Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • समृद्धिको पथमा बैजनाथ
समृद्धिको पथमा बैजनाथ
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन ५, २०८१

बाँके (बैजनाथ) : जनताको सेवामात्र नभएर अर्थ, सामाजिक आयामहरूमा पनि अन्य पालिकाहरु भन्दा बेग्लै पहिचान बनाएको गाउँपालिका हो, बाँकेको बैजनाथ । मानवीय विकासमा पछि परेको गाउँपालिका समृद्धिको पथमा अघि बढ्ने प्रयत्नमा छ । आर्थिक र सामाजिक विकासका सवालमा अन्य पालिकाको तुलनामा यस गाउँपालिका उत्पादनको आपूर्तिको मुहान भएजस्तै सम्भावनाहरूको पनि संगम हो । 

प्रशस्त सम्भावना हुँदा हुँदै पनि राज्यको नजरमा पर्न नसकेको बैजनाथमा नयाँ योजनाका कारण यतिबेला जनप्रतिनिधि र आमनागरिक उत्साहित छन् । पालिकाको समस्याबाटै अवसरको खोजी गर्न सकिने धारणा स्थानीय गणेश खत्री बताउँछन् । ‘आर्थिक र सामाजिक विकासमा पछाडी परेको भएपनि यहाँ विकासको आधार हुँदै नभएका होइनन्,’ खत्री भन्छन्, ‘सम्भाव्यताको उचित तरिकाले कृषि क्षेत्रमा थप लगानी हुने हो भने बैजनाथ समृद्ध पालिकाको रूपमा स्थापित हुन सक्ने पर्याप्त आधारहरू छन् ।’ यसका निम्ति पालिकाको नेतृत्वमा प्रतिवद्धता र दृढ इच्छा शक्तिको खाँचो पर्ने उनको बुझाई छ । 

‘गाउँपालिकाले कानूनी जटिलतालाई फुकाउँदै नयाँ व्यवस्थाको प्रबन्ध मिलाउनु पर्दछ,’ अर्का स्थानीय अजय बैगारले भने, ‘संविधानले स्थानीय निकायलाई दिएको अधिकार प्रयोग गरी नौवस्तामा छिटो भन्दा छिटो उद्योगहरु सञ्चालन हुनुपर्छ ।’ उदीयमान अर्थतन्त्र र ठूलो बजार सम्भाव्यता समेटेको ‘ड्रिम प्रोजेक्ट’ नौवस्था औद्योगिक क्षेत्र, गाभर होमस्टे र कैलाश मानसरोवरसँग जोडिएर समृद्धिको मार्गमा लैजाने सक्ने बैगारको भनाई छ ।

गाउँपालिकामा प्रदेशकै ठूलो उद्योग हो ‘नौवस्ता औद्योगिक क्षेत्र’, कैलाश मानसरोवर पार्क, लायन्स पार्क, ताल, सिमसार, गाभर होमस्टेसँगै लायन्स पार्कजस्ता योजनाका डिपिआर बनेका छन् । प्राकृतिक स्रोत साधन, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, वन तथा वातावरण, सुशासन तथा संस्थागत रुपमा विकास गरी बैजनाथलाई समृद्धि बनाउने मुख्य मुहान हुन् । 

‘ड्रिम प्रोजेक्ट’ आफ्नो कार्यकालमा नै पुरा गर्ने बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही भन्छन्, ‘आधा दर्जन भन्दा बढी ठुला योजना संघ र प्रदेशको समन्वयमा पुरा हुन्छन् ।’ गाउँपालिकाले ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ मार्फत ७० प्रतिशत र शत प्रतिशत अनुदानमा किसानहरुलाई समेट्ने गरी काम गरिरहेको अध्यक्ष शाही बताउँछन् । 

किसानहरुलाई प्रविधिसँंग जोडेर उत्पादनमा जोड दिने, बजारीकरण गर्ने, स्वरोजगार बनाएर आत्मनिर्भर बनाउने, २०७२ सालदेखि सञ्चालनमा आउन नसकेको औद्योगिक क्षेत्र सञ्चालन गर्ने, लायन्स पार्क, ताल, सिमसार, गाभर होमस्टेसँगै लायन्स पार्क व्यवस्थित गर्ने डिपिआर तयार भइसकेको र योजनाहरु अघि बढेको अध्यक्ष शाही बताउँछन् ।

Samrida-Baijanath_2081-1721464747.jpg
यस्तै अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको प्रशोधन केन्द्र स्थापना गर्ने, ४० औंं वर्षदेखि भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा उपलब्ध गराउने, आन्तरिक तथा बाह्य पयर्टकहरुलाई मानसरोवरसँंग जोड्ने समेत पालिकाको लक्ष्य छ । बैजनाथमा साना सिचाइँ योजना, कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकतामा राखी ‘किसानसँंग पालिका प्रमुख कार्यक्रम’ सञ्चालन गर्यो ।

कृषि क्षेत्रमा लगानी गरे अनुसार किसानले क्रमिक रुपमा प्रतिफल प्राप्त गरेका छन् । कुल जनसंख्याको करिव ४० प्रतिशतभन्दा बढी आफ्नो उत्पादनले वर्षदिन खान पुग्ने घर परिवार छन् । वार्षिक खाद्यान्न करिव १ लाख ८७ हजार १ सय ३४ क्वीन्टल उत्पादन हुन्छ, भने दलहन करिव ४९ हजार ७५, तेलहन २१ हजार ५ सय २, नगदे बाली ४८, तरकारी १ लाख ४१ हजार ४ सय ४८ क्वीन्टल उत्पादन हुने र ध्यू ६ लाख ९० हजार ९ सय ४ लिटर, माछा मासु ६  लाख ८० हजार ५ सय २३ केजी उत्पादन हुने गाउँपालिका अध्यक्ष शाही बताउँछन् । उद्योग र व्यापारका लागि सहज यस गाउँपालिकाले विशेष आकर्षण दिएर अन्य पालिकाका लगानीकर्तालाई पनि भित्र्याउन नसक्ने कारण छैन । 

थुप्रै सम्भाव्यतालाई ध्यानमा राखेर यस पालिकामा आउने लगानीकर्तालाई स्थानीय सरकारले सहुलियत रुपमा कर छुट गर्ने योजना बनाएको उपाध्यक्ष निर्मला रोकाय बताउँछिन् । लगानी भित्र्याउन पालिकाले लगानीकर्ताको सहजताका लागि कर छुट, जग्गा उपलब्ध जस्ता अन्य काम पनि गर्नेछ । गाउँपालिकालाई समृद्ध बनाउन स–साना योजनादेखि ठुला योजनालाई गुणस्तरीय र प्रभावकारी बनाउन हरेक योजनालाई कडाईका साथ अनुगमन गरिररहेको उपाध्यक्ष रोकाय बताउँछिन् । 

गाउँपालिकाले राजश्व संकलनलाई पनि त्यत्तिकै प्राथमिकतामा राखेको छ । ‘गाउँपालिकामा राजश्व संकलन घर जग्गा, घर नक्सा पास, जग्गा सिफारिसहरु, विशेषगरी हाम्रो प्रमुख आयस्रोत राजश्व संकलन गर्ने ठाउँ भनेको यति मात्रै छ अन्य भनेको मानखोला हो, जुन बैजनाथ र बाँसगढी नगरपालिकाको बीच छ, यसको राजश्व चाही यसपटक बैजनाथले ठेक्का खोलेका थियौं,’ उनले भनिन्  ‘त्यसबाट पनि केही राजश्व संकलन भएको थियो, होर्डिङ बोर्डहरुदेखि लिएर संघ, संस्था, पसल, नयाँ उद्योगीहरु, जुन सूचिकृत, दर्ता पनि अगाडी बढाएर केही राजश्वबाट संकलन गरिरहेका छौं ।’ 

दक्ष र सक्षम जनशक्तिको आधार निर्माणका लागि गाउँपालिकाले शिक्षा र स्वास्थ्य केन्द्रित योजनामा जोड दिएको बैजनाथ गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत विश्वराज ढकालले बताउँछन् । ‘शिक्षा नै दक्ष जनशक्ति निर्माणको प्राथमिक आधार हो, समाजको समग्र अवस्था उकास्न ‘छोरी पढाउ अभियान’ टकिङ टिचर’ ‘पढ्दै कमाउँदै’ चलाइएको छ,’ उनले भने । बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया निकुञ्जको उपयोग गरी धार्मिक र साँस्कृतिक महत्वलाई आधार बनाएर बैजनाथको पर्यटन प्रवद्र्धन गर्न सकियो भने आर्थिक उपार्जनमा ठुलो टेवा पुग्ने ढकालको भनाई छ ।  

‘बैजनाथलाई समृद्ध बनाउन कर्मचारीको ठुलो भूमिका हुन्छ,’ ढकालले भने,‘ पहिलो कुरा त कर्मचारीहरुले सेवा प्रवाहमा अलिकति छिटो, छरितो सेवा प्रवाह प्रदान गर्नुपर्छ ।’ दोस्रो कुरा चाही यहाँका विकास निर्माणका कार्यहरुमा चाही पुँजीगत विकासलाई चाही जोड दिनुपर्छ भने पूँजीगत विकासले समृद्ध हुने उनको विश्वास छ । 

शिक्षा, स्वास्थ्य, कृषि, पशु जस्ता विभिन्न विषयगत शाखाहरुबाट जनताले खोजेको, आवश्यकता भएको यस्ता कार्यक्रमहरु निर्माण गरेर ति कार्यक्रमहरु समयमै सम्पन्न गर्न सक्यौं भने बैजनाथ गाउँपालिकाको समृद्धिमा जाने ढकालले बुझाई छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा महत्वपूर्ण र दिर्घकालिन प्रभाव पर्ने योजना तथा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका योजना शाखा प्रमुख डोटी नेपालीका अनुसार वडा नम्बर १ देखी ८ सम्म भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास लगायत विषयका योजना तथा कार्यक्रम सम्पन्न भएका छन् ।

वडाबाट आएका योजनालाई प्रमुख प्राथमिकतामा राखी प्रभावकारी र पालिकाको हितको पक्षमा हुने योजनालाई छनोट गरी बजेटको व्यवस्था गरी कार्यक्रम सुरु गरिएको शाखा प्रमुख नेपालीले बताउँछन् । आर्थिक वर्ष २०८०/०८१ मा १७ वटा ठेक्का सम्झौता भएकोमा अधिकांसको काम सम्पन्न भइसकेको योजना शाखाले जनाएको छ ।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख धर्मेन्द्र आचार्यका अनुसार योजना छनोटपछि प्रविधिकले निर्माण नुहुँदा सम्म प्राविधिकको भूमिका हुने हुनाले गाउँपालिकालाई समृद्धि बनाउन ठुलो भूमिका हुने बताउँछन् । दिर्घकालिन प्रभाव पार्ने खालका करिव ३ वटा ठुला योजनाका डिपिआर बनिसकेको योजना शाखा प्रमुख नेपाली बताउँछन् । उनका अनुसार तीन वटा पुल, मानखोला र करेली खोलामा ४ करोड बराबरको तटबन्धन योजना अघि बढेको छ । 

पुर्वाधार विकास समितिका संयोजक एवम् वडाअध्यक्ष भुपाल पुनमगर पुर्वाधारका हिसाबले बैजनाथ धेरै अगाडी रहेको दाबी गर्छन् । सिँचाइ, उपकरण, ढुवानी जस्ता कृषिका लागि आवश्यकीय पूर्वाधार अन्य पालिको तुलनामा सहज भएर पनि खेतीप्रति किसानको उत्साहित भएको उनको तर्क छ । ‘कृषिमा युवाको आकर्षण बढाएर वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई रोक्न सकिन्छ, अब परम्परागत कृषि पर्याप्त छैन, कृषि कर्मलाई उद्यमसित जोड्न कृषि उपजमा आधारित उद्यमलाई प्रोत्साहनको नीति ल्याउँदैछौं,’ पुनले भने । 

पूर्व-पश्चिम राजमार्गको दुबैतर्फ फैलिएको बैजनाथका सडक, खानेपानी, भू-बनोट र भौतिक संचरनाको हिसाबले यसैपनि महत्वपूर्ण स्थानमा रहेको छ । साविकका चिसापानी, नौवस्ता, बनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको गाउँपालिकामा ८ वटा वडा कार्यालय रहेका छन् । ऐतिहासिक तथा राजनीतिक पृष्ठभूमीसँग जोडिएर नामाकरण गरिएको गाउँपालिकामा करिव ८० हजार जनसंख्या बसोबास गर्छन् ।


प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप समाज
७० लाख रुपैयाँ घुस लिएको आरोपमा तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध मुद्दा दायर
७० लाख रुपैयाँ घुस लिएको आरोपमा तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध मुद्दा दायर आइतबार, चैत १, २०८२
गोरखामा माइक्रो दर्घटना हुँदा  ७ जनाको मृत्यु
गोरखामा माइक्रो दर्घटना हुँदा ७ जनाको मृत्यु शनिबार, फागुन ३०, २०८२
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्