाउँमा बिद्युत सेवा अवरुद्ध भएको छ । ‘बाढीले क्षति गरेपछि मर्मतको काममा जुटिरहेका छौं, आज पनि मर्मतको काम चलिरहेको छ,’ उनले भने ‘राप्ती वारीदेखी पारीसम्म विस्तार गरिएको बिद्युत तारलाई बाढीले कतै छिनालेको छ, कतै बेतारेको छ।’ सहकारी संस्था निरन्तर रूपले मर्मतको काममा जुटिरहेको अध्यक्ष केसीले सुनाए ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गतका नदी वारीका गाउँहरूमा पनि बिद्युत पोल तथा तारमा अविरल वर्षाले क्षति गरेको कुसुम ग्रामीण बिद्युत सहकारी संस्था लिमिटेडले जनाएको छ । ‘राप्तीको बाढीले नदी पारीका गाउँमा पुर्‍याइएको बिद्युतका तारमा क्षति गरेको छ भने नदीवारीका गाउँमा अविरल वर्षाले धेरै ठाउँमा पोलहरू ढलेका छन्,’ उनले भने ।

उक्त सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानीयापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न ६ स्थानबाट बिद्युत सेवा विस्तार गरेको छ । राप्ती नदीमा हरेक वर्ष आउने बाढीले यी स्थानका बिद्युत तार तथा पोलहरूमा बाढीले क्षति पुर्‍याउँदै आएको छ ।

बिद्युत सेवामा राप्ती बाढीको क्षति रोक्न दीर्घकालीन रुपमा अग्ला टावर निर्माण गर्न आवश्यक रहेको यहाँका स्थानीय बताउँछन् । उक्त संरचना निर्माण गर्नका लागि सहकारी संस्थाको बजेटले धान्न नसक्ने अध्यक्ष केसी बताउँछन् । ‘कम्तीमा पनि यी ६ स्थानका ‘क्रसिङ’मा राप्तीवारी र राप्तीपारी दुबैतिर अग्ला टावर बनाएर बिद्युतका तार बिस्तार गर्न सकियो भने यो समस्या दीर्घकालीन रूपले समाधान हुने देखिन्छ,’ उनले भने ‘तर यसको लागि हाम्रो संस्थाको आर्थिक क्षमताले भ्याउँदैन ।’

उक्त समस्याको दीर्घकालीन रूपले समाधान गरिदिन संस्थाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेको छ। वर्षे नि बाढीले क्षतिग्रस्त बिद्युत संरचना निर्माणमै संस्थाले लाखौँ रुपैयाँ आर्थिक भार खेप्नु परेको छ।

 


प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप समाज
आन्दोलित निजी बिद्यालय सञ्चालकद्धारा बृहत अन्तरक्रिया
आन्दोलित निजी बिद्यालय सञ्चालकद्धारा बृहत अन्तरक्रिया शुक्रबार, भदौ १३, २०८२
प्रेस युनियनले बाँकेमा सुभारम्भ गर्यो सय दिने सदस्यता अभियान 
प्रेस युनियनले बाँकेमा सुभारम्भ गर्यो सय दिने सदस्यता अभियान  शुक्रबार, भदौ १३, २०८२
नेपालको नाका हुदै पाकिस्तानी आतंकवादी भारत प्रवेश गरेको दाबी 
नेपालको नाका हुदै पाकिस्तानी आतंकवादी भारत प्रवेश गरेको दाबी  बिहीबार, भदौ १२, २०८२
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ मंगलबार, भदौ १०, २०८२
पूर्व मुख्यसचिव अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
पूर्व मुख्यसचिव अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा आइतबार, भदौ ८, २०८२
पत्रकार महिलाका लागि 'तीज विशेष लेखनवृत्ति प्रतियोगिता' 
पत्रकार महिलाका लागि 'तीज विशेष लेखनवृत्ति प्रतियोगिता'  शुक्रबार, भदौ ६, २०८२
विवाह र नागरिकताको उमेर १८ वर्ष कायम गर्न परमादेशको माग गर्दै रिट
विवाह र नागरिकताको उमेर १८ वर्ष कायम गर्न परमादेशको माग गर्दै रिट शुक्रबार, भदौ ६, २०८२
लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा
लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा शुक्रबार, भदौ ६, २०८२
तीज सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भूमिका महत्वपुर्ण रहेकोमा जोड
तीज सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भूमिका महत्वपुर्ण रहेकोमा जोड बिहीबार, भदौ ५, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
आन्दोलित निजी बिद्यालय सञ्चालकद्धारा बृहत अन्तरक्रिया
आन्दोलित निजी बिद्यालय सञ्चालकद्धारा बृहत अन्तरक्रिया
नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डमा दौडिने अवसर 
नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डमा दौडिने अवसर 
प्रेस युनियनले बाँकेमा सुभारम्भ गर्यो सय दिने सदस्यता अभियान 
प्रेस युनियनले बाँकेमा सुभारम्भ गर्यो सय दिने सदस्यता अभियान 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्