Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • जुँगे महादेव मन्दिर निर्माणमा चरम लापरबाही
जुँगे महादेव मन्दिर निर्माणमा चरम लापरबाही
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ २४, २०८१
मन्दिर निर्माणको काम अलपत्र परेपछि बागेश्वरी मन्दिर परिसरको कुनामा छोपेर राखिएको जुँगे महादेवको मुर्ति ।

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका र ठेकेदारको चरम लापरबाहीले पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको ऐतिहासिक जुँगे महादेव मन्दिर र पुल स्तर उन्नतीको काम अलपत्र परेको छ । उपमहानगरपालिकाले ठोस योजना बिना नै जुँगे महादेव मन्दिर र पुल स्तर उन्नती गर्न भन्दै पुरानो संरचना भत्काएको थियो । तर, लामो समय भईसक्दा पनि पुल स्तर उन्नतीको काम हुन सकेको छैन ।

तलाउको बीचमा रहने मन्दिर र पुल स्तर उन्नती समयमा नहुँदा स्थानीय बासिन्दा तथा धार्मिक अगुवाहरुमा आक्रोश बढेको छ ।यसमा उपमहानगरपालिका र ठेकेदारको चरम लापरबाही भएको उनीहरुको भनाई छ । उपमहानगरपालिकाले प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको ऐतिहासिक महत्व बोकेको जुँगे महादेवको ‘अपमान’ गरेको उनीहरुको आरोप छ । ‘जुँगे महादेवमाथी अपमान अपमान भएको छ, यसमा नेपालगन्ज उपमहानगरपालिकाको एकदमै लापरबाही देखिन्छ,’ स्थानीय ललितकुमार रौनियारले भने । 

आफुहरुले मन्दिर र पुल स्तर उन्नतीको काम छिटो सम्पन्न गर्ने विषयमा पटक–पटक उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको उनले सुनाए । जुँगे महादेव मन्दिर र मन्दिरसम्म पुग्ने पुल स्तर उन्नतीको काम अलपत्र परेपछि सामाजिक सञ्जाल तथा विभिन्न चोक, चौतारामा पनि टिप्पणी भइरहेका छन् । नेपालगन्ज ग्यालरीका महेश श्रेष्ठले जुँगे महादेव मन्दिर र पुल स्तर उन्नतीको काम ढिलो हुनुमा उपमहानगरपालिका मुख्य जिम्मेवार रहेको सुनाए । 

सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै उनले भने, ‘जुँगे महादेव मन्दिरको स्तर उन्नतीको काममा ज–जसले लापरबाही गरेका छन्, यसको मुल्यांकन अवश्य हुनेछ ।’ मन्दिरको समयमा स्तर उन्नती नगरेर जुँगे महादेवलाई ‘बन्धक’ पारिएको उनको टिप्पणी छ । जीर्ण अवस्थामा रहेको मन्दिर स्तर उन्नती गरिने भएपछि त्यहाँ राखिएको ऐतिहासिक जुँगे महादेवको मुर्तिलाई बागेश्वरी मन्दिर परिसरकै एउटा कुनामा थन्क्याइएको छ । स्थानीयका अनुसार मन्दिरमा पुग्ने दर्शनार्थीले जुँगे महादेवको सहज रुपमा पुजा पाएका छैनन् । 

जुँगे महादेव मन्दिर र पुल स्तर उन्नती गर्नका लागि ठेकेदार कम्पनी ‘ग्रेटर नेपाल कन्सट्रक्सन’ नेपालगन्ज–१९, बाँकेले २०७९ चैत २ गते १ करोड ८ लाख ७३ हजार ८ सय ९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले २०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भएपनि अहिलेसम्म आधा काम पनि सम्पन्न गर्न नसकेको बताइन्छ । तोकिएको समयभित्र काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीले आगामी २०८१ पुस १ गतेसम्म म्याद पाएको छ । 

उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले मन्दिर स्तर उन्नतीको कार्य प्रगति ठिक रहेको दाबी गरे । ‘कामको प्रगति ठिक छ, यो एकदमै कठिन काम हो, बाहिरबाट बोलेको जस्तो सजिलो छैन,’ उनले भने ‘कहिले पुजाआजा, कहिले भिडभाडले गर्दा ठेकेदारले काम नै गर्न पाएको छैन ।’ तोकिएको समयभित्र काम गर्न नसकेको ठेकेदारको ठेक्का तोड्नुभन्दा म्याद थप्नु नै उचित लागेको मेयर बिष्टले सुनाए । आगामी शिवरात्रीमा दर्शनार्थीले जुँगे महादेव मन्दिरमा पुजा गर्न पाउने गरी काम सम्पन्न हुने उनले बताए । 

उपमहानगरपालिकाका इन्जिनियर भुपेन्द्र बोहराले अहिलेसम्म पुलको ढलान र पुर्वतर्फको घाट निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । अझै तलाउको बीचमा रहेको मन्दिरको पिलर तथा छत ढलान कार्य फ्लोरिङ, रंगरोगन र अन्य फिनिसिङका काम बाँकी नै रहेको उनले बताए । 


प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्