Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सामाजिक सञ्जाल विधेयक सहमति र परिमार्जनद्वारा प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष
सामाजिक सञ्जाल विधेयक सहमति र परिमार्जनद्वारा प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, फागुन २१, २०८१

नेपालगन्ज : सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक फिर्ता लिई सरोकारवालासंग बृहत र गम्भीर छलफल गर्न माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगञ्जमा आयोजना गरेको 'प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जाल विधेयक मन्थन-विमर्श' कार्यक्रमका सहभागी बक्ताहरुले सामाजिक सञ्जाल विधेयक तत्काल फिर्ता लिई सबै सरोकारवाला समेत सहभागी भएको वृहत् छलफलद्वारा उचित दृष्टिकोण र लोकतान्त्रिक मूल्यको आधारमा विधेयक सच्याउन जरुरी रहेको बताएका छन् ।

"यथास्थितिमा होइन, सहमति र परिमार्जनद्वारा मात्र प्रक्रिया अगाडि बढाउनुपर्दछ । विधेयक सामाजिक सञ्जालको अनुगमन गर्न नभई नियन्त्रण गर्ने नियतका साथ ल्याइएको छ," छलफलमा सहभागी बक्ताहरुको भनाई छ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गराएको छ, जुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने उद्देश्यले प्रेरित छ भन्ने प्रशस्त संशय पैदा भएको पत्रकारहरुको धारणा छ ।

वक्ताहरुले सामाजिक सञ्जाल नियमन आवश्यक भए पनि त्यसका नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि नै सरकारले धाबा बोल्न खोजेको आरोप लगाए । लोकतन्त्रकै लागि अनवरत लडेका राजनीतिक दलहरु नै अभिव्यक्ति स्वतन्त्रताको बिपक्षमा देखिनु निन्दनीय रहेको वक्ताहरुले औंल्याए ।

उनीहरुले सामाजिक सञ्जाल विधेयकले धेरै दण्ड र जरिवाना गर्ने प्रावधान राखेर नागरिकको बोल्न र लेख्न पाउने अधिकारमाथि बन्देज लगाउन खोजेको टिप्पणी गरे । नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार झलक गैरेले विधेयकमा समेटिएका विषयवस्तुबारे प्रस्तुतिकरण गरेका थिए । गैरेले सामाजिक सञ्जाललाई नियमन गर्दा कसैको विमति नहुने बताउँदै सरकारले सामाजिक सञ्जाल विधेयक नियन्त्रणका लागि ल्याउन लागेकाले फिर्ता लिएर सरोकारवालासंग छलफल गर्नुपर्ने बताए ।

विधेयकका प्रावधान अध्ययन गर्दा सरकारको नियत ठीक नदेखिएको गैरेको धारणा छ । उनले संबिधानमै भएको प्रावधानहरुलाई कार्यान्वयन गर्दा सामाजिक सञ्जाल नियमन गर्न सकिने उल्लेख गर्दै सरोकारवालाईलाई पन्छाएर छद्मभेषीरुपमा सरकारले विधेयक ल्याएको बताए ।

प्रमुख अतिथी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले सरकारको नियत असल नदेखिएकोले विना शर्त विधेयक फिर्ता गरी नयाँ शिराबाट छलफल प्रारम्भ गर्नुको विकल्प नभएको बताए । घटनालाई फौजदारीकरण गर्ने र चर्को जरिवाना असुल गरी प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खराब नियतका साथ विधेयक आएको उनको भनाई छ ।  उनले बाँके शाखाले छलफल कार्यक्रम राखेर राम्रो कार्य गरेको बताउँदै विधेयक विरुद्धको अभियानलाई निरन्तर रुपमा अघि बढाइने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयकी प्रमुख द्वारिका अधिकारीले विधेयकको मनसाय राम्रै भए पनि सरोकारवालाको सुझाव र उनीहरुसँग छलफल नगरी ल्याइँदा कार्यान्वयन हुन नसक्ने बताइन् । सरोकारवालाको सुझाव नसमेटी विधेयक निर्णयार्थ प्रस्तुत गर्न नहुने उनको भनाई छ । नेपाल कानुन व्यवसायी परिषद (बार काउन्सिल) का लुम्बिनी प्रदेश पार्षद अधिवक्ता ईश्वरी प्रसाद ज्ञवालीले सामाजिक सञ्जालको नियमन आवश्यक रहे पनि विधेयकमा गरिएको व्यवस्था अध्ययन गर्दा जस्ताको तस्तै पारित गर्न नहुने बताए ।

उनले सामाजिक सञ्जालको अराजकतालाई नियमन नभई प्रतिबन्ध आवश्यक रहेको उल्लेख गर्दै यसमा राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने बताए । विधेयक पूर्णरुपमा खराब नभए पनि ज्ञवालीले अस्पष्टता धेरै हुनु र तजबिजी अधिकारहरु पनि धेरै दिइनुले विधेयकमाथि प्रश्न उठेको बताए । उनले सरोकारवालाको सुझाव लिएर बिधेयक सम्पादन गर्नुपर्ने धारणा राखे ।

नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष चित्र बहादुर शाहीले विधेयक ल्याउँदा सम्बन्धित सरोकारवालाहरुसंग गहन छलफल गरेर मात्र ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै संविधानसंग बाझिने प्रावधानसहितको विधेयक अमान्य र बदर हुने बताए । कार्यक्रममा पत्रकारहरु निरज गौतम, शंकर प्रसाद खनाल, नरेन्द्र थापा, डा. डक्ट प्रसाद धिताल, प्रियास्मृति ढकाल, कमल डाँगी, मो. आरिफ अन्सारी, विरेन्द्र जैसी, मधु पौडेल, सावित्री गिरी लगायतले सामाजिक सञ्जाल सम्बन्धि विधेयकले विशेषगरी डिजिटल मिडियालाई पनि नियन्त्रण गर्न खोजेको धारणा राखेका थिए ।

बाँके शाखा अध्यक्ष गिरीले नेपाल पत्रकार महासंघले प्रष्टरुपमा विधेयक फिर्ता लिई सरोकारवालासंग गहन र बृहत छलफल गर्न सरकारको ध्यानाकर्षण गराइसकेको स्मरण गराउँदै जिल्ला तहबाट पनि दबाब बढाउन मन्थन-विमर्श गरिएको बताए । उनले पत्रकार र अन्य सरोकारवालाबाट आएका सुझाब र चासोलाई लिपीबद्ध गरेर पठाइने बताए ।

अब खासगरी सांसदहरुमार्फत दबाव बढाउन भूमिका खेल्ने उनको भनाई छ । शाखा सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला बार एसोसिएसन बाँकेका अध्यक्ष मेहर सिंह खत्री लगायत आस्थागत तथा पत्रकार सम्बद्ध विभिन्न संघसंगठनका अध्यक्षसहित करीब चार दर्जन पत्रकारहरुको उपस्थिति थियो ।


प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्