Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • अन्तर्राष्ट्रिय महिला दिवस : कोहलपुर नगरपालिकाले मनायो
अन्तर्राष्ट्रिय महिला दिवस : कोहलपुर नगरपालिकाले मनायो
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, फागुन २४, २०८१

कोहलपुर : कोहलपुर नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । `सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण´ भन्ने नाराका साथ कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण शाखाको आयोजनामा महिला भलिबल प्रतियोगिता, विल्चियर प्रतियोगिता, प्रभातफेरी, सभा लगायतका कार्यक्रम गरि दिवस मनाइएको शाखा प्रमुख घटना शाहले जानकारी दिइन् ।

उनका अनुसार शनिबार प्रभातफेरीपछि कोहलपुर खुल्ला मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य सन्जु कुमारी चौधरीले  महिला दिवसको इतिहासबारे जानकारी दिंदै  महिला अधिकार प्राप्तिको दायरा फराकिलो भएको बताइन् । उनले नेपालको संविधानले महिला अधिकारलाई सुनिश्चित गरेकोले अब व्यवहारिक कार्यान्वयनमा जोड दिइन्  । समान काम समान ज्यालाको लडाई अझैसम्म पनि कायमै रहेको उनको जिकिर छ ।

समाजमा महिलामाथिका विभेदहरु कम गर्नका लागि सबै तहतप्काहरु एक जुट हुनुको विकल्प नभएको बताइन् । यस्तै  कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहदा महिलाहरुको चेतनाको स्तर धेरै माथी उठेको बताए ।

उनले नेपालको संविधान महिलामैत्री रहेकोमा कुनै शंका नभएको बताए । तर कार्यान्वयनको पाटोलाई व्यवहारिक बनाउनु आजको आवश्यकता रहेको बताए । पछाडि  पारिएका र पछाडि परेका महिलाहरूको मुद्दालाई सम्बोधन गर्नुपर्नेमा उनको जोड छ । अहिलेपनि महिलमाथिको विभेद नरोकिएको भन्दै त्यसलाई चिर्न सबै एक हुनु पर्ने बताए । उनले अधिकारसंगै कर्तव्यको पालना  गर्न पनि आग्रह गरे  ।

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले नीतिनिर्माण तहमा महिला सहभागीता बढ्दै गएको बताइन् ।  `अहिले महिलामा राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक परिवर्तन आइरहेको छ उनले भनिन् -` महिलाको अधिकार क्षेत्रमा वर्चस्व र परिवर्तनले महिलाविरुद्ध हुँदै आएको विभेदपूर्ण व्यवहारमा कमी आएको छ ।´  तर नेपाली महिलाका लागि अहिले पनि गर्व गर्नसक्ने अवस्था नरहेको भन्दै उनले महिलालाई भेदभाव, दुर्व्यवहार र हिंसाबाट मुक्त बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने बताइन् ।

यस्तै दलित महिला संघ बाँकेका अध्यक्ष निर्मला सुनारले विभिन्न खालेको विभेद अन्त्यका सबैको एक्यवद्धता आवश्यकता रहेको बताइन् । ` सुखी नेपाल खुशी नेपाली´ का लागि समाजबाट सबै खाले विभेद हट्नु पर्छ´ उनले भनिन् ।  अझै पनि महिलामाथिको विभेद कायमै रहेको भन्दै उनले खासगरी श्रममा भैरहेको विभेद अन्त्य गर्न आग्रह गरिन ।

स्थानीय सरकारले त्यसतर्फ ध्यान दिन सुझाव पनि दिइन् । यस्तै नेकपा  समाजवादी नेतृ नारायणी ओलीले महिला अधिकारको लडाइ अझैपनि कायमै रहेको बताइन् । उनले  महिलामाथी हुने विभेद अन्त्यका लागि मनाइदै आइएको महिला दिवसलाई सार्थक बनाउन सबै खाले विभेद हटाउनु पर्ने बताइन् । संविधानले नै महिला अधिकार सुनिश्चितता गरेकाले धेरै हदसम्म महिला अधिकार प्राप्ति भएको बताइन् ।

सामाजिक विकास समिति संयोजक इश्वरी विकले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा समावेशीकरण शाखाकी तारा भण्डारीले गरेकी थिइन् । कार्यक्रममा भलिबल प्रतियोगिता र विल्चियर प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षक, बिद्यार्थी, सहकारीकर्मी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्