नेपालगन्ज : क्रियाशिल पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-४ बसपार्क स्थित कार्यालयको शनिबार एक कार्यक्रमकाबीच क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले उदघाट्न गरेकी हुन् ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताइन् । पत्रकार महिलालाई एक ठाउँमा गोलबद्ध गर्दे क्रियाशिल पत्रकार महिलाले कार्यक्रम गरेको प्रति खुशी ब्यक्त गरिन् । आगामी दिनमा पनि निरन्तर पत्रकार महिलाहरुका सवालहरुलाई सम्बोधन गर्दे अगाडि बढुनुपर्ने आवश्यकता औल्याईन् ।
कार्यक्रमका विशिष्ट अतिथी एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुझऋषी चौलागाइले क्रियाशिल पत्रकार महिलाहरुले गर्दे आएका गतिविधि अनुकरणीय रहेको बताए । उनले पत्रकार महिलाको सवालमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
प्रेस सेन्टरका केन्द्रिय सदस्य एवम् विशिष्ट अतिथि डा. डक्टप्रसाद धितालले पत्रकार महिलालाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पत्रकार महिलाको संख्यात्मक बृद्धिसँगै गुणात्मक क्षमता विकासका लागि क्रियाशिल पत्रकार महिला बाँकेको जिम्मेवारी थपिएको बताए ।
सो क्रममा पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम चौधरी, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, ठकुरी पत्रकार संघ नेपालका सचिव बिजय मल्ल लगायतले क्रियाशिल पत्रकार महिला बाँकेले पत्रकार महिलाको ब्यवसायिक क्षमता र क्रियाशिलता बढाउन विशेष योजनाका साथ लागि पर्न सुझाव दिए ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले आफुहरुले कार्यकाल सम्हालेको एक बर्ष नपुग्दै कार्यालय उदघाट्न कार्य सम्पन्न भएकोमा समन्वय र सहकार्य गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा थप योजनाका साथ रोचक कार्यक्रमलाई निरन्तरता दिने उद्घोष गरिन् । क्रियाशिल पत्रकार महिला बाँकेले गर्दै आएको सण्डे क्लब , नियमित औपचारिक कार्यक्रम र विशेष कार्यक्रम गर्न सहज हुने धारणा राखिन् ।
तस्बिरहरु : भगतराम थारु










