Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, भदौ १०, २०८२

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जमा भ्रष्टाचार तथा आर्थिक अनियमितता सम्बन्धी उजुरीको चाङ लागेको छ । सर्बसाधारण नागरिकमा सचेतना बढेसँगै लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयमा उजुरीको चाङ लागेको हो । यि मध्ये अधिकांस स्थानीय तह अन्तर्गतका कार्यालय सम्बन्धी रहेका छन् ।

स्थानीय तहमा विकासका नाममा भएका भ्रष्टाचार तथा आर्थिक अनियमितता सम्बन्धी उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ । कार्यालयमा प्राप्त भएका उजुरीको अवस्था हेर्दा जिल्लागत हिसाबले सबैभन्दा बढी दाङका रहेका छन् । कार्यालयको कार्यक्षेत्र रहेको चार जिल्ला मध्ये सबैभन्दा बढी दाङबाट भ्रष्टाचार तथा आर्थिक अनियमितता सम्बन्धी उजुरी प्राप्त भएको आयोग सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ ।

आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख सम्भुप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म दाङबाट ३ सय ५६ उजुरी प्राप्त भएका छन् । यि मध्ये ३ सय २० वटा उजुरीलाई फछर्यौट गरिएको छ । उक्त जिल्लामा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ का ५१ वटा उजुरी बाँकी रहेकोमा ४५ वटा उजुरी फछ्र्यौट भएका छन् । यस्तै बाँकेबाट ३ सय ११ वटा उजुरी प्राप्त भएकोमा २ सय ६७ वटा उजुरी फछर्यौट गरिएको छ । अघिल्लो आर्थिक वर्षका ७० वटा उजुरी बाँकी रहेकोमा ६० वटा फछर्यौट भएका छन् । 

यसैगरी बर्दियाबाट १ सय ४४ वटा उजुरी प्राप्त भएकोमा १ सय १४ वटा उजुरी फछर्यौट भएका छन् । अघिल्लो आर्थिक वर्षका २० वटा उजुरी बाँकी रहेकोमा १५ वटा फछर्यौट गरिएको छ । कार्यालयका अनुसार रोल्पाबाट ९२ वटा उजुरी प्राप्त भएकोमा ८७ वटा उजुरी फछर्यौट गरिएको छ । अघिल्लो आर्थिक वर्षका बाँकी रहेका २९ वटा उजुरी फछर्यौट भएका छन् । अख्तियारका अनुसार सबैभन्दा बढी स्थानीय तह अन्तर्गतका कार्यालय सम्बन्धी उजुरी दर्ता भएका छन् । 

आ.व. २०८१/०८२ सम्म स्थानीय तह(संघीय मामिला) अन्तर्गतका कार्यालय सम्बन्धी ९४ वटा उजुरी प्राप्त भएकोमा ८२ वटा उजुरी फछर्यौट भएका छन् । यस्तै स्थानीय तह(शिक्षा) सम्बन्धी ६६ वटा उजुरी दर्ता भएकोमा ५८ वटा उजुरी फछर्यौट भएका छन् । भूमि व्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतका ३८ वटा उजुरी प्राप्त भएकोमा २६ वटा उजुरी फछर्यौट भएका छन् । 

गृहमन्त्रालय अन्तर्गतका १९ वटा उजुरी रहेकोमा १८ वटा फछर्यौट गरिएको छ । उर्जा, जलश्रोत सिँचाई मन्त्रालय अन्तर्गतका १५ वटा उजुरी प्राप्त भएकोमा १४ वटा उजुरी फछर्यौट भएका छन् । यसैगरी अन्य कार्यालयका ७९ उजुरी प्राप्त भएकोमा ६९ उजुरी फछर्यौट गरिएको सम्पर्क कार्यालयले नेपालगन्जले जनाएको छ । 

शासन व्यवस्था नयाँ कार्यशैली पुरानो हुनु, अपेक्षा अत्यधिक स्रोत साधन न्यून हुनु, तीन तहका सरकारबीच कार्यक्षेत्र र उत्तरदायित्व स्पष्ट नहुनु, स्थानीय तहका जनप्रतिनिधिको कार्यशैली र व्यवहार तथा साझा अधिकारको सूचीमा उल्लेख भएकउा विषयको कानून निर्माण भई नसक्दा स्थानीय सरकारबाट सम्पादन हुने काममा उजुरी अत्यधिक पर्ने गरेको आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख रेग्मीले बताए । 


प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्