नेपालगन्ज : रोटरी क्लब अफ सेन्ट्रल बाँकेमा नेतृत्व हस्तान्तरण गरिएको छ । क्लबको छैठौं पदस्थापना कार्यक्रम सम्पन्न गरिएको हो ।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको वर्ष २०२४–२०२५ का अध्यक्ष डा. प्रचण्ड गौतमको कार्यकाल सकिएसँगै वर्ष २०२५–२०२६ को अध्यक्षमा गंगराम चौलागाईंले पदभार ग्रहण गरेका छन् ।
क्लबमा इमिडेट पास्ट प्रेसिडेन्ट डा. प्रचण्ड गौतम, प्रेसिडेन्ट इलेक्ट ईश्वरीजंग मल्ल, प्रेसिडेन्ट नोमिनी बिमल कार्की र भाइस प्रेसिडेन्टमा डा. नबीन बुढाथोकी चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा ईश्वरी जंग मल्ल, सचिवमा अशोकप्रसाद पोखरेल र निर्देशकमा क्लब प्रशासन चेयरमा रिषभ अग्रवाल, सदस्यताको चेयरमा प्रकाश धमला चयन भएका छन् ।
यसैगरी सर्भिस प्रोजेक्ट चेयरमा किशोर कृष्ण भण्डारी, टिआरएफ चेयरमा डा. गोपाल सागर डि.सी., पव्लिक ईमेज चियरमा बिधान न्यौपाने, अन्तर्राष्ट्रिय समन्वय चियरमा दुर्गाप्रसाद चौलागाईं र पब्लिक स्वास्थ्य समन्वय चियरमा डा. मञ्जु शान शाह चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा डा. कुमार शान शाह र विश्वराम भण्डारी चयन भएका छन् ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानको नियमअनुसार प्रचण्ड गौतमले चौलागाईंलाई र चौलागाईंले अन्य पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
क्लबका उपाध्यक्ष डा. नबीन बुढाथोकीले बर्ष २०२५–२६ मा क्लब र पदाधिकारीलाई थप जोश जाँगर र सफलता मिलोस् भन्दै शुभकामना ब्यक्त गरे । सचिव बिमल कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानका स्टेवार्डसिप कमिटी समेतका रहेका सदस्य बिश्व राम भण्डारी, भूतपूर्व अध्यक्ष किशोर कृष्ण भण्डारी, चार्टड प्रेसिडेन्ट डा. कुमार शान शाहले क्लबले गरेको सामाजिक योगदानबारे चर्चा गरेका थिए ।
क्लब स्थापनाकालदेखी हालसम्मका गतिविधी र आगामी बर्षका कार्ययोजना माथी प्रेसिडेन्ट इलेक्ट ईश्वरीजंग मल्लले प्रतिवेदन पेस गरेका थिए । रोटरी क्लब अफ सेन्ट्रल बाँके २०२५–२६ का अध्यक्ष चौलागाईले आफू विगतदेखि नै सामाजिक क्षेत्रमा नै क्रियाशिल भएको भन्दै रोटरीमार्फत हुने सामाजिक काममा सबैको साथ र सहयोगको अपेक्षा गरे ।