नेपालगन्ज : तीजको परम्परागत सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । क्रियाशिल पत्रकार महिला बाँकेले आयोजना गरेको तीज मिलन कार्यक्रम अन्र्तगत मौलिक तीज गित प्रतियोगिताका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाईले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौलागाईले पत्रकार महिलाहरुले तीज सँस्कृतिको संरक्षण गर्न गरेको प्रयास उदाहरणीय रहेको बताए ।
तीज पर्वमा पार्टी प्यालेसमा पुगेर दर खाने मात्र गर्नुभन्दा यसरी मौलिकता जोगाउने प्रयास गर्नु धेरै उत्तम हुने धारणा राखे । यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले तीज सँस्कृतिले एक आपसमा आत्मियता र एकता जुटाउने भएकोले तीज गित प्रतियोगिताले सामुहिक सद्भाव पनि झल्किने बताए ।
कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखेल, अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी, नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेल, सञ्चारिक समुह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष रेवती सिंह, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा क्रियाशिल पत्रकार महिला बाँकेका सल्लाहकार करुणा शाह लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, सञ्चारिक समुह बाँकेका अध्यक्ष पवित्रा परियार, मुख्य प्रायोजक थिंक कनसल्टेन्सीका प्रतिनिधी इन्द्रमणी चापागाई र अभिशेष रेग्मी, जेडी कलेक्सनका रिचा लुइँटेल र श्री राजा खान विईङ ह्युम्यान संस्थाका प्रतिनिधि अरसद अलि रनगे्रज लगायतको उपस्थिती रहेको थियो ।
आजको पत्रकार महिला बीच गरिएको मौलिक तिज गित प्रतियोगितामा धना केसी प्रथम भएकी छन् । यसैगरी द्धितिय शान्ति सुनार, तृतिय अनिता विश्वकर्मा र सान्त्वना विद्युतमा रैका भएका छन् । प्रथम, द्धतिय, तृतिय र सान्त्वनालाई क्रमश ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ प्रदान गरिएको क्रियाशिल पत्रकार महिला बाँकेका सचिव निशु जोशीले जानकारी दिइन् । कार्यक्रममा स्वागत मन्तब्य क्रियाशिल पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरीले दिएकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले यस्ता मौलिकता जनाउने कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिने बताइन् । यसका साथै पत्रकार महिलाको क्षमता अभिबृद्धिका कार्यक्रमहरु पनि नियमित गर्ने बताइन् । कार्यक्रमलाई थिंक एजुकेसनल कल्सल्टेन्सीले मुख्य प्रायोजन गरेको थियो, भने शिखर प्लाई उद्योग र सिने रोयल नेपालगन्जले सह–प्रायोजन गरेको थियो । यस्तै बाँकेको नरैनापुर गाउँपालिकाले सहकार्य गरेको थियो ।
यस्तै प्रायोजनका रुपमा महिला उद्यमी संघ नेपाल बाँके, नेपालगन्ज डिजिटल प्रिन्टर्स, जेडी कलेक्सन, नन्कुराम होलिराम कपडा थोक पसल र राजा खान विइङ ह्युम्यान संस्था रहेको थियो । यस्तै कार्यक्रममा प्रमुख अतिथी, विशिष्ठ अतिथी, अतिथी र सहयोग प्रदान गर्ने विभिन्न संस्था तथा ब्यक्तीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
