Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘जनआन्दोलन-३’ शुरु गर्ने राप्रपा महामन्त्री डा. राणाको उद्घोष
‘जनआन्दोलन-३’ शुरु गर्ने राप्रपा महामन्त्री डा. राणाको उद्घोष
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन १९, २०८१

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका महामन्त्री डा. धवल सम्शेर राणाले जनआन्दोलन-३ शुरु गर्ने उद्घोष गरेका छन् ।

राप्रपाको अगुवाईमा सोमबार बाँकेको नेपालगन्जमा गरिएको मोटरसाइकल रयालीसहितको प्रदर्शन पश्चातको सभामा सम्बोधन गर्दै महामन्त्री डाक्टर राणाले यस्तो उद्घोष गरेका हुन् । उनले भने, ‘चैत्रमा हामीले राजावादी, हिन्दुवादी दल, संघ संस्था सबैलाई एक ठाउँमा उभिन आह्वान गर्छौँ । त्यसपछि काठमाडौँ ठप्प गरेर जनआन्दोलन-३ शुरु गर्छौँ ।’

कोण सभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री एवं आन्दोलन परिचालन किमिटिका संयोजक डा. धवलशमशेर राणाले यसका लागि फागुनभित्र देशका ठूला शहरमा यसप्रकारको प्रदर्शन गर्ने र चैत्रमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताए ।

पछिल्लोपटक फागुन ६ गते प्रजातन्त्रको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रले दिएको शुभकामना सन्देशबाट बौरिएको राजबादी तथा हिन्दूबादी दल, संघ संस्था एकिकृत भएका छन् । ज्ञानेन्द्रको उक्त शुभकामना सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएको भन्दै उनीहरु एकिकृत भएका हुन् ।

लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेका कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरुको एजेण्डामा थप बल पुगेको दावी गरेका थिए ।

ज्ञानेन्द्रको आह्वानलाई व्यवहारमा कार्यान्वयन गर्न वार्ता र आन्दोलनको माध्यमबाट अघि बढ्नेका लागि राप्रपाले राजसंस्थाको पुनःस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गरिरहेको छ । महामन्त्री डाक्टर धवल शमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आगामी चैतमा हुने राजधानी केन्द्रित आन्दोलनको पूर्वतयारी स्वरूप नेपालगन्जमा मोटरसाइकल रयालीसहितको प्रदर्शन गरेको हो ।

हिन्दु राष्ट्र र राजसंस्थावादी दल, संघ संस्थाको उपस्थितीमा नेपालगन्जको रामलिला मैदानबाट शुरु भएको रयालीले नेपालगन्ज बजार परिक्रमा गरेको थियो । सो क्रममा ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्, राजा आऊ, देश बचाऊ, हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा–जनता एक होऔं, संघीयता खारेज गरौं, सनातन सापेक्ष हिन्दु अधिराज्य स्थापना गर, भ्रष्टाचारको अन्त्य गर’ लगायतका नारा लगाउँदै बजार परिक्रमापछि त्रिभुवनचोकमा कोणसभा गरिएको थियो ।

सो क्रममा राप्रपाका नेताहरु रवीन्द्र मिश्र, दीपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, सलाउद्दिन जसगढ, राप्रपा नेपालका हिक्मत ढकाल, नेपाल शिवसेनाका किशोर लामाले देशका लागि हिन्दु राष्ट्र र राजसंस्था अपरिहार्य भएकाले सबै एकजुट हुनुपर्ने बताए ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले २६ चैतमा काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

मिटर ब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, देशभित्र रोजगारी सिर्जना गर्न राप्रपा नेपालले जनपरिचालन र जनदबाब कार्यक्रम आयोजना गर्ने भएको छ । जस अन्तर्गत १ चैतमा देशभरिका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना र प्रदर्शन गरिने निर्णय भएको उनले बताए । उनका अनुसार ८ र ९ चैतमा हेटौंडामा मध्यमाञ्चल क्षेत्र स्तरीय भेला र प्रशिक्षण आयोजना गरिने छ ।

यसैगरी १४ देखि १८ चैतसम्म काठमाण्डौ उपत्यकाका १० वटै क्षेत्र र पालिकाहरू समावेश हुने गरी ‘साँखुदेखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गर्ने निर्णय राप्रपा नेपालले गरेको छ । यसैगरी २२ चैतमा राष्ट्रिय सभा गृहमा संयोजित संगठन समन्वय विभागको आयोजनामा जनवर्गीय संगठनहरूको संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको छ ।

 


प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २३:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा शनिबार, कात्तिक १५, २०८२
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन शनिबार, कात्तिक १५, २०८२
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा सोमबार, कात्तिक ३, २०८२
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप आइतबार, कात्तिक २, २०८२
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’ शनिबार, कात्तिक १, २०८२
जेन-जी अगुवा मिराज ढुंगानाले आज नयाँ पार्टी घोषणा गर्दै
जेन-जी अगुवा मिराज ढुंगानाले आज नयाँ पार्टी घोषणा गर्दै शनिबार, कात्तिक १, २०८२
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री शुक्रबार, असोज ३१, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्