Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु
नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, कात्तिक २२, २०८१

नेपालगन्ज : प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु भएको छ । वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्स आजबाट आरम्भ भएको हो ।

महोत्सवको एक समारोहका बीच पं पोखरेलले पानसमा दियो बालेर उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जीवनको अन्तिम सत्यकारुपमा रहे्को मृत्युलाई सहज र सम्मानपूर्वक बनाउन वैकुण्ठधामको परिकल्पना गरिएको बताए ।

उनले हरेक मानीसको सरकोकारको विषय भएकाले वैकुण्ठधाम निर्माण अभियानमा सबैको सहभागिता आवश्यक रहने बताए । उनले आफ्नो प्रवचन भागवतमामात्र केन्द्रति नहुने स्पष्ट पार्दै महोत्सवमा युवा केन्द्रीत प्रवचन हुने जानकारी दिए । विज्ञान र आध्यात्मको सम्बन्धको ब्याख्या प्रवचन मार्फत उजागर गरिने बताउँदै पं पोखरेलले आध्यात्मिक दर्शनलाई युवाहरुसम्म पुर्याउने जनाए ।

आध्यात्मिक महोत्सवले धार्मिक र साम्प्रदायिक सदभावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले सबै धर्म र सम्प्रदायलाई आध्यात्मिक महोत्सवमा सहभागी हुन आग्रह गरे । उनले बाँकेका सबै स्थानीय निकाय र बर्दियाबाट समेत वैकुण्ठधाम निर्माणमा योगदान रहने विश्वास ब्यक्त गर्दै उनले बाँकेमा बन्ने धाम पश्चिम नेपालकै आर्यघाट बन्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रत्न खत्रीले वैकुण्ठधाम सिधनियाघाट निर्माणलाई प्रदेश सरकारको गौर।वको आयोजना बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले वैकुण्ठधाम दाहसंस्कारस्थल मात्र नभएर धार्मिक पर्यटकियस्थलका रुपमा पनि विकास गरिने भएकाले यसको सार्थकताले अmभै महत्व थपेको उल्लेख गरे ।

प्रतिनधिसभा सदस्य दीपा शर्माले महोत्सवबाट आर्जन गरेर नपुगेको रकम सरकारले बजेट मार्फत व्यवस्था गरउने बताइन् । उनले वैकुण्ठधाम निर्माणमा सहयेग गर्न प्रदेश र स्थानीय सरकारको साझा संकल्प हुनुपर्ने बताइन् । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालगन्ज उपमहानगर प्रमुख प्रसान्त विष्ट, कोहलपर नगरपालिकाकी उपप्रमुख संगिता सुबेदीलगायतले् महोत्सवको सफलता सहित वैकुण्ठधाम निर्माणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गेका थिए ।

उदघाटन पूर्व  पहिलोदिन महोत्सवस्थल रामलिला मैदानबाट निस्केको शोभा कलशयात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः रामलिला मैदान पुगेर सम्पन्न भएको थियो । बिहान ११ बजे महोत्सव स्थल रामलिला मैदानबाट झाँकी सहित निस्केको शोभा कलशयात्रा भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोझी, सेतु बिक चोक हुदै त्रिभुवन चोक, रानी तलाउ हुदै पुनः रामलिला मैदानमा पुगेर समापन भएको थियो ।

जाती, भाषा, धर्म र सम्प्रदायको झाँकी सहितको कलशयात्रामा हजार बढी स्थानीयबासीको सहभागिता रहेको थियो । सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । उदघाटनका दिनसम्ममा ५० लाख बढी संकलन भइसकेको उनले जानकारी दिए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चानेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

उनका अनुसार महोत्सवका बीच इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्नेछन् ।महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ ।

धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए । कार्यक्रममा बाँकेका विभिन्न धार्मिक मठ मन्दिरका साधुसन्तसहित समाजका विशिष्ठ व्यक्तिहरुो उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्