नेपालगन्ज : संशोधनको अनेक प्रावधान रहेकाले नेपालको संविधान-२०७२ को विकल्प खोज्न नसकिने नेपालगन्जका सम्बद्ध सरोकारवालाले जोड दिएका छन । ११ औँ संविधान दिवसको अवसरमा नेपालगन्जमा शुक्रबार (आज) आयोजित कार्यक्रममा बोल्ने बक्ताले यस्तो कुरामा जोड दिएका हुन ।
उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बक्ताहरुले नेपाली जनता आफैले लेखेको संविधान उत्कृष्ट भएपनि केही असन्तुष्टीका कुरालाई संशोधन गर्न सकिने बताए ।
जेन-जी आन्दोलनमा उठेका मागलाई संविधान संशोधन गरेर समेट्नु नै आजको आवश्यकता भएको बताए । संविधानमा जेन-जी पुस्तालाई समेटेर मुलुकलाई सही दिशामा अगाडी बढाउनुपर्ने बताए ।
उक्त कार्यक्रममा नेपाल कानुन ब्यवसायी परिषदका लुम्बिनी प्रदेश पार्षद इश्वरीप्रसाद ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्बअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, मानव अधिकारकर्मी प्रकाश उपाध्याय, वरिष्ठ लेखक एवम पत्रकार नरेन्द्र जंग पिटर, अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता सुनिता शर्मा, मोहम्मद अयुव सिद्दिकी, पत्रकार शरण कर्माचार्य, विजय मल्ल, अधिकारकर्मी कमला पन्त, विनोद थापा, वेपत्ता परिवारका सदस्य चन्द्रकला उप्रेती, गैरसरकारी संस्था महासंघ बाँकेका रमेश सिटौला लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपालगन्जका नागरिक अगुवा, कानुन ब्यवसायी, पत्रकार, अधिकारकर्मी, बुद्धिजिवी लगायत उपस्थित भएका थिए ।