Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बाँके र बर्दियाका सरोकारवालाले भने, ‘वन्यजन्तुमैत्री पुर्वाधार निर्माण गर्नुको विकल्प छैन’
बाँके र बर्दियाका सरोकारवालाले भने, ‘वन्यजन्तुमैत्री पुर्वाधार निर्माण गर्नुको विकल्प छैन’
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, भदौ १९, २०८१

नेपालगन्ज : ‘वन्यजन्तुमैत्री पुर्वाधार’ निर्माण गर्नुपर्नेमा सम्बद्ध सरोकारवालाले जोड दिएका छन् । नेचर मिडिया नेटवर्कले बाँके र बर्दियाका जनप्रतिनिधि तथा सम्बद्ध सरोकारवालासँग कोहलपुरमा गरेको कार्यशालामा बोल्ने बक्ताले जोड दिएका हुन् । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले वन्यजन्तु र मानवबीच सह-अस्तित्व कायम गर्नुको विकल्प नभएकोमा जोड दिदै अब बन्ने भौतिक पुर्वाधार वन्यजन्तुमैत्री बनाउनुपर्ने बताए ।

‘हामीले अब बनाउने संरचना वातावरण र वन्यजन्तुमैत्री भएनन् भने वन्यजन्तुलाई मात्र होईन, मानवलाई पनि बचाउन गाह्रो हुन्छ,’ उनले भने । मानव र वन्यजन्तु बीचको अस्तित्व स्वीकार गरेर आगामी दिनमा विकास र संरक्षणका काम अगाडी बढाउनुपर्ने मन्त्री कुर्मीले जोड दिए । 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले वन्यजन्तुमैत्री पुर्वाधार नहुँदा निकुञ्ज र वन क्षेत्रसँग जोडिएको पुर्व–पश्चिम राजमार्गमा ठुलो संख्यामा वन्यजन्तु र मानिसले अकालमा ज्यान गुमाउनु परिरहेको बताए । ‘राजमार्गमा अण्डर र ओभर पास नहुँदा तीब्र गतिमा गुड्ने सवारी साधन दुर्घटना हुँदा मानिसले अकालमा ज्यान गुमाइरहेका छन्, अर्को कुरा सडक पार गर्ने क्रममा सवारी साधनको ठक्करबाट वन्यजन्तु पनि मरिरहेको अवस्था छ,’ उनले भने ।

मानव र वन्यजन्तुको क्षति कम सरकारले पहिलो चरणमा निकुञ्ज क्षेत्रमा मात्रै भएपनि अण्डर र ओभर पास निर्माण गर्ने कामको सुरुवात गर्नुपर्ने सुझाव दिए । सरकारले पूर्व–पश्चिम राजमार्गलाई चारलेनमा बिस्तार गर्ने तयारी गरिरहँदा विशेषगरी राजमार्ग क्षेत्रमा वन्यजन्तुमैत्री पुर्वाधार बनाउनुपर्ने बहस चलेको हो । 

Nature-Media-Programme-1725471552.jpeg
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वन्यजन्तुमैत्री पुर्वाधार निर्माण गर्नु अबको आवश्यकता रहेको बताए । ‘सडक निर्माणको कुनै मापदण्ड भएनन, विकास निर्माणका नाममा जथाभावी वन क्षेत्रलाई प्रयोग गर्दा वन्यजन्तु जोखिममा परे, त्यसको असर मान्छेमा पनि परेको छ,’ उनले भने ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले वन्यजन्तुमैत्री पुर्वाधार नहुँदा सडक र सिँचाई नहर तथा कुलोमा परेर बाँके र बर्दियामा थुप्रै वन्यजन्तुले अकालमा ज्यान गुमाएको बताए । तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘वन्यजन्तुमैत्री पुर्वाधारको कुरा गर्दा संरक्षणकर्मीलाई विकास विरोधीको आरोप लाग्छ, वन्यजन्तुहरु निर्वाध रुपमा आवत–जावत गर्न पाउनेगरी पुर्वाधार बनाउनुपर्छ, भन्ने हाम्रो भनाई हो ।’ 

नेचर मिडिया नेटवर्कले बाँके र बर्दियाका जनप्रतिनिधि तथा सम्बद्ध सरोकारलाबीच कोहलपुरमा गरेको कार्यशालामा वन तथा वातावरणविद् डा. रोशन शेरचनले वन्यजन्तुमैत्री पुर्वाधार निर्माणका असल अभ्यास र गलत तरिकाले निर्मित पुर्वाधारले पारेको समस्या र चुनौतीबारे अवगत गराए । स्थानीय शासन विज्ञ पुरुषोतम खतिवडाले स्थानीय सरकारले पुर्वाधार निर्माण गर्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी गराए । डब्लुडब्लुएफका एकराज सिग्देलले नेपाल सरकारले अब निर्माण गर्नुपर्ने भौतिक पुर्वाधार वन्यजन्तुमैत्री बनाउनुपर्ने सुझाव दिए । 

सो क्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल, बारबर्दिया नगरपालिकाका प्रमुख छबिलाल थारु, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिनाकुमारी भट्टराई, बाँसगढी नगरपालिकाका वडाअध्यक्ष कृष्णप्रसाद बास्तोला, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका उपाध्यक्ष रामबहादुर भण्डारी, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य लगायतले वन्यजन्तुमैत्री पुर्वाधार निर्माणका लागि सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिदै सरकारले नीतिगत रुपमै यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताए । 

सरकारले ‘वन्यजन्तुमैत्री पुर्वाधार निर्माण निर्देशिका–२०७८’ जारी गरिसकेको छ । तर, उक्त निर्देशिकाबारे सडक, सिँचाई जस्ता सरकारी कार्यालयका अधिकारी तथा प्राविधिक नै अनविज्ञ देखिएका छन् । निर्देशिकाबारे जानकारी दिन र यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान सबै सरोकारवालालाई एकै ठाउँमा राखेर कार्यक्रम गरिएको नेचर मिडिया नेटवर्कका कार्यकारी निर्देशक सुबोध गौतमले बताए । ‘अहिले पनि धेरैलाई निर्देशिकाको बारेमा त्यति जानकारी नै छैन, निर्देशिकाको बारेमा जानकारी दिन र प्रभावकारी रुपले कार्यान्वयन गराउनका लागि नेचर मिडिया नेटवर्कले कार्यक्रम गरेको हो,’ गौतमले भने । 

पुर्व–पश्चिम राजमार्गलाई फराकिलो बनाउन सरकारले तयारी गरिरहेका बेला वन्यजन्तुमैत्री पुर्वाधार निर्माण निर्देशिकालाई कार्यान्वयन गर्न आवश्यक रहेको संस्थाका निर्देशक पिताम्बर सिग्देलले बताए । उनका अनुसार उक्त संस्थाले पुर्वपश्चिम राजमार्गले छोएका लुम्बिनी र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुगेर सरोकारवाला निकायलाई निर्देशिकाबारे जानकारी गराएको छ । 


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्