नेपालगन्ज : ३४ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन बाँकेले मंगलबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको छ । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेसँगको सहकार्यमा युनियनले मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको हो । मैत्रीपूर्ण फुटबलमा स्वास्थ्यकर्मी टिमले ६ र युनियनकर्मीले एक गोल गरे ।
स्वास्थ्यकर्मीको तर्फबाट तारा ओली, एकेन्द्र कठायत, सन्देश बहादुर शाही, दिवस अधिकारी, नवीन बिसी र सन्जिव चौधरीले गोल गरे । यस्तै युनियनको तर्फबाट सुनिल रेग्मीले एक गोल फर्काए । त्यसअघि मैत्रीपूर्ण फुटबलको प्रमुख अतिथी एवम् काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले उद्घाटन गरेका थिए ।
काँग्रेसका भातृ तथा शुभेच्छुक संघ संस्थाहरु अहिले सक्रिय रहेको बताए । पत्रकार महासंघ बाँकेका अध्यक्ष एवम् प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले अन्य आस्थागत संगठन भन्दा प्रेस युनियनको छुट्टै पहिचान रहेकाले अन्र्तराष्ट्रिय पत्रकार महासंघ(आईएफजे)को सदस्य बन्न सफल भएको बताए ।
उद्घाटन कार्यक्रममा प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी, नेपाली काँग्रेस बाँकेका सल्लाहकार नीरज कुमार गौतम, लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, नेफाका लुम्बिनी प्रदेश सचिव नरेश श्रेष्ठ, स्वास्थ्यकर्मी संघ बाँकेका सचिव तेज ओली लगायतको उपस्थिती रहेको थियो ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गरेका थिए । कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।