Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, पुस १५, २०८२

नेपालगन्ज : अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ । होटलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक ‘न्यु इयर इभ’ गर्न लागिएको जानकारी दिएको हो । होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले पारिवारीक वातावरणमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

कार्यक्रम अवलोकन गर्न निःशुल्क प्रवेश गर्ने ब्यवस्था मिलाइएको उनले बताए । जनरल म्यानेजर पाण्डेका अनुसार बुधबार (भोलि) बेलुका ७ बजेबाट सुरु हुने कार्यक्रम राती १२ बजेसम्म चल्नेछ । कार्यक्रममा चर्चित गायिका सदिक्षा कट्टेल, गायक करण परियार, निशान भट्टराई र दिप काफ्लेको बेजोड प्रस्तुती रहने भएको छ ।

होटल प्राङगनमा सञ्चालन हुने कार्यक्रम अवलोकन गर्न आउने दर्शकले सहुलियत दरमा (१ सय रुपैयाँदेखी ५ सय सम्मका) परिकार खान पाउने गरि स्टल राखिने पाण्डेले बताए । कार्यक्रम अवलोकन गर्नका लागि करिव २ हजार ५ सय दर्शक आउने होटलले अपेक्षा गरेको छ । ‘हाम्रो यहाँ नितान्त पारिवारीक वातावरणमा कार्यक्रम हुनेछ,’ उनले भने, ‘शान्ति सुरक्षाको लागि स्थानीय प्रहरी, प्रशासनसँग सहयोग मागेका छौं ।’

चिसो मौसमलाई मध्यनजर गर्दै कार्यक्रम स्थलमा टेण्ट र 'क्याम्प फायर' को ब्यवस्था पनि गरिएको होटल पौवा नेपालगन्जका पब्लिक रिलेसन हेड नेत्रप्रसाद भण्डारीले जानकारी दिए । ‘कार्यक्रम अवलोकन गर्नका लागि परिवार सहित आउन हामीले निमन्त्रणा गरेका छौं,’ उनले भने ।

होटलका एजुकेटिभ सेफ दिपक भण्डारीले पौवाले गुणस्तरिय नेपाली परिकारहरु आफ्ना पाहुनालाई खुवाउने बताए । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा होटल पौवाले नेपालगन्जमा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको हो । नेपालगन्जसँगै पौवाका ५ वटा शाखामा निःशुल्क प्रवेशको ब्यवस्था सहित ‘न्यु इयर इभ’ कार्यक्रम गर्न लागिएको होटलले जनाएको छ । पौवाले नेपालगन्जमा ५ तारे स्तरको सेवा दिने उद्देश्य सहित पुर्वाधार निर्माणको काम पनि गरिरहेको छ ।

पौवाको हाल देशभर १७ वटा शाखा सञ्चालनमा रहेको बताइएको छ । होटल पौवाका शेयर सदस्य (लगानीकर्ता) समेत रहेका अग्रज पत्रकार शरण कर्माचार्यले सञ्चालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अन्य होटलमा आयोजना हुने न्यु इयर इभ भन्दा होटल पौवामा हुन लागेको कार्यक्रम केही फरक देखिएको बताए । 

Pauwa-Hotel-Press-Meet_New-Year-EVE-Photo-2-1767099140.jpg
 


प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स'
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स' सोमबार, वैशाख ७, २०८३
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्