Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘कोहलपुरमा पाउडर दुध उत्पादन पहिलो प्राथमिकतामा’ : कृषि मन्त्री अधिकारी
‘कोहलपुरमा पाउडर दुध उत्पादन पहिलो प्राथमिकतामा’ : कृषि मन्त्री अधिकारी
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, कात्तिक १३, २०८१

कोहलपुर  : कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले कोहलपुरमा पाउडर दुध उत्पादनका लागि आवश्यक पुर्वाधार बनाउन पहिलो प्राथमिकतामा रहेको बताएका छन् । नेपाल किसान महासंघ बाँकेले मंगलबार कोहलपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कोहलपुरमा रहेको दुग्ध विकास आयोजनामा पाउडर दुध उत्पादन गर्नका लागि स्थानीय स्तरबाट माग भएको र कोहलपुर नगरपालिकाका मेयरले नै भेटेर आग्रह गरेको स्मरण गर्दै मन्त्री अधिकारीले आफ्नो कार्यकालमा यसलाई प्राथमिकतामा राखेको जानकारी दिए । बाँकेको खजुरामा रहेको कपास विकास समितिलाई चलायमान गराउने विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको बताए । 'म मन्त्री भएपछि यसै जिल्लाका माननीय समेत रहनु भएका कांग्रेस सहमहामन्त्री ज्यूले कपास विकास समितिलाई पूर्ण दिनुपर्ने सुझाव दिनु भयो, यसमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने ।  

उनले किसानका लागि ठुलो काम गर्न नसकेपनि गलत नगर्ने ठोकुवा पनि गरे । अगाडी भने, ‘मैले कृषि मन्त्रीको जिम्मेवारी पाएको छु, अर्को कुरा मैले सिंगो कांग्रेसलाई बोकेको पनि छु, किसानका लागि ठुलो काम गर्न नसकौला, तर गलत गर्दिन, यदी मैले बद्मासी गरे भने मेरो तीन पुस्तालाई हान्छ ।’ आफुले गरेको काममा कसैलाई प्रश्न उठाउन नदिने प्रतिवद्धता जनाए । किसानका थुप्रै समस्याहरु रहेकोमा आफु जानकार रहेको भन्दै मन्त्री अधिकारीले भने, ‘किसानका समस्याहरु धेरै छन्, तत्कालै समस्या समाधान गरिदिन पाए हुन्थ्यो झै लागेको छ, तर काम गर्ने क्रममा थुप्रै अप्ठ्यारा आउँदा रहेछन् ।’

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सरकारले किसानका लागि सिचाई, मल र बीउको उचित ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए । ‘किसानका लागि सिचाई, मल र बीउको उचित ब्यवस्थापन गरेमा किसानलाई धेरै राहत मिल्नेछ,’ उनले भने । यस्तै किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुले रासायनिक मल लिनका लागि किसानहरु पैसा लिएर उभिएर खाली हात घर फर्किनुपर्ने अवस्था रहेको सुनाए ।

‘सरकारले किसानका लागि समयमै मलखाद र सिचाईका लागि पानीको ब्यवस्था गर्न सक्योे भने धेरै राहत मिल्छ,’ उनले भने । अहिले किसानहरुले बिचौलियाबाट धान बिक्री गर्नु परिरहेको अध्यक्ष थारुले दुखेसो पोखे । ‘सरकारले गरेको निर्णय अनुसार किसानले धानको मुल्य पाइरहेका छैनन्,’ उनले भने ।

उक्त कार्यक्रममा किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रिता केसी, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, किसान महासंघका केन्द्रीय सदस्य रमेश रावल लगायतले पनि बोलेका थिए । सो क्रममा नेपाल किसान महासंघ बाँकेका उपाध्यक्ष टेकबहादुर खड्काले स्वागत गरेका थिए । कार्यक्रममा किसान महासंघका पूर्वअध्यक्ष भानुभक्त भट्टराईलाई सम्मान समेत गरिएको सचिव महेन्द्र मल्ल ठकुरीले जानकारी दिए । 

कार्यक्रममा सहभागी हुन मंगलबार बिहान काठमाडौंबाट नेपालगन्ज आईपुगेका मन्त्री अधिकारीले कोहलपुरस्थित दुग्ध विकास आयोजना, कृषि अनुसन्धान निर्देशनालय खजुरा र कोषेबाली अनुसन्धान कार्यालय खजुराको स्थलगत निरीक्षण गरेर आवश्यक निर्देशन दिए । मन्त्री अधिकारीलाई बाँकेस्थित किसान, सहकारी संस्था तथा दुग्ध ब्यवसायीले ज्ञापन पत्र बुझाएका थिए । उनी मंगलबार बेलुका नै काठमाडौं फर्केका छन् । 


प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्