नेपालगन्ज : उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधिश बामदेव ज्ञवालीले कला र सँस्कृतिलाई संस्कारसंग जोड्नुपर्नेमा बताउनु भएको छ । ‘कला र संस्कृतिलाई छुट्टयाउन सक्नुपर्छ, सांस्कृतिक महत्व बढाउनुपर्छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस-२०२५ को अवसरमा ‘द मदर फाउण्डेशन’ र नारी विकास केन्द्रले नेपालगन्जमा आयोजना गरेको कला प्रर्दशनी कार्यक्रममा उनले समाजको गहनाको रुपमा रहेको कला, सँस्कृति र सँस्कारलाई संरक्षण गर्न आजको आवश्यकता भएको बताए । नेपालमा थुप्रै किसिमका कलासँग जोडिएका विषयबस्तु रहेकाले त्यसको संरक्षण सम्बर्द्धन गर्दै अन्र्तराष्ट्रिय स्तरसम्म पहिचान गराउनुपर्ने बताए ।
उक्त कार्यक्रममा द मदर फाउण्डेशनका संस्थापक तथा पुर्वन्यायाधिश डा. सल्लाहुद्दिन अख्तर सिद्दिकीले नेपालको कला कृतिलाई अन्र्तराष्ट्रिय स्तरसम्म पुर्याउन विशेष पहल गर्दै आएको भन्दै नेपालमा विभिन्न धर्म अन्र्तगतका विभिन्न कलाहरु रहेको बताए । उक्त कलालाई संरक्षण, सम्बर्द्धन गर्नका लागि अन्र्तराष्ट्रिय जगतमा पहिचान गराउन दायित्वबोध भएको उनले बताए । ‘म नेपालगन्जमा जन्मिएकोले मेरो पहिचान पनि यहा जुडेको छ, यहाँको कला सँस्कृतिलाई चिनाउन लागेको छु,’ उनले भने ।
कार्यक्रममा पर्यटन व्यवसायी श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नारी विकास केन्द्रका कोषाध्यक्ष रचना श्रेष्ठले नेपाल प्राकृतिक, सामाजिक र सांस्कृतिक रुपमा धनी रहेकाले यहाँका विभिन्न कलाहरुलाई संरक्षण सम्बर्द्धनमा सराकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा कानून क्षेत्रमा योगदान पुरयाउनु हुने उच्च अदातल नेपालगन्जका वरिष्ठतम न्यायाधिश ज्ञवाली, कला क्षेत्रमा विशेष योगदान पुरयाएका वरिष्ठ कलाकार श्यामानन्द सिंह, निःशुल्क कानूनी सेवा प्रदान गरि योगदान पुरयाएका वरिष्ठ अधिवक्ता इन्द्रजित तिवारी, पत्रकारिता क्षेत्रबाट योगदान पुरयाउने राकेशकुमार मिश्रलाई सम्मान गरियो । महासंघ अध्यक्ष गिरी, नारी विकास केन्द्र नेपालगन्जका कार्यवाहक अध्यक्ष शिला शाह लगायतलाई सिल्भर मेडलले सम्मान गरियो ।
ई.सं. २०१९ मा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) सम्मेलनको ४० औँ शत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ । यसैक्रममा नेपालगन्जमा पनि दिवस मनाइएको हो ।
इस्लामिक कला प्रदर्शनीमा दृष्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको थियो । विभिन्न धर्मका कलाहरुलाई अन्र्तराष्ट्रियस्तरमा पहिचान गराउनका लागि प्रर्दशन गरिएको छ, भने कला संरक्षण तथा सामाजिक सदभावको वाताबरण अझ थप प्रगाड बनाउने विश्वास लिइएको छ ।