Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • ज्ञानोदय सामुदायिक पुस्तकालयले गर्यो २० औं साधारणसभा
ज्ञानोदय सामुदायिक पुस्तकालयले गर्यो २० औं साधारणसभा
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, भदौ १५, २०८१

नेपालगन्ज : ‘निरन्तर शिक्षाका लागी पुस्तकालय’ भन्ने आर्दश वाक्यका साथ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले शनिबार आफ्नो २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाका प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आचार्यले पुस्तकालय सबैको साझा थलो भएकाले यसलाई जोगाउनुपर्ने बताए ।

पुस्तकालय स्थानीय सरकारको सम्पत्ती भएको बताउँदै यसमार्फत समाज उठेका विभिन्न विषयमा बसह चलाउनु धारणा राखे । उनले आगामी दिनमा कोहलपुर नगरपालिकाले पुस्तकालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । विभिन्न व्यक्तिले समाजमा पु¥याएको योगदानलाई उच्च कदर गर्दै सम्मान गरेकोमा नगरप्रमुख आचार्यले खुुसी व्यक्त गरे ।  कार्यक्रमका विशिष्ट अतिथि तथ जिल्ला समन्वय समिति बाँकेका उपाध्यक्ष सीता कार्कीले पुस्तकालयले दीर्घकालसम्म पनि भाषा, कला, साहित्य, संस्कार, संस्कृति लगायतका कुराहलाई जोगाउन पहल गर्ने बताईन् ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका पूर्वमेयर लुटबहादुर रावतले पुस्तकालय सबैको साझा संस्था भएकाले यसको विकासमा सवै क्षेत्रले सहयोग गर्नु पर्ने बताए । पुस्तकालयले समाजमा गर्दै आएका चेतनामुलक कार्यक्रमले समाजलाई सहि बाटोमा डो¥याउन पहल गर्ने उनले बताए । कार्यक्रममा बागेश्वरी बहुमुखी क्याम्पस प्रमुख दानबहादुर हमालले क्याम्पस र पुस्तकालय बिचमा सम्झौता गरेर शैक्षिक गतिविध सञ्चालन गर्न सकिने बताए ।

यस्तै कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, नेपाली काँग्रेसमा नगरसभापति वीरेन्द्र कुमार शाह, नेकपा एमाले कोहलपुर नगरकमिटि अध्यक्ष कुलबहादुर भट्टराई लगायतले पुस्तक र पुस्तकालय समाजको रंग भएकाले यसको उत्थानमा सबैजना एकजुट भएर लाग्नु पर्ने बताए । कार्यक्रमका सभापति तथा पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयले सुरू गरेको नगर सूचना केन्द्रलाई सबैखालका सूचना प्रदान गर्न आग्रह गरे । 

नगरका सबैखाले सूचना पुस्तकालयबाटै प्रवाह गर्न सकिने र संस्थाको नाममा रहेको खाली जमिनमा आवश्यक भवन निर्माणको लागी नगरपालिका, अन्य दाताहरूलाई सहयोग गर्न समेत आग्रह गरे । उनले, आगामि दिनमा योभन्दा बढि धेरै कार्यक्रमहरू गर्ने प्रतिवद्धता समेत जनाए । साथै पुस्तकालयले आफनो बार्षिक साधारणसभामा विभिन्न क्षेत्रमा काम गर्नेहरूलाई सम्मान समेत गरेको थियो । 

सम्मान हुनेहरूमा स्वर्गीय हरिप्रसाद पौडल स्मृती समाजसेवी पुरस्कारबाट कोहलपुर नगरपालिकाका पूर्वमेयर लुटबहादुर रावत, नियमित पाठकतर्फ निमबहादुर थापा, वर्ष पुस्तक दाताको रूपमा भरत पनेरू, सरसफाई अभियानमा सहयोगकर्ता कोहलपुर नगर प्रहरी प्रमुख बीरबहादुर थापा, शैक्षिक संस्थामा सहयोग तथा अक्षयकोष निर्माण गर्ने शिक्षाप्रेमी कमला मल्ल, पुस्तकालयलाई नगर सूचना केन्द्र निर्माण गर्न सहयोग गर्ने गोविन्दप्रसाद पाण्डे र पूर्वकार्यसमितिबाट उपाध्यक्ष लालबहादुर राना, सचिव सुशिल सापकोटा, सह–सचिव निर्मल आचार्य, कोषाध्यक्ष रजनी शर्मालाई सम्मान गरिएको थियो ।

यस्तै पुस्तकालयले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा निर्णायकको भुमिका निर्वाह गरेका भद्र सुवेदी, मोहन प्रसाद उपाध्यय, राजविक्रम चन्द, सुशिल विसी, सामर्थ थापा, जयश्वर पौडेल, नारायणी सिग्देल र ललीतप्रकाश चन्दलाई कदरपत्र प्रदान गरेको थियो । यस्तै कोहलपुर नगर क्षेत्रभित्र रहेका राष्ट्रिय परिक्षा बोर्ड आव २०८०÷०८१ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालय क्रमशः त्रिभुवन नमुना मावि, जीवन ज्योति मावि पञ्चमुखी मावि र जन ज्योति पव्लिक स्कुललाई सम्मान गरेको थियो ।

पुस्तकालय दिवसको अवसरमा पाक्षिक रूपमा सञ्चालन भएको विभिन्न कार्यक्रमका विजेताहरूलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । संस्थाका सचिव एकराज शर्मा र कोषाध्यक्ष पवित्रा ढकालले क्रमशः वार्षिक र आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए । संस्थाका उपाध्यक्ष मणिप्रसाद गैरेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव एकराज शर्माले गरेका थिए । 


प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्