Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • राप्ती खानेपानी आयोजना ७ वर्षदेखी अधुरै
राप्ती खानेपानी आयोजना ७ वर्षदेखी अधुरै
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन २६, २०८१

नेपालगन्ज : नेपालगन्जबासीलाई तिर्खा मेटाउने राप्ती खानेपानी आयोजना लामो समयदेखी अधुरै भएको छ । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा उक्त आयोजना स्वीकृत भएर काम अगाडी बढेको थियो । हरेक वर्षको गर्मी याममा नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थालेपछि आर्थिक वर्ष २०७४/७५ बाट आयोजना निर्माणको काम अगाडी बढाइएको थियो । तर, आयोजना विगत ७ वर्षदेखी पुरा हुन नपाएर अलपत्र अवस्थामा परेको हो ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीस्थित राप्ती नदीबाट दैनिक २ करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजना निर्माण कार्य सुरु गरेको थियो । कुल ३३ करोड रुपैयाँको लागतमा सम्पन्न हुने भनिएको आयोजनाका लागि सुरुका वर्षमा नेपालगन्ज उपमहानगरपालिकाको असहयोग र संस्थानको आन्तरिक ढिला सुस्तीले गर्दा काम अलपत्र परेको छ । आयोजना अन्तर्गत राप्ती नदीदेखी नेपालगन्जसम्म ‘डिआई’ पाइप बिछ्याइएको छ । 

खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ डिआई पाइप बिछ्याउनमा सुरुका वर्षमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको असहयोगका कारण काम अगाडी बढ्न नसकेको र अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडी बढ्न नसकेको बताउँछन् । ‘अहिलेसम्म पहिलो फेजको काम सकिएको छ, दोस्रो फेजको काम अगाडी बढाउने क्रममा जग्गाको विवाद उत्पन्न भयो,’ श्रेष्ठले भने । 

पानीको मुहान क्षेत्रमा ब्यक्तिको जग्गा परेपछि जग्गा धनीले अदालतमा मुद्दा हालेको र करिव १५ कठ्ठा जति जमिन किन्नुपर्ने अवस्था देखिएको उनले सुनाए । ‘नदीले काटेको जग्गा हो, हामीले नदीमा परेको जग्गामा आफ्नो हिसाबले संरचना बनाईहाल्यौं, अहिले जग्गा धनीले दाबी गरेर मुआब्जा मागिरहेका छन्,’ प्रमुख श्रेष्ठले भने । 

आयोजनाका लागि पाईप बिछ्याउने काम भने सकिएको उनले सुनाए । कुल १६.८ किलोमिटर बराबरको क्षेत्रमा ‘डिआई’ पाईप बिछ्याउनुपर्ने सुरुको स्टिमेट भएपनि फुलटेक्रादेखी बागेश्वरी पानी ट्यांकी सम्मको २ हजार ९ सय मिटर क्षेत्रमा पाईप बिछ्याउने काम भने स्थगित गरिएको छ । 

‘यो क्षेत्रमा सडकको पिच भत्काएर पाईप बिछ्याउनुपर्ने भएपछि हामीलाई नेपालगन्ज उपमहानगरपालिकाले अनुमति नै दिएन, अहिले आएर हामीले त्यो क्षेत्रमा पाईप नबिछ्याएर विकल्पको रुपमा पुरैना खानेपानी आयोजनासम्म जोड्ने भएका छौं,’ उनले भने । एकातिर उपमहानगरपालिकाले पिच बाटो खनेर पाईप बिछ्याउन अनुमति नदिएको र अर्कोतिर भत्केको पिच पुनः कालोपत्रे गर्नलाई करिव ३ करोड रुपैयाँ लागत लाग्ने देखिएपछि विकल्प खोजिएको श्रेष्ठले प्रष्ट्याए ।

प्रमुख श्रेष्ठका अनुसार राप्ती खानेपानी आयोजनाका डिआई पाईप कारकाँदोस्थित खानेपानी ट्यांकीसम्म भने गतवर्ष नै पुर्याईसकिएको छ । राप्तीबाट ल्याएको पानीलाई बागेश्वरी, कारकाँदो र आलानगरस्थित संस्थानको ओभरहेड ट्यांकबाट वितरण गर्ने यसअघि संस्थानको योजना थियो । तर, अब बागेश्वरीमा नल्याएर कारकाँदो, आलानगर र पुरैनास्थित ओभरहेड ट्यांकबाट उपभोक्तालाई पानी वितरण गर्ने संस्थानको योजना छ ।

खानेपानी आयोजनाको काम अहिलेसम्म करिव ८५ प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको संस्थानले जनाएको छ । पाइप लाईनका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रष्ट ब्रीज’ निर्माण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट भने राप्ती खानेपानी आयोजनालाई आफु नेतृत्वमा आएपछि सहजीकरण गरिरहेको बताउँछन् ।

‘हामी नआउँदासम्म उपमहानगरपालिकाको के कस्तो भूमिका रह्यो थाहा भएन, तर हामी उपमहानगरपालिकामा आईसकेपछि खानेपानी पाईप गाड्दा हुने क्षतिलाई कम गरेर भएपनि आवश्यक सहजीकरण गरेका छौ,’ उनले भने । नेपालगन्जबासीका लागि राप्ती खानेपानी आयोजना धेरै महत्वपूर्ण रहेको मेयर विष्ट बताउँछन् ।

यसरी ल्याइयो नेपालगन्ज खानेपानी आयोजना 
हरेक वर्ष चैत, बैशाख र जेठ महिनामा नेपालगन्जको अधिकांस ठाउँमा पानीको सतह घट्ने समस्या बल्झिदै आएको छ । पानीको सतह घट्दा खानेपानी संस्थानले नेपालगन्ज क्षेत्रभित्र गाडेका ७ वटा जति डीप ट्युवेल असफल भइसकेका छन् । उपमहानगरका अधिकांस स्थानमा पनि सर्बसाधारणले गाडेका हेण्डपम्प सुक्न थालिसकेका छन् । 

‘नेपालगन्जमा विकराल बन्दै गएको खानेपानी समस्याको विषय तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालासम्म पुग्योे, उहाँकै अग्रसरतामा राप्ती खानेपानी आयोजना स्वीकृत भएर आयोे, बजेट पनि विनियोजन भयो र निर्माणको काम अगाडी बढाइएको हो,’ संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले भने । संस्थानका अनुसार उक्त आयोजना २०७२ सालतिर स्वीकृत भएपनि निर्माण प्रक्रिया आर्थिक वर्ष २०७४/७५ बाट सुरु भएको थियो । 

आयोजना सम्पन्न भएपछि सयौं वर्षसम्म नेपालगन्जबासी खानेपानी समस्याबाट मुक्त हुने केसी बताउँछन् । आयोजना अन्तर्गत राप्ती नदीमा ‘सम्प वयल’ बनाइएको छ । सम्प वयलमा हाल २ वटा पम्प जडान गरिएको छ । ‘राप्ती नदीबाट ल्याएको पानीलाई नेपालगन्जको ‘ट्रिटमेन्ट’ प्लान्टमा राखिन्छ, त्यहाँबाट ओभरहेड ट्यांकमा तानेर उपभोक्तालाई वितरण गरिन्छ,’ केसीले भने । आयोजनाका लागि बिद्युतीकरणको काम भने सम्पन्न भइसकेको छ । 

आयोजनाका लागि जग्गा प्राप्ती र ट्रिटमेन्ट प्लान्ट पनि बनाउनुपर्नेछ । उक्त आयोजनालाई नजिकबाट हेरेका संविधान सभाका सदस्य मैकुलाल बाल्मिकी तत्कालिन प्रधानमन्त्री स्वर्गिय कोइरालाको अग्रसरताबाट आएको आयोजना समयमा सम्पन्न हुन नसक्नु नेपालगन्जबासीका लागि दुर्भाग्यपूर्ण भएको बताउँछन् । 

‘नेपालगन्जको खानेपानी समस्या दिर्घकालिन रुपले समाधान गर्ने उद्देश्यले सुशिल दाई प्रधानमन्त्री हुँदा पास भएर आएको आयोजना होे, तर आयोजना सम्पन्न गर्नमा धेरै बाधा अड्चन आएका छन्, सुशिल कोइरालाको ड्रिम प्रोजेक्ट हो भनेर कतिपयले यसलाई असफल बनाउने प्रयास पनि गरे,’ उनले भने । हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग हाल नेपालगन्ज क्षेत्रमा करिव पाँच हजार उपभोक्ता आवद्ध छन् । राप्ती नदीबाट पानी आएपछि नेपालगन्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने कर्मचारी बताउँछन् । 


प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्