नेपालगन्ज : राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आइतबार बाँकेका विभिन्न स्थानमा मनाइएको छ । बाँकेका विभिन्न स्थानीय तह, विभिन्न दलका भातृ संगठन लगायतले छुट्टा–छुट्टै कार्यक्रम गरेर दिवस मनाएका हुन् ।
बाँकेको राप्ती सोनारी राप्ती सोनारी गाउँपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र र सहकारी समन्वय समितिको संयुक्त आयोजनामा आइतबार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ चिलहरियामा रोपाई महोत्सव गरियो । उक्त महोत्सवमा जनप्रतिनिधी, कर्मचारी, किसान लगायतको उपस्थिती रहेको थियो ।
यस्तै बैजनाथ गाउँपालिकाले वडा नम्बर ६ गडरही गाउँमा रोपाई महोत्सव गरेको छ । उक्त महोत्सवमा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, प्रशासन प्रमुख तप्तराज आचार्य, कृषि शाखा प्रमुख प्रमोद विश्वकर्मा, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
यस्तै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ चाचरफर्कामा पनि नेपाल किसान महासंघ बाँकेले रोपाई महोत्सव गरेको छ । किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा रोपाई महोत्सव गरिएको हो ।
सो क्रममा कांग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, जिल्ला सचिव सुधान्सु कोइराला, तरुण दलका पुर्वकेन्द्रिय महासचिव हुर्मत न्यौपाने, किसान महासंघका केन्द्रिय सदस्यद्धय तुलसीराम थारु र शारदा पौडेल, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्र, प्रदेश सभा, पालिका र वडा तहका नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको किसान महासंघ बाँकेका सचिव महेन्द्र मल्ल ठकुरीले जानकारी दिए ।