Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • बस्ती ब्यवस्थापनको बाटो खुलेसँगै 'औद्योगिक क्षेत्रको काममा सहजता'
बस्ती ब्यवस्थापनको बाटो खुलेसँगै 'औद्योगिक क्षेत्रको काममा सहजता'
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर ५, २०८१

बाँके (बैजनाथ) : बस्ती ब्यवस्थापनको बाटो खुलेसँगै बाँकेको बैजनाथमा निर्माण हुन लागेको लुम्बिनी प्रदेश स्तरको ‘नौवस्ता औद्योगिक क्षेत्र’ को काममा सहजता आएको छ । औद्योगिक क्षेत्र आसपासको मानव बस्तीका कारण निर्माणको काम लामो समयदेखी रोकिएको थियो । 

मानव बस्तीलाई ब्यवस्थापन गरेर औद्योगिक क्षेत्र निर्माणका लागि पुनः नक्सांकन गरिएकोमा कुल ३ सय ३८ विघा जमिनमध्ये भोग चलन गरिरहेका स्थानीयलाई ५५.६ विघा जग्गा उपलब्ध गराइने भएको हो । स्थानीय बासिन्दालाई जग्गा उपलब्ध गराएर औद्योगिक क्षेत्र निर्माणको काम अगाडी बढाउनमा यसअघि स्थानीय सरकार, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड लगायत सहमत भएका थिए ।

स्थानीयलाई जग्गा उपलब्ध गराउनका लागि छुट्याइएको ५५।६ विघा जग्गा राष्ट्रिय भूमी आयोगको नाममा लैजान क्याबिनेट बैठकमा प्रस्ताव लगिने भएको छ । मन्त्री परिषदको निर्णयपछि आयोगले नौवस्ता औद्योगिक क्षेत्र आसपासका स्थानीयलाई जग्गा प्रदान गर्नेछ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बस्ती ब्यवस्थापनको बाटो खुलेसँगै नौवस्ता औद्योगिक क्षेत्र को काममा सहजता आएको बताए ।  

निर्माणाधिन औद्योगिक क्षेत्रमा रहेको जग्गा मध्ये सशस्त्र प्रहरी बल नौवस्तालाई २० विघा र क्षेत्रीय कारागारलाई १० विघा जग्गा छुट्याइएको छ । ‘मानव बस्ती ब्यवस्थापन हुन नसक्दा औद्योगिक क्षेत्र निर्माणको कामले गति लिन नसकिरहेको अवस्थामा अब चाडै काम अगाडी बढ्ने हामीलाई विश्वास छ,’ शाहीले भने । साविकको क्षेत्रफल घटेपछि नौवस्ता औद्योगिक क्षेत्रको नाममा अब २ सय ५३ विघा जग्गा कायम हुने भएको छ । 
बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष निखिल बैगारले तिहार लगत्तै बस्तीको नक्सांकन कायम गरेर बाटो निकाल्ने बताए । उनले भने, ‘स्थानीय बासिन्दाका लागि छुट्याएको जग्गाको विषयमा नेपाल सरकारको क्याबिनेट बैठकले निर्णय गर्छ, त्यसपछि राष्ट्रिय भूमी आयोगमार्फत जग्गा हस्तान्तरण गरिन्छ ।’ औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले गतवर्ष ड्रोनमार्फत र स्थलगत रुपमा पुनः नक्सांकन गरेको थियो । औद्योगिक क्षेत्र निर्माण स्थलको पुनः नक्सांकन भएपनि निर्माणको काम अगाडी बढ्न सकेको थिएन । 

वडाअध्यक्ष बैगारले औद्योगिक क्षेत्र निर्माणको काम अगाडी बढाउनमा कुनै किसिमको बाधा, ब्यवधान अब नभएको बताए । ‘हाम्रोतर्फबाट गर्नुपर्ने सहजीकरणको काम गरिरहेका छौं, स्थानीय बासिन्दा, क्षेत्रीय कारागार, सशस्त्र प्रहरी क्याम्प र औद्योगिक क्षेत्रको जग्गा छुट्याएर नयाँ नक्सांकन गरिसकेपछि अब त्यसलाई सरकारले आवश्यक निर्णय गरेर बैधानिकता दिनुपर्छ,’ उनले थपे । सरकारले साविकको नौबस्ता गाविस हाल बैजनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पुर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लामा रहेको ५ सय २५ विघा सरकारी जग्गा मध्ये कुल ३ सय ३८ विघा जग्गालाई यसअघि औद्योगिक क्षेत्रको नाममा ल्याएको थियो । तर, उक्त जग्गालाई स्थानीय बासिन्दा, क्षेत्रीय कारागार, सशस्त्र प्रहरी क्याम्पले पनि उपयोग गरेपछि पुनः नक्सांकन गरेर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाइएको हो । 

नौवस्ता औद्योगिक क्षेत्र संघिय सरकारले सुरु गर्न लागेको बहुवर्षिय आयोजना हो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद बैठकबाट सरकारले बाँकेको नौवस्तामा लुम्बिनी प्रदेश स्तरिय औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । घोषणा पश्चात सरकारले २०७५ कात्तिक ७ गते औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरेको थियो ।

औद्योगिक क्षेत्रमा उत्पन्न विवाद लामो समयसम्म चलेका कारण निर्माण कार्य अगाडी बढ्न सकेन । औद्योगिक क्षेत्र निर्माण स्थलमा बसोबास गर्ने स्थानीयले बस्ती ब्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका थिए । औद्योगिक क्षेत्र निर्माण स्थलमा बस्ती ब्यवस्थापनको मुद्दा हरेक निर्वाचनमा राजनीतिक दलका लागि प्रमुख एजेण्डा समेत बन्ने गरेको थियो । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष बाबुराम पन्तले नौवस्ता औद्योगिक क्षेत्र निर्माणको काम अब चाडै अगाडी बढ्ने बताए । ‘उत्पन्न भएका बिवादलाई समाधान गरेर यसैवर्षबाट निर्माणको काम अगाडी बढाउने तयारीमा छौं,’ उनले टेलिफोनमा भने ।

नौवस्ता औद्योगिक क्षेत्रभित्र सडक, बिद्युत, पानी, आवास, प्रशासन, भन्सार, ईन्धन पम्प, दुषित पानी प्रशोधन प्लान्ट, हेभी ट्रक पार्किङ लगायतका पुर्वाधार निर्माण गर्ने औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले जनाएको छ । औद्योगिक क्षेत्रबाट २० हजार भन्दा बढी ब्यक्तिले रोजगारी पाउने अपेक्षा गरिएको छ ।  


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
थप समाज
जेन-जी आन्दोलनमा ज्यान गुमाएका सुलभको अन्त्येष्टी, आयुसको भोलि
जेन-जी आन्दोलनमा ज्यान गुमाएका सुलभको अन्त्येष्टी, आयुसको भोलि शुक्रबार, भदौ २७, २०८२
संविधान रक्षाका लागि नेपालगन्जमा मौन प्रदर्शन
संविधान रक्षाका लागि नेपालगन्जमा मौन प्रदर्शन शुक्रबार, भदौ २७, २०८२
भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न सेनाको अनुरोध
भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न सेनाको अनुरोध शुक्रबार, भदौ २७, २०८२
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली बिहीबार, भदौ २६, २०८२
नौवस्ता बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु 
नौवस्ता बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु  बुधबार, भदौ २५, २०८२
'जेनजी' आन्दोलनको दोस्रो दिन प्रर्दशनकारी आक्रामक, नेता र पार्टी कार्यालयमा आगजनी
'जेनजी' आन्दोलनको दोस्रो दिन प्रर्दशनकारी आक्रामक, नेता र पार्टी कार्यालयमा आगजनी मंगलबार, भदौ २४, २०८२
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल 
सरकारले बन्द गराएको चार दिनमै खुले फेसबुक, युटुव सहितका सामाजिक सञ्जाल  सोमबार, भदौ २३, २०८२
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु सोमबार, भदौ २३, २०८२
जेनजीको प्रदर्शनका क्रममा गोली लागेर १८ जनाको मृत्यु, २ सय ५० बढी घाइते-(अपडेट)
जेनजीको प्रदर्शनका क्रममा गोली लागेर १८ जनाको मृत्यु, २ सय ५० बढी घाइते-(अपडेट) सोमबार, भदौ २३, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्