Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • सञ्चार नीति निर्माणका लागि सुझाव संकलन 
सञ्चार नीति निर्माणका लागि सुझाव संकलन 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, चैत २१, २०८१

कोहलपुर : कोहलपुर नगरपालिकाले निर्माण गर्न लागेको आमसञ्चार नीतिलाई कार्यान्वयनमा ल्याउन सम्वद्ध सरोकारवालाहरुसँग सुझाव संकलन गर्न छलफल सुरु गरेको छ । नेपालको संविधान (२०७२) ले सुनिश्चित गरेको सूचना तथा सञ्चारको हकका साथै प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी मान्यतामा आधारित रही नगरले सञ्चार नीति बनाउन थालेको हो ।

पहिलो चरणमा विहीबार नेपाल पत्रकार महासंघको सभाहलमा महासंघको कार्यसमितिसँग छलफल गरिएको कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले जानकारी दिए । त्यसपछि कोहलपुर नगरपालिकाका क्रियाशील पत्रकार, सञ्चार उद्यमी तथा जनप्रतिनिधिहरुसँग छलफल गरिने संयोजक ढकालले बताए ।

सूचना तथा सञ्चार प्रविधिको प्रयोग, निरन्तर विकास एवम् गतिशीलताबाट उपयुक्त अवसरसँगै नीतिगत चुनौतीहरू पनि सिर्जना भइरहेकाले यसलाई थप व्यवस्थित र दिगोपनाका लागि सञ्चार नीति निर्माण गर्न थालिएको कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले बताइन् ।

उनले भनिन्,‘सञ्चार प्रविधि क्षेत्रमा भएको गतिशीलता एवम् निरन्तर विकासद्वारा सिर्जित नीतिगत चुनौती सम्बोधन गर्न सञ्चार नीति आवश्यक छ । विवादरहित हुने गरी नीति बनाइने छ ।’ त्यहीअनुसारको भूमिका निर्वाह गर्न उनले सञ्चार नीति बनाउन गठित कार्यदललाई सुझाव पनि दिइन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा प्रेस संयोजक ढकाल र कोहलपुर नगरपालिकाका अधिकृत आशिष वर्मा सदस्य रहने गरी सञ्चार नीति निर्माणका लागि मस्यौदा समिति बनाइएको छ ।

कार्यबाहक नगर प्रमुख सुवेदीले स्थानीय संचार क्षेत्रको प्रवद्र्धनमा विशेष प्राथमिकता दिएर नीति बनाउन सुझाव दिइन् । नेपाल पत्रकार महासंघका अध्यक्ष गिरीले सञ्चार नीतिले स्थानीय मिडियाको सवलीकरणमा सहयोगी भूमिका निर्वाह गर्ने बताए । स्थानीय सञ्चार माध्यमको प्रवद्र्धन गर्दै पत्रकारहरुको रोजगारीलाई ग्यारेन्टी गरिनु अहिलेको आवश्यकता र चुनौतीलाई नीतिले सम्वोधन गर्ने बताए ।

मस्यौदा समितिका सदस्य सचिव समेत रहेका वर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासंघका सचिव कृष्ण वलीले गरेका थिए । कार्यक्रममा पत्रकारहरु गणेश विसु, कृष्णराज अधिकारी, आशा विक लगायतले सुझावहरु राखेका थिए । 


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाज
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
रोटरी क्लब अफ सेन्ट्रल बाँकेमा नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेमा नेतृत्व हस्तान्तरण आइतबार, असार ८, २०८२
सुनको लोभले कैलालीमा देवरबाटै सुत्केरी भाउजूको हत्या
सुनको लोभले कैलालीमा देवरबाटै सुत्केरी भाउजूको हत्या आइतबार, असार ८, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्