Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पत्रकार महासंघ बाँकेमा गिरीको नेतृत्व निर्वाचित 
पत्रकार महासंघ बाँकेमा गिरीको नेतृत्व निर्वाचित 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, मंसिर ३०, २०८१

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेमा नविन गिरीको नेतृत्व निर्वाचित भएको छ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव समेत रहेका उनलाई प्रेस चौतारी र युनियनबीचको गठबन्धनले अगाडी सारेको थियो । गिरीले निकटतम प्रतिस्पर्धी प्रेस सेन्टर नेपालका प्रदीप वाग्लेलाई ४८ मतको अन्तरले पराजित गरे ।

तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका गिरीले १ सय १८ मत प्राप्त गरेका छन् । निकटम प्रतिस्पर्धी वाग्लेले ७० मत प्राप्त गरे । अर्का उम्मेदवार विश्वराज पछल्डंङ्याले १९ मत प्राप्त गरेका छन् । निर्वाचनमा उपाध्यक्ष (खुल्ला)मा तिलक गाउँले र रेजिना मल्लले बराबर १०२/१०२ मत प्राप्त गरेर आधा-आधा कार्यकाल सम्हाल्ने सहमति भएको छ ।

यस्तै उपाध्यक्ष(महिला) मा करुणा शाह निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी साबित्री गिरीलाई एक मतले पराजित गरिन् । शाहले १०२ मत प्राप्त गर्दा गिरीले १०१ मत प्राप्त गरेकी थिइन् । शाह यसअघि पनि महासंघ बाँकेको उपाध्यक्ष थिइन् ।यसैगरी सचिवमा प्रेस सेन्टरका कृष्ण ओलीले १०७ मत प्राप्त गरी निर्वाचित भए । उनले युनियन–चौतारी गठबन्धनका शकील अहमद कादरीलाई पराजित गरे ।

ओलीले कादरीलाई १० मतको मतान्तरले पराजित गर्दा कादरीले ९७ मत ल्याए । यसैगरी कोषाध्यक्षमा चौतरी र युनियन गठबन्धनका उम्मेदवार सुनिल रेग्मी निर्वाचित भए । रेग्मीले १२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी विजय मल्लले ८३ मत प्राप्त गरेका छन् । निर्वाचनमा सह–सचिव (खुला)मा गठबन्धनका उम्मेदवार रबिन्द्र सिंह ठकुरीले ११४ मत प्राप्त गर्दै प्रेस सेन्टरका डिल्ली शाही र अमृता जैसी ‘निशु’ लाई पराजित गरेर निर्वाचित भए ।

गठबन्धनबाट सह–सचिव(समावेशी)मा  भगतराम थारू १३६ मत प्राप्त गर्दै निर्वाचित भए ।  यस्तै कार्यसमिति सदस्यमा १३६ मत ल्याएर रजनी योगी (महिला सदस्य), १२८ मत प्राप्त गरेर (दलित सदस्य)मा आशा परियार, १२२ मतसहित (आदिवासी जनजाति सदस्य)मा निर्मला चौधरी तथा ११७ मत ल्याएर (अन्य समावेशी सदस्य)मा सलामत अलि शेष निर्वाचित भएका छन् ।  

त्यस्तै सदस्य(खुला)मा सर्वाधिक १३१ मत ल्याएर समीरमान श्रेष्ठ, १२३ मत प्राप्त गरी कृष्णराज अधिकारी, ११८ मतसहित धना विष्ट केसी, ११७ मत ल्याएर सावित्री विश्वकर्मा, १०६ मतसहित रविन्द्र घिमिरे, १०३ मत प्राप्त गरी सम्भुप्रसाद थारु, ९१ मतसहित सजन कुमार आरसी र ८७ मत ल्याएर पहलबहादुर केसी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शरण कर्माचार्यले जानकारी दिएका छन् । कुल २ सय ४२ मतदाता संख्या रहेको बाँकेको निर्वाचनमा २ सय १८ मत खसेको थियो । 


प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्