नेपालगन्ज : नेपाल कानुन ब्यवसायी परिषदमा लुम्बिनी प्रदेशबाट पार्षदका उम्मेदवार ईश्वरीप्रसाद ज्ञवालीले आफ्ना प्रतिवद्धता पत्रकारमाझ सार्वजनिक गरेका छन् । नेपालगन्जमा सोमबार पत्रकारमाझ उनले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् । यही माघ २६ गतेका दिन नेपाल कानुन ब्यवसायी परिषदको पार्षद चयन गर्न निर्वाचन हुदैछ ।
निर्वाचनमा लुम्बिनी प्रदेशबाट ७ सय ९५ जना कानुन ब्यवसायीले मतदान गर्दैछन् । यस्तै नेपालगन्जबाट ३ सय २० जना कानुन ब्यवसायी मतदानमा सहभागी हुनेछन् । नेपालगन्जका पत्रकारमाझ उम्मेदवार ज्ञवालीले आफु निर्वाचित भएपछि कानुन ब्यवसायीको हकहित, ब्यवसायिक दक्षता अभिवृद्धि लगायत काम गर्ने प्रतिवद्धता जनाए । यस्ते कानुन ब्यवसायी परिषदलाई प्रादेशिक स्तरमा स्थायी रुपमा कार्यालय राख्न पहल गर्ने उनले विश्वास दिलाए ।
कानुन ब्यवसायीहरु ल फर्म दर्ता लगायत कामका लागि अहिले पनि काठमाडौं जानुपर्ने बाध्यता छ । उम्मेदवार ज्ञवालीले आफु पार्षद भएपछि काउन्सिलको प्रादेशिक कार्यालयलाई चलायमान गराउने बताए । आफु यसक्षेत्रको बासिन्दा भएको नाताले बाँके र बर्दियाका कानुन ब्यवसायीबाट अझ बढी अपेक्षा गरिएको उनले बताए ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन(डिएलए) लुम्बिनी प्रदेश प्रचार–प्रसार समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता भोलासिंह हमालले कानुन ब्यवसायीका पक्षमा काम गर्ने ईश्वरीप्रसाद ज्ञवालीलाई जिताउन सबै कानुन ब्यवसायीलाई आग्रह गरे । सो क्रममा वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले नेपाल कानुन ब्यवसायी परिषदको संरचनाबारे प्रकाश पारेका थिए ।
यस्तै अधिवक्ता प्रह्लाद कार्की र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले कानुन ब्यवसायी परिषद जस्तो निकायमा प्रतिनिधित्व गर्न सक्ने क्षमता उम्मेदवार ज्ञवालीसँग रहेको बताए । सो क्रममा वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, डिएलए लुम्बिनी प्रदेशका उपाध्यक्ष विश्वजित तिवारी, डिएलए बाँकेका अध्यक्ष जनकबहादुर शाही, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, अन्य कानुन ब्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम उच्च अदालत बार नेपालगन्जका पुर्वअध्यक्ष एवम् नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन लुम्बिनी प्रदेश प्रचार–प्रसार समितिका सचिवालय संयोजक बलबहादुर चन्दले सञ्चालन गरेका थिए ।
निर्वाचनका लागि दुई समुहले आफ्ना उम्मेदवार खडा गरेका छन् । कांग्रेस निकट डिएलए सहितका कानुन ब्यवसायीले ज्ञवालीलाई अगाडी सारेका छन्, भने एमाले र माओवादी निकट कानुन ब्वसायीले बुटवलका कानुन ब्यवसायी मदनकुमार पुनलाई उम्मेदवार बनाएका छन् । आफ्नो समुहलाई एकिकृत समाजवादी पार्टी, राप्रपा, मधेसवादी दल निकट कानुन ब्यवसायीको सर्मथन रहेको प्रचार प्रसार संयोजक हमालले बताए ।
