Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • राप्ती बाढीको वितण्डा : तीन दिनदेखि कुसुम राप्तीपारीका गाउँ अन्धकार
राप्ती बाढीको वितण्डा : तीन दिनदेखि कुसुम राप्तीपारीका गाउँ अन्धकार
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असार २४, २०८१
राप्ती सोनारी-१ कुसुमस्थित लौकी-खोकरी खण्डमा विद्युत मर्मत गरिदै । तस्बिर : कृष्ण चौधरी

बाँके(कुसुम) : बाढीले क्षति गरेपछि बाँकेको कुसुमस्थित राप्तीपारीका आधा दर्जन गाउँ तीन दिनदेखि अन्धकार बनेका छन् । राप्ती नदीमा आएको बाढीले शनिबार दिउँसो विभिन्न स्थानमा बिद्युत तारमा क्षति पुर्‍याएको थियो । बिद्युत नहुँदा तीन दिनदेखि अन्धकारमा बस्नु परेको राप्ती सोनारी–१ खोकरीका स्थानीय इन्द्र ओलीले बताए ।

‘तीन दिनदेखि गाउँमा बत्ती छैन, बर्खायामको बेलामा बाढीको जोखिम उत्तिकै छ, गाउँ पुरै अन्धकार छ,’ उनले भने। बिद्युत नहुँदा मोबाइल टावरले समेत काम गर्न छाडेको स्थानीयले बताएका छन् । अर्का स्थानीय कृष्ण चौधरीले बिद्युत नहुँदा मोबाइल टावरले नै काम गर्न नसकेको र सञ्चारमा समस्या हुन थालेको बताए । ‘गाउँमा मोबाइलको टावरले राम्ररी काम गरेको छैन, मोबाइल चार्ज गर्न पनि पाइएको छैन,’ चौधरीले भने ।

बाढीले राप्ती नदीको बाघखोर–सुनखरे र लौकी–खोकरी खण्डमा रहेका बिद्युत तारमा क्षति पुर्‍याएको 'कुसुम ग्रामीण बिद्युत सहकारी संस्था लिमिटेड' ले जनाएको छ । संस्थाका अध्यक्ष देवबहादुर केसीले राप्तीको बाढीले बिद्युत तारमा क्षति पुर्‍याएपछि तीन दिनदेखि राप्ती पारीका आधा दर्जन गाउँमा सेवा अवरुद्ध हुन पुगेको बताएका छन् ।

बाढीका कारण राप्ती सोनारी–१ अन्तर्गत पर्ने राप्तीपारीका गाउँहरू खोकरी, बसेरी, चुनाहा, दुबेरी, सुनखरे र बक्सहवा लगायत गाउँमा बिद्युत सेवा अवरुद्ध भएको छ । ‘बाढीले क्षति गरेपछि मर्मतको काममा जुटिरहेका छौं, आज पनि मर्मतको काम चलिरहेको छ,’ उनले भने ‘राप्ती वारीदेखी पारीसम्म विस्तार गरिएको बिद्युत तारलाई बाढीले कतै छिनालेको छ, कतै बेतारेको छ।’ सहकारी संस्था निरन्तर रूपले मर्मतको काममा जुटिरहेको अध्यक्ष केसीले सुनाए ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गतका नदी वारीका गाउँहरूमा पनि बिद्युत पोल तथा तारमा अविरल वर्षाले क्षति गरेको कुसुम ग्रामीण बिद्युत सहकारी संस्था लिमिटेडले जनाएको छ । ‘राप्तीको बाढीले नदी पारीका गाउँमा पुर्‍याइएको बिद्युतका तारमा क्षति गरेको छ भने नदीवारीका गाउँमा अविरल वर्षाले धेरै ठाउँमा पोलहरू ढलेका छन्,’ उनले भने ।

उक्त सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानीयापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न ६ स्थानबाट बिद्युत सेवा विस्तार गरेको छ । राप्ती नदीमा हरेक वर्ष आउने बाढीले यी स्थानका बिद्युत तार तथा पोलहरूमा बाढीले क्षति पुर्‍याउँदै आएको छ ।

बिद्युत सेवामा राप्ती बाढीको क्षति रोक्न दीर्घकालीन रुपमा अग्ला टावर निर्माण गर्न आवश्यक रहेको यहाँका स्थानीय बताउँछन् । उक्त संरचना निर्माण गर्नका लागि सहकारी संस्थाको बजेटले धान्न नसक्ने अध्यक्ष केसी बताउँछन् । ‘कम्तीमा पनि यी ६ स्थानका ‘क्रसिङ’मा राप्तीवारी र राप्तीपारी दुबैतिर अग्ला टावर बनाएर बिद्युतका तार बिस्तार गर्न सकियो भने यो समस्या दीर्घकालीन रूपले समाधान हुने देखिन्छ,’ उनले भने ‘तर यसको लागि हाम्रो संस्थाको आर्थिक क्षमताले भ्याउँदैन ।’

उक्त समस्याको दीर्घकालीन रूपले समाधान गरिदिन संस्थाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेको छ। वर्षे नि बाढीले क्षतिग्रस्त बिद्युत संरचना निर्माणमै संस्थाले लाखौँ रुपैयाँ आर्थिक भार खेप्नु परेको छ।

 


प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप समाज
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्