Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • राप्ती सोनारीमा घुम्ती सार्वजनिक सुनुवाई, सुशासन प्रवर्द्धनमा अगाडी  
राप्ती सोनारीमा घुम्ती सार्वजनिक सुनुवाई, सुशासन प्रवर्द्धनमा अगाडी  
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, पुस १४, २०८२

बाँके(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाले आम जनतालाई सार्वजनिक चासोँको विषयमा पहुँच बिस्तार गर्दै सुशासन प्रवर्द्धनमा अगाडी बढेको सार्वजनिक सुनुवाईमा सहभागीले प्रतिक्रिया दिएका छन् । पछिल्लो दुई वर्ष यता पालिका स्तरीय घुम्ति सार्वजनिक सुनुवाई, वडा स्तरीय सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता कार्यक्रमलाई प्राथामिकता दिँदै पालिकाले सुशासन विस्तारमा चाँसो देखाएको छ ।

बास नेपालको सहजिकरणमा सोमबार राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ७ को वडा कार्यालय परिसरमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएका २ सय ५० भन्दा बढी सहभागीहरु मध्ये प्रश्न, सुझाव र पृष्ठ पोषण दिने अधिकांश सहभागीले पालिकाले नियमित सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएकोमा प्रशंसा गरेका थिए । गाउँपालिकाका कार्यवहाक अध्यक्ष मनिषासिंह थारुको प्रमुख जवाफदेहितामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीको प्रश्न र जिज्ञासको आधारमा आगामी दिनमा कार्यान्वयन गर्ने गरी ६ बुँदे साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । 

सिक्टा सिँचाई मार्फत गाउँपालिका भित्र कच्ची सहायक नहरका कारण डुवानमा पर्ने समस्यालाई समाधान गर्न सिक्टा सिँचाईसँग आवश्यक समन्वय गर्दै उक्त नालीलाई पक्की बनाउँदै लैजाने, राप्ती सोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाको राप्ती नदी सिमानामा देखिएको विवाद समाधानको लागी उच्च स्तरीय निकायसँग पहल गर्ने, पालिका भित्रपर्ने सबै सडक तथा नालीहरु प्राथामिकता र आवश्यकताको आधारमा क्रमशः निर्माण गर्दै लैजाने र वडा नम्बर ७ मा निर्माण प्रक्रियामा रहेको कृषि सडकलाई समय सिमाभित्र सम्पन्न गर्ने गराउने, मुक्त कम्लहरी समस्या व्यवस्थापनका लागि बनेको कार्यविधि आवश्यक अध्ययन गरी आउने हिँउदे अधिवेशनमा पारित गर्ने, फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त सेवा यही आर्थिक वर्ष भित्र सञ्चालन गर्ने र वडा नम्बर ७ मा पर्ने बाल शान्ति आधारभूत विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधानको लागि पालिका भित्रका सबै विद्यालयहरुमा शिक्षक दरबन्दी मिलान गर्दै विद्यार्थी संख्याको आधारमा शिक्षक थप गर्ने सहितको ६ बुँदे प्रतिबद्धताको घोषणा गरिएको छ । 

सुनुवाईमा सहभागीहरुको प्रश्नको जवाफमा बोल्दै कार्यक्रमका प्रमुख जवाफदेही वक्ता मनिषासिंह थाारुले डडुवा र राप्ती सोनारीको सिमानाको विषयमा लामो समयदेखि समाधानको पहल गरिदै आएको भएपनि निचोडमा पुग्न नसकिएको स्मरण गर्दै आगामी दिनमा नतिजा देखिने गरी काम गर्ने बताइन् ।

त्यस्तै पालिकाले राप्ती नदीले दिएको प्रकृतिक साधानको प्रयोगको उच्चतम प्रयोगका लागि किसानहरुलाई बगर खेतीको लागि प्रोत्साहनको कार्यक्रम पालिकाले लिएका बताईन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बिसीले सहभागीहरुको प्रश्नको जवाफ दिँदै शिक्षाको गुणस्तर कायम गर्नका लागि अभिभावक, शिक्षक र विद्यार्थी ३ वटाकै उक्तिकै भुमिका रहने हुँदा त्यस तर्फ सबैले ध्यान दिनुपर्ने आवश्यकता रहेको औँल्याए । 

शिक्षा, कृषि, पुर्वाधार, दैनिक प्रशासनीक कार्य तथा सुशासन लगाएका क्षेत्रलाई समेटिएर सोधीएका सहभागीहरुको जवाफ कार्यवहाक अध्यक्ष थारु, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिसी, राप्ती सोनारी-७ का वडाअध्यक्ष तथा अन्य वडाका वडाअध्यक्षहरु, सूचना प्रविधि शाखा प्रमुख जनाद्र्धन पौडेल, कृषि शाखा प्रमुख चन्द्राकुमारी शाही, स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार के.सी., पशु सेवा शाखा प्रमुख जय बहादुर कार्की लगायत विषयगत शाखा प्रमुखहरुले दिएका थिए ।

कार्यक्रमको सहजिकरण बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए, भने पालिकाको पहिलो चौमासिक प्रगति प्रतिवेदन नि.प्रमुख प्रशासकीय अधिकृत बिसीले प्रस्तुतीकरण गरेका थिए । बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले सार्वजनिक सुनुवाईको उदेश्यबारे जानकारी गराएका थिए । 
 


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  २२:५९
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्