Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • ‘युवालाई स्वदेशमै अवसर छ, नीति र पाठ्यक्रम परिवर्तन गरौं'
‘युवालाई स्वदेशमै अवसर छ, नीति र पाठ्यक्रम परिवर्तन गरौं'
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन १२, २०८१

नेपालगन्ज : युवालाई स्वदेशमै प्रसस्त सम्भावना रहेको कुरा ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा निस्कर्ष निकालिएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले नेपालगन्जमा आयोजना गरेको सो कार्यक्रममा बोल्ने बक्ताहरुले स्वदेशमै पढाई र रोजगारीको वातावरण सिर्जना गर्नका लागि राज्यको नीतिसँगै पाठ्यक्रममा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख वक्ता एवम् नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा नीति, शिक्षा प्रणाली र पाठ्यक्रमलाई परिवर्तन गरेपछि मात्र त्यो कुरा सम्भव रहेको प्रष्ट पारे । विद्यार्थीलाई स्वदेशमा पढाई सँग–सँगै रोजगारीको पनि अवसर सिर्जना गरिनुपर्ने उनको भनाई थियो । ‘एजुकेशनलाई पढाई र गराईमा समन्वय गरिएन भने तबसम्म अप्ठ्यारो अवस्था आउँछ, शिक्षाको नीति र पाठ्यक्रम परिवर्तन गर्नुपर्ने हुन्छ,’ उनले भने ।

अबको दश वर्षसम्म देशमा धेरै कुराको विकास हुने सम्भावना देखिएको बताए । ‘अबको दश वर्षमा हामीहरुले २८ हजार मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिएका छौं, हामी सक्छौं भन्ने अठोटका साथ काम गर्नुपर्ने हुन्छ,’ उनले भने । नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले देश बनाउने जिम्मेवारी नै युवाको काँधमा रहेको बताइन् । ‘यो देशहामीले नै बनाउँने हो, तपाई हामी युवाले नै बनाउने हो,’ युवा युवतीलाई उत्साहित गराउँदै उनले भनिन् । युवाले देश नबनाएर कसले बनाउने भन्दै उनले प्रश्न समेत गरिन् ।

राज्यले युवा जनशक्तीलाई स्वदेशमै रहने गरी नीति बनाउनुपर्नेमा उनको जोड छ । आफु स्नातकोत्तर तह अध्ययनको शिलशिलामा केही वर्ष विदेश जानुपरेको अनुभव सुनाउँदै भनिन्, ‘म अध्ययनको लागि मात्रै विदेश गएकी थिए, अध्ययन सकेपछि म तुरुन्तै नेपालमै केही गर्नुपर्छ, नेपाल मैले बनाउनुपर्छ भनेर फर्किएँ ।’ नेपालमा पनि सिप, क्षमता अनुसार रोजगारी पाउने प्रसस्त सम्भावना रहेको प्रबन्ध निर्देशक ज्ञवालीको धारणा छ । 

यस्तै महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ गाउँदेखी शहरसम्मका महिलाहरू उद्यमशील बनिरहेको बताइन् । महिलाहरू गाउँदेखि शहरसम्म साना-साना उद्योग चलाएर आत्मनिर्भर बनिरहेको उनले सुनाइन् । ‘जनघनत्वका हिसाबले महिलाहरुले अवसर त्यति पाएका त छैनन्, तर सम्भावना यो देशमा एकदमै धेरै छ, महिला दिदी बहिनीले आ-आफ्नो क्षेत्रमा एकदमै राम्रोसँग आफ्नो उद्यमलाई अगाडी बढाएका छन्,’ नेपाल रिपब्लिक मिडिया लिमिटेडका निर्देशक समेत रहेकी महासंघ अध्यक्ष ज्ञवालीले भनिन् ।

यसैगरी सिद्धार्थ गु्रप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले नेपालमै रोजगारीको प्रसस्त सम्भावना रहेको बताए । सिद्धार्थ ग्रुपले ‘पढाई र गराई’ लाई सँग-सँगै अगाडी बढाउँने नीति अगाडि सारेको उनले प्रष्ट पारे । ‘हामीले नपढ्नेलाई पनि पढ भनेर प्रोत्साहित गर्छौ, पढाई छोडेकालाई पनि तिमी पढाईलाई निरन्तरता देउ भनेर प्रोत्साहन गर्छौ, काम खोज्न बाहिर जानुपर्दैन, जागिर मात्र होईन, कम्पनीमा शेयर सदस्य बन्ने पनि अवसर प्रदान गरेका छौं,’ उनले भने । 

संरक्षणकर्मी मनोज गौतमले जसले अवसरको पहिचान गर्न सक्यो, उ पक्कै पनि सफल हुने बताए । ‘समस्या जति पनि छ, तर अवसरको पहिचान गर्न सक्नुपर्छ,’ उनले भने ‘हात-हातमा दुनिया छ । सूचना, प्रविधि, ज्ञान, सिप हात हातमा छ, त्यो कुरालाई पहिचान गर्न सकौं ।’ कार्यक्रम नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष बिनोदराज ज्ञवालीको सभापतित्वमा भएको थियो । सो कार्यक्रममा राजनीतिक दल, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु, कलेज सञ्चालक, प्राध्यापक, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । 


प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्