Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • ‘मानव र वन्यजन्तुबीच सह-अस्तित्व कायम गरेर मात्र पर्यापर्यटन प्रवद्र्धन’ 
‘मानव र वन्यजन्तुबीच सह-अस्तित्व कायम गरेर मात्र पर्यापर्यटन प्रवद्र्धन’ 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, फागुन ९, २०८१

कोहलपुर : मानव र वन्यजन्तुबीच सह-अस्तित्व कायम गरेर मात्र पर्यापर्यटन प्रवद्र्धन गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । बाँकेको कोहलपुरमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न क्षेत्र सम्बद्ध सरोकारवालाले यस्तो कुरामा जोड दिएका हुन् ।

वाईल्ड लाईफ कन्जरभेसन नेपालले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले प्रकृति र मानव बीचको सह-अस्तित्व प्रवद्र्धन गर्नका लागि सबैबीच हातेमालो हुन जरुरी रहेको बताए । ‘संरक्षण सजिलो कार्य होईन, यो सबैबीचको हातेमालोबाट मात्र सम्भव छ,’ उनले भने । प्रकृति संरक्षण गर्नका लागि प्रविधिलाई नियमित रुपमा प्रयोग गर्न सक्नुपर्ने बताए ।

संरक्षणको काम गरिरहँदा वन्यजन्तु र जनताको चेपुवामा रहेको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाई छ । मानव र वन्यजन्तु बीच सह-अस्तित्व कायम गर्नका लागि मध्यवर्ती क्षेत्रका स्थानीयलाई जिविकोपार्जनमा सहभागी गराउन आवश्यक रहेको बताए । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले द्धन्द्ध र पर्यापर्यटनलाई सँग-सँगै ब्यवस्थापन गर्नुपर्ने बताए । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गन्तब्य थुप्रै भएको बताउँदै भने, ‘विचारले मात्र पर्यटन प्रवद्र्धन हुदैन, कामको परिणाम देखिनुपर्छ ।’

कोहलपुर मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश ओलीले मानव र वन्यजन्तुबीच सह-अस्तित्व कायम गराउने कार्यमा स्थानीय सरकार पनि जोडिनुपर्ने बताए । ‘स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम बनाउँदा मानव-वन्यजन्तु द्धन्द्ध न्यूनिकरण र पर्यापर्यटन प्रवद्र्धनलाई पनि समेट्नुपर्छ,’ उनले भने । 

वाईल्ड लाईफ कन्जरभेसन नेपालकी सन्जिवनी योञ्जनले प्रकृति र मानव बीच सह-अस्तित्व कायम नहुँदा थुप्रै घटनाहरु भइरहेको बताइन् । प्रकृति र मानव बीच सह-अस्तित्व कायम गर्नका लागि संरक्षणका कार्यक्रमसँगै स्थानीय बासिन्दालाई पनि जिविकोपार्जनमा जोड्न जरुरी रहेको बताइन् ।

नेचर गाईड एशोसियशन बाँकेका अध्यक्ष भिम डाँगीले स्थानीय समुदायमा अझैपनि संरक्षणबारे चेतनाको कमी रहेको बताए । संरक्षणको काममा स्थानीयलाई जागरुक बनाउनुपर्ने उनको भनाई छ । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्यटकलाई घुमाउने संरचना बनेपनि पर्याप्त मात्रामा प्रचार प्रसार हुन नसकेको डाँगीले बताए । 

कार्यक्रममा गाभर भ्याली होमस्टेका ब्यवसायी कृष्णलाल चौधरीले पर्यापर्यटन प्रवद्र्धनका सम्भावनाहरु विषयक प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्ल, बैजनाथ गाउँपालिकाका योजना शाखा प्रमुख डोटी नेपाली, देउराली हरियाली मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष लोकेन्द्रबहादुर खत्री लगायतले पनि बोलेका थिए । 


प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्