Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • जमिन पाउन लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई अनेक अल्झन
जमिन पाउन लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई अनेक अल्झन
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, मंसिर ९, २०८१

नेपालगन्ज : लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई आवश्यक पर्ने जग्गाको अझै टुंगो लागेको छैन । जग्गाको सुनिश्चित नहुँदा विश्वविद्यालयले आफ्नो भौतिक पुर्वाधार निर्माण गर्न सकेको छैन । विश्वविद्यालय लुम्बिनी प्रदेश सरकारको ‘गौरवको योजना’ हो ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विनोदप्रसाद ढकालले जग्गा प्राप्तीको फाईल अहिले पनि भूमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा अड्किएको बताए । ‘जग्गा उपलब्ध गराउन नेपाल सरकारले निर्देशिका परिमार्जन गर्न लागेको छ, तर निर्देशिका अहिलेसम्म परिमार्जन भएको छैन, यसले गर्दा विश्वविद्यालयले जग्गा प्राप्त गर्न सकेको छैन,’ डा. ढकालले भने ‘जग्गा पाउन धेरै ढिलाई भयो, यो सजिलो काम रहेनछ ।’

विश्वविद्यालका लागि बाँकेको खजुरा गाउँपालिकामा झण्डै एक सय विघा जमिन प्रस्ताव गरेर प्रक्रिया अगाडी बढाइएको छ । आफ्नो गौरवको योजना अन्र्तगत प्रदेश सरकारले दुई वर्षअघि विश्वविद्यालय स्थापना गरेको थियो । विश्वविद्यालयले हाल नेपालगन्जस्थित डिभिजन वन कार्यालय बाँकेको परिसरमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको एक सरकारी भवनबाट आफ्नो काम सञ्चालन गर्दै आएको छ ।  यसवर्षबाट विश्वविद्यालयले नेपालगन्जको धम्बोझीस्थित कृषि विकास बैंकको भवनलाई पनि कक्षा सञ्चालनमा प्रयोग गर्ने तयारी छ ।

भौतिक पुर्वाधार नहुँदा विश्वविद्यालयले ढुंक्कसँग आफ्नो कार्यालय तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकेको छैन । कतिपय शैक्षिक कार्यक्रमलाई कार्यालय भवनबाटै चलाईरहेको छ । विश्वविद्यालयका कुल सचिव (रजिष्ट्रार) रेगबहादुर भण्डारी जग्गा प्राप्तीका लागि माथीबाटै निर्णय हुन बाँकी रहेको बताए । ‘यो हाम्रो हातमा छैन, राजनीतिक विषय पनि हो,’ उनले भने । 

भण्डारीका अनुसार गतवर्षबाट ‘बिटेक इन सिएस एण्ड एआई’ र बिटेक इन आईटीको कक्षा सञ्चालन गरिएकोमा यसवर्ष ‘बिटेक इन सिभिल इन्जिनियरिङ’ र ‘बिटेक इन आईटी इन्जिनियरिङ’ को कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसका लागि प्रवेश परिक्षाको नतिजा निकालेर अहिले बिद्यार्थी भर्ना चलिरहेको छ ।  

यसअघि जग्गा सम्बन्धि प्रक्रिया अगाडी बढाएपनि नेपाल सरकारले लिजमा लिनुपर्ने सम्बन्धि कार्यबिधि बनाएका कारण पुनः नयाँ तरिकाबाट प्रक्रिया थाल्नु परेको बताइएको छ । आफ्नै भौतिक पुर्वाधार नहुँदा पठन-पाठन सञ्चालन गर्न चुनौती भएपनि विश्वविद्यालयलाई बिस्तारै आफ्नो गतिमा अगाडी बढाउनु परेको कर्मचारी बताउँछन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्य विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि स्थापना नभएको रजिष्ट्रार भण्डारी बताउँछन् । ‘हामीले काठमाडौं विश्वविद्यालय र भारतको आईआईटीसँग एमओयु गरेका छौं, र अन्य अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग पनि फ्याकेल्टी एक्सचेन्ज, स्टुडेन्ट एक्सचेन्ज कार्यक्रमलाई बढाउने लक्ष्य लिएका छौं,’ भण्डारीले भने । 

उनका अनुसार सरकारी जग्गा भोगाधिकार, उपयोग तर लिजमा लिने संघीय सरकारको ‘कार्यनीति-२०७९’ अनुसार जग्गा लिजमा लिनुपर्ने भएको हो । जग्गा प्राप्ति हुने बित्तिकै शैक्षिक भवन, प्रशासनिक भवन र छात्राबास बनाउने विश्वविद्यालयको योजना छ । जग्गा प्राप्तीको प्रक्रिया लम्बिदाँ यि सबै योजना पछाडी धकेलिने निश्चित भएको विश्वविद्यालयको चिन्ता छ । 


प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्