Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बैजनाथको न्यायिक सेवा बन्दै प्रभावकारी
बैजनाथको न्यायिक सेवा बन्दै प्रभावकारी
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, भदौ ४, २०८१

बाँके (बैजनाथ) : ‘न्यायिक समिति’ लाई नेपालको संविधानले स्थानीय तहको क्षेत्राधिकार भित्रका विवादहरुको निरुपण गर्न स्थापित गरेको महत्वपूर्ण न्यायिक संरचनाको रुपमा लिइएको छ । न्यायिक समितिलाई नेपालको न्यायपालिकाको अंगको रुपमा परिकल्पना नगरेको भएतापनि तीन तहको सङ्घीय संरचनामा स्थानीय तहमा न्यायिक समितिको जुन व्यवस्था गरिएको छ, स्थानीय तहलाई न्याय प्रदान गर्ने सम्बन्धी न्यायिक अधिकार दिइनु स्थानीय तहको स्वायत्तता र मजबुदका निमित्त पनि अत्यन्त सकारात्मक पक्ष हो ।

स्थानीय तहमा न्यायिक समिति गठन भएपछि अहिले विभिन्न मुद्दाको सुनुवाई गर्ने गरिएको छ । स्थानीय तह स्थापना भएपछि अहिले आफ्नै ठाउँमा न्याय पाएको कुरा सर्वसाधारणले अनुभूति गरेका छन् । न्यायका लागि अड्डा-अदालत धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । गाउँपालिकाबाट न्याय पाएको बैजनाथका सेवाग्राहीले अनुभूति गरिरहेका छन् । 

गाउँमै न्याय पाइन थालेपछि बैजनाथका सर्वसाधरण यतिबेला आफ्ना विवाद वडास्तरमा रहेका मेलमिलाप केन्द्र र गाउँपालिका स्तरीय न्यायिक समितिमा धाउने गरेका छन् । पहिले प्रहरी र अदालतमा जाने गरेका उनीहरु अब सिधै न्यायिक समितिमा छलफल, मेलमिलाप र विवाद समाधानका लागि पुग्ने गर्छन् । जसका कारण सर्वसाधारणको न्यायिक समितिको न्याय प्रणाली र कार्य सम्पादनप्रति विश्वास बढ्दै गएको छ । 

गाउँपालिकाको न्यायिक समितिमा गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय संयोजक छिन् । उनको नेतृत्वमा बिमला सिंह थारु र दिप बहादुर थपा सदस्य छन् । तीन सदस्यीय न्यायिक समितिको कार्यसम्पादनबाट यतिबेला बैजनाथका सर्वसाधारणले न्यायको अनुभूति गरिरहेका छन्, भने बैजनाथमा न्यायिक इजलास कक्ष समेत निर्माण भइसकेको छ । साताको दुई दिन (सोमबार र बिहीबार) इजलास बस्ने व्यवस्था मिलाइएको छ ।  जनसंख्याको आधारमा देशकै सबैभन्दा ठूलो बैजनाथ गाउँपालिका नेपालगन्जदेखि उत्तर–पश्चिममा अवस्थित छ । पहाडी र थारु समुदायको बढी र मधेसी तथा मुस्लिम समुदायको पनि केही मात्रामा बसोबास छ । 

Baijanath-ko-ijalas-1724142673.jpeg
बैजनाथको न्यायिक समितिबाट नेपालको संविधानको धारा २१७ एवम् स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ अनुरुप आर्थिक वर्ष २०८०/०८१ मा १ सय ४५ वटा विभिन्न उजुरी परेका छन् । जसमा लेनदेन सम्बन्धि ६८ वटा, अर्काको बाली नोक्सानी १ वटा, आलिधुुर, कुलो निकास ८ वटा, साँध सिमाना मिचेको २६ वटा, जेष्ठ नागरिक हेरचाह २ वटा, पति–पत्नी बीचको विवाद २० वटा, साँधीमा रुख विरुवा लगाएको ४ वटा, ज्याला नदिएको ५ वटा, कुटपिट सामान्य २ वटा, भाडामा लिएको जग्गाको भाडा नतिरेको २ वटा र अर्काको हकभोगको जग्गा भोगचलन गरेको ८ वटा रेहका छन्, भने ३ वटा निवेदन सिफारिस गरि अन्य स्थानीय तहमा पठाइएको र १ वटा दरपिठ गरिएको निवेदन रहेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) ले न्यायिक समितिले विवाद निरुपण गर्न सक्ने विषयहरु स्पष्ट तोकेको छ । समितिले आलीधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँट तथा उपयोगको विषय, अर्काको बाली नोक्सानी गरेको विषय, चरन, घाँस, दाउराको विषय, ज्याला मजदुरी नदिएको विषय न्यायिक समितिको कार्यक्षेत्रभित्र पर्छ ।

त्यस्तै घरपालुवा पशुपंक्षी हराएको वा पाएको विषय, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको विषय, नाबालक छोराछोरी वा पति–पत्नीलाई इज्जत आमदअनुसार खान, लाउन वा शिक्षादीक्षा नदिएको विषयमा न्यायिक फैसला गर्ने अधिकारी न्यायिक समितिलाई दिइएको छ । ‘वडास्तरको मेलमिलाप केन्द्रमा विवाद निरुपण नभएको अवस्थामा न्यायिक समितिमा विवादहरु क्षेत्राधिकार भित्रका र विशेष किसिमका मेलमिलाप गर्न सकिने विवादहरुको दर्ता गरिन्छ, न्यायिक समितिमा दर्ता भएका विवाद सकेसम्म तीन महिनाभित्र न्याय निरुपण गर्ने अभ्यास बैजनाथको न्यायिक समितिमा गरिएको छ,’ समितिकी संयोजक रोकायले भनिन्, ।

सर्वसाधारणको हितलाई केन्द्रमा राखेर प्रतिवादीलाई न्यायिक समितिले फोनबाट सम्पर्क गरी झिकाउने गरेको छ । प्रतिवादीको अनुकूलता बुझी समय, स्थान र मिति तोकी छलफल तथा बहसका लागि झिकाउने गरिएको छ, जुन नेपालको अदालतहरुले गरेको अभ्यासभन्दा भिन्न रहेको छ । न्यायिक समितिको हालसम्मको प्रवृत्तिलाई हेर्दा मेलमिलापबाट नै विवाद समाधानका निमित्त उत्प्रेरित रहेको देखिन्छ । तर, मेलमिलापबाट विवाद समाधान गर्न प्रयत्न गर्दा पनि मेलमिलाप हुन नसकेका कतिपय विवादहरु निरुपण गर्ने सूचीमा रहेको अवस्थामा न्यायिक समितिले विवाद समाधानका निमित्त आफ्नो अधिकार प्रयोग गरी विवादको निरुपण गरेको देखिन्छ । 

न्यायिक समितिमा जिल्ला, उच्च र सर्वोच्च अदालतमा जस्तै म्याद तामेली गर्ने कर्मचारी नरहेको, तामेलदारको समेत दरबन्दी नरहेकोले न्यायिक समितिमा पक्षहरुलाई झिकाएर छलफल गराउनु चुनौतीका रुपमा रहेको संयोजक रोकाय बताउँछिन् । बैजनाथ न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रभित्रका मुद्दाहरुको निरुपन र मेलमिलापका माध्यमबाट गराउने गरेको छ ।

समितिमा दर्ता हुन आएका विभिन्न प्रकृतिका मुद्दाहरुलाई न्यायिक समितिले मुद्दाको निरुपण तथा मेलमिलाप गराउने गरेको हो । बैजनाथ गाउँपालिकामा न्यायिक समितिका तीन जना सदस्यको आपसी छलफल तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेअनुसार अधिकार क्षेत्र प्रयोग गरिरहेको छ ।

स्थानीय पालिकाले कार्यसम्पादन गर्दा आवश्यकतालाई मध्यनजर गर्दै कानून निर्माण गर्न सक्ने संघीय सर्कुलर अनुसार हालसम्म १८ वटा ऐन, २ वटा नियमावली, १० वटा निर्देशिका, ३४ वटा कार्यविधि, ५ वटा मापदण्ड र एउटा आचारसंहिता गरि जम्मा ७० वटा स्वीकृत कानून निमार्ण गरिसकेको छ । गाउँपालिकाले निर्माण गरेका यस्ता कानून गाउँसभाबाट स्वीकृत गरि प्रमाणिकरण पश्चात राजपत्रमा प्रकाशित गर्ने गरेको छ ।

विधायिकीय अधिकार पाएपछि स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही बताउँछन् । ‘महत्वपूर्ण कानून बनेपछि जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनमा सहजता मात्र भएको छैन, सेवाग्राहीलाई समेत जिम्मेवार बनाउँदै बढी भन्दाबढी लाभ लिने वातावरण तयार भएको छ,’ उनी भन्छन् । विषयगत क्षेत्रका कानून बनेसँगै कार्यसम्पादनमा सहजता आएको न्यायिक समितिका सदस्य दीपबहादुर थापा बताउँछन् । ‘कानून अभावमा अब गाउँपालिकाले प्रशासनिक लगायतका झमेला बेर्होनुपर्ने अवस्था छैन, यसले न्यायिक समितिमा आएका निवेदन उपर ब्यापक छलफलका माध्यमबाट विवाद समाधान र मेलमिलाप गराउन सघाउ पुगेको छ,’ उनले भने । 

कानुन शाखामा कार्यरत शिला पाठकका अनुसार गाउँपालिकाले निर्माण गरेका कानूनले न्यायिक कार्य सम्पादन गर्न सहज मात्र भएको छैन, स्थानीय विवाद समाधान गर्दै स्थानीय तहमै मेलमिलापाको अवधारणाले न्याय सम्पादन भइरहेको छ । गाउँपालिकाको ८ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरि ती केन्द्रबाट समुदायमा हुने गरेका विवाद समाधान र मेलमिलाप गराउने गरेको पाठक बताउँछिन् । उनका अनुसार मेलमिलाप केन्द्रमा विशेषगरी लेनदेन, घरेलु हिंसा लगायतका निवदेनहरु आउने गरेका छन् । यस्ता निवेदन उपर सम्बन्धित वडाको मेलमिलाप केन्द्रबाट समाधान खोजिन्छ । त्यहाँ समाधान हुन नसकेको विवाद स्थानीय न्यायिक समिति सम्म आईपुग्छ ।

‘हामी कहाँ आएका निवेदनमाथि बहुआयामिक ढंगबाट छलफल गर्छौ, त्यसपछि समाधान गर्छौ, यहाँ समाधान हुन नसकेका र जटिल खालका निवेदनलाई अदालती कारबाहीका लागि सिफारिस गर्ने गरेका छौं,’ पाठकले भनिन् । कतिपय कानूनको अभावमा काम गर्न अप्ठ्यारो हुने गरेको उनी बताउँछिन् । उनले थपिन्, ‘काम गर्ने क्रममा अनेक अप्ठ्यारा हामीले भोग्दै आएका थियौं, तर गाउँपालिकाले कानून बनाएर समस्याको हल गरिरहेको छ ।’


प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्