Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बस्ती ब्यवस्थापनको बाटो खुलेसँगै 'औद्योगिक क्षेत्रको काममा सहजता'
बस्ती ब्यवस्थापनको बाटो खुलेसँगै 'औद्योगिक क्षेत्रको काममा सहजता'
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर ५, २०८१

बाँके (बैजनाथ) : बस्ती ब्यवस्थापनको बाटो खुलेसँगै बाँकेको बैजनाथमा निर्माण हुन लागेको लुम्बिनी प्रदेश स्तरको ‘नौवस्ता औद्योगिक क्षेत्र’ को काममा सहजता आएको छ । औद्योगिक क्षेत्र आसपासको मानव बस्तीका कारण निर्माणको काम लामो समयदेखी रोकिएको थियो । 

मानव बस्तीलाई ब्यवस्थापन गरेर औद्योगिक क्षेत्र निर्माणका लागि पुनः नक्सांकन गरिएकोमा कुल ३ सय ३८ विघा जमिनमध्ये भोग चलन गरिरहेका स्थानीयलाई ५५.६ विघा जग्गा उपलब्ध गराइने भएको हो । स्थानीय बासिन्दालाई जग्गा उपलब्ध गराएर औद्योगिक क्षेत्र निर्माणको काम अगाडी बढाउनमा यसअघि स्थानीय सरकार, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड लगायत सहमत भएका थिए ।

स्थानीयलाई जग्गा उपलब्ध गराउनका लागि छुट्याइएको ५५।६ विघा जग्गा राष्ट्रिय भूमी आयोगको नाममा लैजान क्याबिनेट बैठकमा प्रस्ताव लगिने भएको छ । मन्त्री परिषदको निर्णयपछि आयोगले नौवस्ता औद्योगिक क्षेत्र आसपासका स्थानीयलाई जग्गा प्रदान गर्नेछ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बस्ती ब्यवस्थापनको बाटो खुलेसँगै नौवस्ता औद्योगिक क्षेत्र को काममा सहजता आएको बताए ।  

निर्माणाधिन औद्योगिक क्षेत्रमा रहेको जग्गा मध्ये सशस्त्र प्रहरी बल नौवस्तालाई २० विघा र क्षेत्रीय कारागारलाई १० विघा जग्गा छुट्याइएको छ । ‘मानव बस्ती ब्यवस्थापन हुन नसक्दा औद्योगिक क्षेत्र निर्माणको कामले गति लिन नसकिरहेको अवस्थामा अब चाडै काम अगाडी बढ्ने हामीलाई विश्वास छ,’ शाहीले भने । साविकको क्षेत्रफल घटेपछि नौवस्ता औद्योगिक क्षेत्रको नाममा अब २ सय ५३ विघा जग्गा कायम हुने भएको छ । 
बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष निखिल बैगारले तिहार लगत्तै बस्तीको नक्सांकन कायम गरेर बाटो निकाल्ने बताए । उनले भने, ‘स्थानीय बासिन्दाका लागि छुट्याएको जग्गाको विषयमा नेपाल सरकारको क्याबिनेट बैठकले निर्णय गर्छ, त्यसपछि राष्ट्रिय भूमी आयोगमार्फत जग्गा हस्तान्तरण गरिन्छ ।’ औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले गतवर्ष ड्रोनमार्फत र स्थलगत रुपमा पुनः नक्सांकन गरेको थियो । औद्योगिक क्षेत्र निर्माण स्थलको पुनः नक्सांकन भएपनि निर्माणको काम अगाडी बढ्न सकेको थिएन । 

वडाअध्यक्ष बैगारले औद्योगिक क्षेत्र निर्माणको काम अगाडी बढाउनमा कुनै किसिमको बाधा, ब्यवधान अब नभएको बताए । ‘हाम्रोतर्फबाट गर्नुपर्ने सहजीकरणको काम गरिरहेका छौं, स्थानीय बासिन्दा, क्षेत्रीय कारागार, सशस्त्र प्रहरी क्याम्प र औद्योगिक क्षेत्रको जग्गा छुट्याएर नयाँ नक्सांकन गरिसकेपछि अब त्यसलाई सरकारले आवश्यक निर्णय गरेर बैधानिकता दिनुपर्छ,’ उनले थपे । सरकारले साविकको नौबस्ता गाविस हाल बैजनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पुर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लामा रहेको ५ सय २५ विघा सरकारी जग्गा मध्ये कुल ३ सय ३८ विघा जग्गालाई यसअघि औद्योगिक क्षेत्रको नाममा ल्याएको थियो । तर, उक्त जग्गालाई स्थानीय बासिन्दा, क्षेत्रीय कारागार, सशस्त्र प्रहरी क्याम्पले पनि उपयोग गरेपछि पुनः नक्सांकन गरेर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाइएको हो । 

नौवस्ता औद्योगिक क्षेत्र संघिय सरकारले सुरु गर्न लागेको बहुवर्षिय आयोजना हो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद बैठकबाट सरकारले बाँकेको नौवस्तामा लुम्बिनी प्रदेश स्तरिय औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । घोषणा पश्चात सरकारले २०७५ कात्तिक ७ गते औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरेको थियो ।

औद्योगिक क्षेत्रमा उत्पन्न विवाद लामो समयसम्म चलेका कारण निर्माण कार्य अगाडी बढ्न सकेन । औद्योगिक क्षेत्र निर्माण स्थलमा बसोबास गर्ने स्थानीयले बस्ती ब्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका थिए । औद्योगिक क्षेत्र निर्माण स्थलमा बस्ती ब्यवस्थापनको मुद्दा हरेक निर्वाचनमा राजनीतिक दलका लागि प्रमुख एजेण्डा समेत बन्ने गरेको थियो । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष बाबुराम पन्तले नौवस्ता औद्योगिक क्षेत्र निर्माणको काम अब चाडै अगाडी बढ्ने बताए । ‘उत्पन्न भएका बिवादलाई समाधान गरेर यसैवर्षबाट निर्माणको काम अगाडी बढाउने तयारीमा छौं,’ उनले टेलिफोनमा भने ।

नौवस्ता औद्योगिक क्षेत्रभित्र सडक, बिद्युत, पानी, आवास, प्रशासन, भन्सार, ईन्धन पम्प, दुषित पानी प्रशोधन प्लान्ट, हेभी ट्रक पार्किङ लगायतका पुर्वाधार निर्माण गर्ने औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले जनाएको छ । औद्योगिक क्षेत्रबाट २० हजार भन्दा बढी ब्यक्तिले रोजगारी पाउने अपेक्षा गरिएको छ ।  


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्