नेपालगन्ज : बाँकेको नेपालगञ्जबाट सञ्चालित नाईल खबरले सातौं वार्षिकोत्सव मनाएको छ । शनिबार अपरान्ह एक कार्यक्रम बीच आफ्नो केन्द्रिय कार्यालय नेपालगञ्जमा विभिन्न सञ्चारकर्मीहरुको बीचमा वार्षिकोत्सव मनाएको हो ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितालाई प्राथमिकता दिँदै आएको नाईल खबरले यस अवधिमा स्थानीय देखि राष्ट्रिय महत्वका विषयवस्तुहरू उजागर गर्दै पाठक तथा दर्शकमाझ विश्वासिलो माध्यमको रूपमा आफ्नो पहिचान बनाएको छ । स्थापना कालदेखि नै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई मूल मन्त्र बनाउँदै आएको नाईल खबरले सात वर्षको अवधिमा स्थानीय, प्रादेशिक तथा राष्ट्रिय सरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठान गर्दै आएको छ ।
डिजिटल पत्रकारिताको क्षेत्रमा सक्रिय नाईल खबरले समाजमा देखिएका समस्या, विकास–निर्माण, सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा समसामयिक विषयवस्तुहरूलाई निरन्तर रूपमा प्रकाशन–प्रसारण गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा शुभेच्छुकहरूले नाईल खबरको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र उत्तरदायी पत्रकारिता गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
नाईल खबरका सञ्चालक तथा सम्पादकले सात वर्षको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने पाठक, दर्शक, विज्ञापनदाता तथा सम्पूर्ण सरोकारवाला प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय समाचार सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नील खबर अनलाईन मिडिया प्रा.लि.द्वारा सञ्चालित नाईल खबरले नेपाली संस्करणलाई प्राथमिकतामा राख्दै अंग्रेजी र हिन्दीमा समेत समाचार प्रकाशन गर्दै आएको छ ।