Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विश्व
  • Home
  • विश्व
  • भारत पुगिन बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना
भारत पुगिन बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना
एजेन्सी
एजेन्सी मंगलबार, साउन २२, २०८१

नयाँ दिल्ली : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् । भारतीय समाचार संस्थाले स्रोतलाई उदृत गर्दै हसिना चढेको जहाज भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण भएको जनाएको छ । सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी थिइन् ।

उनी सेनाको सी-१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर भारतको दिल्ली पुगेकी हुन् । उनी चढेको जहाज सोमबार साँझ ५ः३६ बजे अवतरण भएको छ । बंगलादेशको सेनाको जहाज पटना हुँदै नयाँ दिल्ली नजिकै रहेको भारतीय वायु सेनाको अड्डामा अवतरण गरेको थियो ।

त्यहाँ भारतीय एयर अफिसर कमान्डिङ सन्जय चोपडाले स्वागत गरेका थिए । हसिना भारतबाट बेलायत जाने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन । सोमबार हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए ।

हसिना सन् २००९ देखि सत्तामा थिइन् । १५ वर्षे सत्ता चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ । ७६ वर्षकी हसिनाले चार पटक लगातार चुनाव जितेकी छ । गत जनवरीमा भएको चुनाव विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले बहिस्कार नै गरेको थियो ।

अहिले आरक्षण विरूद्धको प्रदर्शनमा पनि प्रदर्शनकारीको आवाज नसुनि बल प्रयोग गर्दै जाँदा उग्र रूप लिएको हो । आइतबार मात्रै त्यहाँ कम्तिमा ९१ जनाले ज्यान गुमाएका थिए। यस आरक्षण विरूद्धको प्रदर्शनमा मात्रै ३०० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

हसिनाले राजीनामा दिएसँगै बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरेका थिए । त्यसपछि देशबासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार बनाउनेबारे छलफल गरिरहेको बताएका थिए। त्यस्तै राजनीतिक संकटको आजै साँझ सम्ममा समाधान निकाल्ने पनि बताएका थिए । भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको हो ।

आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका थिए । आइतबार ठूलो संख्यामा हताहती भएपछि सरकारले देशव्यापी अनिश्चितकालीन कफ्र्यु जारी गरेको छ । साथै इन्टरनेट सेवा पनि बन्द गरिएको थियो । सोमबारसम्म सबै सरकारी कार्यालयहरूमा पनि बिदा दिइएको थियो ।

पूर्वप्रधानमन्त्री शेख हसिना हिंसात्मक प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थी नभई आतंककारी रहेको बताएकी थिइन् । सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततीहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए । जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले पनि सरकारको पक्षमा निर्णय फैसला गरेपछि आन्दोलन चर्किँदै हिंसात्मक बनेको थियो ।

जुलाई तेस्रो साता उच्चको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतशित बनाउन आदेश गरेको थियो । त्यस्तै एक प्रतिशत जनजाति समुदाय र एक प्रतिशत अपांगता भएका वा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका रूपमा पहिचान गर्नेहरूका लागि छुट्याउन पनि आदेश दिएको थियो । ९३ प्रतिशत भने मेरिटको आधारमा बनाउन आदेश दिइएको हो । 

सर्वोच्चले नै सरकारको निर्णयमा ब्रेक लगाइदिएपछि विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन भनिएको थियो । आन्दोलनकारीलाई घर फर्किन भनेपनि  २०० जना भन्दा बढीको मृत्यु भइसकेको थियो । सयौं घाइते र त्यही हाराहारीमा पक्राउ पनि परेका थिए । विद्यार्थीहरूले मृतकका परिवारलाई क्षतपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचार गरिदिनुपर्ने लगायका माग  राख्दै आन्दोलनलाई निरन्तरता दिए ।

विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री हसिनाले सुरूवातदेखि नै बेवास्ता गर्दै आएकी थिइन् । उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोशिस गरेकी थिइन् । सर्वोच्चको आदेशले उनको निर्णयलाई उल्ट्याइदिए पनि आन्दोलनबाट भएको क्षति र त्यसलाई परिपूर्ति गर्नेबारे चासो नदेखाएपछि विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका थिए ।

उनीहरूले देशभरका नागरिकलाई सरकारलाई कर नबुझाउन आह्वान समेत गरिरहेका छन् । विद्यार्थीहरूको आन्दोलनमा समाजका अन्य तप्काका मानिसहरू पनि जोडिएकाले आन्दोलत थप बृहत बन्दै गएको बताइएको छ । उनीहरूको आन्दोलनामा अहिले विपक्षी दलसहित भुतपूर्व सैनिकहरू र नागरिकहरू पनि जोडिएका छन् । बंगलादेशमा हिंसा बढेपछि भारतले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई सकेसम्म घरबाहिर ननिस्कन र सतर्क रहन आग्रह गरिसकेको छ ।


प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सुडानमा पहिरोले पुरिएर कम्तीमा एक हजार जनाको मृत्यु
सुडानमा पहिरोले पुरिएर कम्तीमा एक हजार जनाको मृत्यु मंगलबार, भदौ १७, २०८२
पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको संख्या ३ सय २३ पुग्यो
पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको संख्या ३ सय २३ पुग्यो सोमबार, भदौ २, २०८२
इजरायलले गर्यो इरानमाथि ६० लडाकु विमानबाट आक्रमण
इजरायलले गर्यो इरानमाथि ६० लडाकु विमानबाट आक्रमण बुधबार, असार ४, २०८२
एयर इन्डियाको जहाज दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टी
एयर इन्डियाको जहाज दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टी शुक्रबार, जेठ ३०, २०८२
भारतको अहमदाबाद विमानस्थल नजिक विमान दुर्घटना
भारतको अहमदाबाद विमानस्थल नजिक विमान दुर्घटना बिहीबार, जेठ २९, २०८२
इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, श्रीनगरमा आपतकालीन अवतरण
इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, श्रीनगरमा आपतकालीन अवतरण बिहीबार, जेठ ८, २०८२
भारतद्वारा पाकिस्तानमाथी आक्रमण
भारतद्वारा पाकिस्तानमाथी आक्रमण बुधबार, वैशाख २४, २०८२
महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु
महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु बुधबार, माघ १६, २०८१
तिब्बत भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
तिब्बत भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो मंगलबार, पुस २३, २०८१
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्